Showing posts with label अतिथि गजलहरु. Show all posts
Showing posts with label अतिथि गजलहरु. Show all posts

अनमोल"गौरवका ६ गजलहरु

Ram | 12:35 AM | 0 comments
1.गजल
भिजेका ति परेली काँहा गई लुकाउँछौ
भाग्यको खेल भन्दै शिर किन झुकाँउछौ।

दोष तिम्रो कत्ति छैन मर्न बाँच्नु दैब चोला
सेतो सारि लगाएर मुल्य सधैँ चुकाउँछौ।।

धेरै लामो यात्रा छ समाजको कुरा छोड
रातो सारि लगाएर सेतो कैले फुकाउँछौ।

महिला मर्दा पुरुषले अर्कै संग रम्न हुने...........  
चेली तिमीले कैले सम्म एक्लो मनलाई बुझाउँछौ।

निको पार्नु पर्छ तिमीले बिरहको घाउ अब
सपनाको सागर किन मन भित्र सुकाउँछौ।
"अनमोल"गौरव
सिनामंगल काठमाडौ  

2.गजल
जनतालाई सधैं सधैं ढाँट्नेहरु होशियार...
सिंगो देशको अस्मिता छाँट्नेहरु होशियार।

सोर्ग थियो नर्क भयो राक्षसहरुको राज...
शान्तिलाई बलि बनाई काट्नेहरु होशियार।

मुल्य बृद्धि बेरोजगारी जताततै बढाउदै.....
फोहरी खेल राजनीतिको आँट्नेहुरु होशियार।

सहिदको परिवारलाई शान्तोनाको शब्द दिदै
भावनालाई कुर्सी संग साट्नेहरु होशियार।।

दिन भरि मिहनेत गर्छन गाँस बाँसको ठेगान छैन
पसिनालाई पानी सम्झि चाँट्नेहरु होशियार।।।।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं

3.गजल
भिजेछ मन आँसुले राती प्यारिको यादमा..
लेखेथे नाम प्यारिलाई सम्झि पिपलु पातमा।

सुनकि खानि मायाकि दानि सिङ्गारमा रमेकी
मोहनी रुप क्यामिठो बोली जाधु छ बातमा।।

गुन्यो र चोलि फरिया लाउदा क्या राम्रि देखिन्छे
सजाउछे सदै प्यारिले बजाई चुरानि हातमा.....।

अपुग लाग्यो त्यो रात मलाई समय निष्टुरि....
जुनेली रात मायाँको बात प्यारि थिईन् साथमा

भाबुक हुदै साथ हाम्रो टुट्छ भनेर तर्साउँछु
उत्तर दिन्छे सहजै उसले के छ र जातमा।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं

4.गजल
भविष्य तिम्रो उज्वल पार्न खाडीमा जाऊँला
कुरेर बस्नु हे मेरी प्यारी फर्केर आँउला।।।।

एक छाक खान छैननि दाना जिन्दगी चुहिने
फर्केर आए गरिबको धुरी खुशीले छाँउला ।।

यादमा ताजा बालबच्चा सधैँ प्यारीको गुनासो
परिवार सम्झि बिछोडका गित पर्देशमा गाउला।

बगाए धेरै पसिना मैले सपना फूलाउँन....
अब त क्यारे खुशीमा रम्दै परिवार पाउँला।

नरुनु प्यारी धेरै दिन छैन कल्पेर रुनलाई.....
यो सालको दशैँ परिवार सँगै खुसिले मनाउँला ।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौ

5.गजल
बन्धन तिमी समाजको फुकाएर आउ
आँखा बाट आँस धारा सुकाएर आउ।

हावा हुरी जत्ति चलोस कोमल मन भित्र
पीर ब्यथा सबै सबै लुकाएर आउ।।।।।

सिन्दूर दिउँला कोसेलिमा सिउधो सिङ्गार्ने
रातो सारी संगै नजर झुकाएर आउ।।।।।।

राख्नु मान रगतको अलिकति लचक बन्दै
फकाई फुलाई गर्नु नत्र झुक्याएर आउ।।।

रमाउँदै संगै रमौ मर्नु पर्दा एउटै चिहान
स्वार्थ छोडि चोखो माया छुपाएर आउ।
"अनमोल"गौरव
सिनामंगल काठमाडौ

6.गजल
त्यति खेर तिम्रो जीवन खास हुनेछ
आँगनिमा जब मेरो लास हुनेछ।।।

सिङ्गारेर कात्रोले ढाक्दा मेरो शरिर
सीउदो भर्न ऊ तिम्रो पास हुनेछ।।।

बैतर्नि संगै मलाई संसार बिहिन बनाउदा
तिम्रो भने उसको मनमा बास हुनेछ।।।।

भमराको जस्तो उसको चाल तिमीले नबुझेमा
दोधारमा तिम्रो आफ्नै सास हुनेछ।।।।।।।।

जति रमाउ बसन्तमा देखाबटि खुसी वड्दै
मेरो याद दिलाउने चैतमास हुनेछ। ।।।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं

ज्ञान तरामु {सेतु} मगरका पाँच गजलहरु

Ram | 12:25 AM | 0 comments
1. गजल
योद्दाको कोमल मुटु जब पत्थर भयो।
दुस्मन पछार्यो अनि रिस मत्थर भयो।।

शिशिर बसन्तको सम्बन्ध चिसियो क्यार!
हराभरा थियो जंगल आज पत्झर भयो।।

आफन्त नै हुनुपर्छ त्यो प्र.अ.को सायद।
फेरि त्यहि जड्याहा हेर मास्टर भयो।।

देश परिवर्तन गर्छु भनि कसिदै थिय।
साहस बुजुर्गको उमर बहत्तर भयो।।

कसैसँग पिरती लाउदै लाउदिन भन्छ।
लाग्छ प्रेममा यो 'ज्ञान' अब कट्तर भयो।।

योद्दाको कोमल मुटु जब पत्थर भयो।
दुस्मन पछार्यो अनि रिस मत्थर भयो।।

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार कसिंन्थला ,गुल्मी
हाल- (दृष्टि वाटिका साहित्य समाज) ,मुम्बई भारत

2.
गजल
तिम्रो र मेरो कहाँनी अब फरक-फरक हुने भो।
शुन्य लाग्छ जहाँनी अब फरक-फरक हुने भो॥

दुई मुटु एक थियो कुनै जमानामा हाम्रो पनि।
अलग्गियो जिन्दगानी अब फरक-फरक हुने भो।।

तिमीले दिएको तस्विर छुन्छु मध्यरातमा किन?
आँशु पिउने बानी अब फरक-फरक हुने भो।।

अर्कैले भर्दा सिन्दुर पोते तिमी नतमस्तक हुने।
नभन यि मेरी सानी अब फरक-फरक हुने भो।।

बिगतमा भन्दियो आफ्नो मान्छे 'ज्ञान' कसैले भने!
नखोज ऐले जवानी अब फरक-फरक हुने भो।।

तिम्रो र मेरो कहाँनी अब फरक-फरक हुने भो।
शुन्य लाग्छ जहानी अब फरक-फरक हुने भो।।
ज्ञान तरामु 'सेतु' मगर
ठुलो लुम्पेक चार कसिँन्थला गुल्मी
हाल मुम्बई, भारत
 

3.गजल
हेर्नुस साच्चि सराबको लत लागेछ मलाई।
पात्लो छ आज पानी मिलावट लागेछ मलाई॥

सधै त घाम ढलेपछि हुन्थ्यो त्यहाँ रमझम।
किन दिनमै आज जमघट लागेछ मलाई?

झकिझकाऊ देख्छु भट्टि साईली माईली पनि।
खोई निमन्त्रणा हो या स्वागत लागेछ मलाई॥

भुले कलम समकालिन गजलकार पनि।
सराबी कै हिजोआज संगत लागेछ मलाई॥

लोकल तान्ने 'ज्ञान'लाई कस्ले पिलायो वियर?
नयाँ साथिले गरेर मिसकत लागेछ मलाई॥
ज्ञान तरामु 'सेतु' मगर
ठुलोलुम्पेक चार कसिंन्थला गुल्मी
हाल- दृष्टि वाटिका साहित्य समाज मुम्बई
 

4.गजल
खोई पर्खाईमै उनको बित्छ कि जिवन मेरो?
ढुकढुकीमा छिन कतै रुक्छ कि धड्कन मेरो?

सात समुन्द्र वारिपारी हामी एक्लाएक्लै छौ|
लाग्छ हुदैन कि कहिल्यै उनको र मिलन मेरो?

दिन जसोतसो कट्छ रात कोल्टे फेर्दा फेर्दै|
निर्जिव शरिर मात्रै छ यहाँ घरमै छ मन मेरो||

आफ्नो भन्ने नहुदो रहेछ सायद प्रदेशमा!
नेपाली भएरै पनि सब पराई छन मेरो||

ज्ञानको रहेछ निधारमा लेखेको दु:ख कष्ट|
नजन्मिदै भाग्य कोरेको होकि भावी भन मेरो?

खोई पर्खाईमै उनको बित्छ कि जिवन मेरो?
ढुकढुकीमा छिन कतै रुक्छ कि धड्कन मेरो?

ठुलोलुम्पेक चार कसिंन्थला, गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई

5.
गजल
 दिउसै कस्तो मातेको हेर त!
लडेर सिर काटेको हेर त!!

बनाउछौ भनि संविधान।
नेताहरुले ढाटेको हेर त॥

प्रेमजोडी चौतारीमा बसि।
मायाको चिनो सातेको हेर त॥

फुल जस्तो हो भने जिवन।
फुलमा लालुपातेको हेर त॥

पेन कपिमै सकेछ 'ज्ञान'ले पैसा।
दौरा सुरुवाल फाटेको हेर त॥

दिउसै कस्तो मातेको हेर त!
लडेर सिर काटेको हेर त!!

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार कसिंन्थला, गुल्मी
हाल- दृष्टि वाटिका साहित्य समाज, मुम्बई

गजल- चन्द्रमुखी मुहार ऊनको (रतन बहादुर वि.क )

Ram | 9:50 PM | 0 comments
चन्द्रमुखी मुहार ऊनको देखे जस्तो लाग्यो।
सपनीमा रैछ बाटो छेके जस्तो लग्यो।।

मिलेका तिं दन्त लहर,मुस्कुराउने बानी,
अप्सराले घरमै पाइला टेके जस्तो लग्यो।।

धेरै पछि देख्दा उनलाई,बेहोसिमै रैछु,
माया गरी बोल्दा उनि के के जस्तो लाग्यो।।

सिन्दुरको त्यो धर्सोले,माया के बाँडीन्थ्यो,
उनि बोल्दा मनको घाउ सेके जस्तो लाग्यो।।

चन्द्रमुखी मुहार ऊनको देखे जस्तो लाग्यो।
सपनीमा रैछ बाटो छेके जस्तो लग्यो।।
रतन बहादुर वि.क

नबिन नेपालका १० दमदार गजलहरु

Ram | 4:06 AM | 0 comments
नमस्कार साथीहरु, 
मेरा असल मित्र भक्तपुरका चर्चित गजलकार नविन नेपालका १० गजलहरु लिएर आएको छु । उहाँका हरेक गजलहरु दमदार र भावले भरिपुर्ण छन् । आशा छ तपाईहरुलाई पनि मन पर्नेछ ।

 
१.गजल
लागेको भराउ परेको हानिमा ।।
तेसैको नाम छ बिदेश लानिमा ।।

भन्थ्यो पिरले बाँच्ननै दिएन
नाम लेखाएछ बिदेश जानिमा।।

बाहिरै सुतेर बितायो जिबन
कमाइ ल्याइज भन्थिन सानिमा ।।

रुखमै फलेको टिपुँला भनेर
सोचेथ्यो जादैछु पैसाको खानिमा ।।

बेसिको खेतीनै खाएछ साहुले
यतिनै स्वार्थथ्यो ऋणको दानिमा ।।

पडेको बुझेको मानेको उस्लाई
फोहोर परेछ आँखाको नानिमा ।।

सुन्दर संसार रचुला भनेको
बगायो सपना नदिको पानीमा ।।
नबिन नेपाल
भक्तपुर

२.गजल  
जिबनको लीला टक्क रोकिन्छ ।
रोकिन्छ पाइला टक्क रोकिन्छ ।

माथिको आदेशमा अपरधिको
मुद्दाको दाखिला टक्क रोकिन्छ ।

झुत्रेले पाखुरा सुर्किन्छ जब
शहरे सुकिला टक्क रोकिन्छ ।

सुमधुर गजल बजे पछी त
रमिते रङिला टक्क रोकिन्छ ।

मात्र एउटालाई चलाउनुस त
बथान कमिला टक्क रोकिन्छ ।

हावा दिने म, मैलाई मार्छौ त ?
बन्चरो बसिला टक्क रोकिन्छ ।
नबिन नेपाल
भक्तपुर
  

३.गजल

देशमा समान हक हुनु पर्छ । ।
सबै रुपमा चमक हुनु पर्छ । ।

कानुनको तराजु ढल्किएको छ
बराबर नाप्ने ढक हुनु पर्छ । ।

उ तेतिबेला मात्र नेता हुनेछ
राष्ट्र प्रेमको छनक हुनु पर्छ । ।

बरोबर चेलीको अस्मिता लुटिन्छ
अधो गतिको सुचक हुनु पर्छ । ।

उ यस्तै बिसङ्गती बिरुद्ध लेख्छ
हो यस्तै अरु लेखक हुनु पर्छ । ।

तिमी सराब नपिउ भन्छेउ नि
गजल लेख्न मादक हुनु पर्छ । ।

यो गजलकार लेखिनै रहन्छ
सुझाब दिने पाठक हुनु पर्छ । ।
नबिन नेपाल
भक्तपुर

४. गजल
कती सरल जिबन थियो ।
हाँस्दै जिउने चलन थियो ।

आज देख्न सागरले छेक्छ
खेल्ने एउटै आँगन थियो ।

अचेल घर उजाड देख्छु
पोतन थियो लिपन थियो ।

बाचा गर्नेको बाटो हेर्दैछु
सँगै जिउने बचन थियो ।

अब यो चिनो लिएर जानु
जिउदो थिए जतन थियो ।
नबिन नेपाल
भक्तपुर
 

५. गजल
नक्कली रुपको नकाब निकाली
उस्ले छुट्टिएको निसाफ निकाली

सिन्दुरझै रातो गुराँस दिए मैले
खै कस्ले दिएको गुलाफ निकाली

खाली गिलासमा ममता मागेथे
जहर निकाली, सराब निकाली

फर्केर आउथ्यो लिनलाई मदन
मुनाझै नकुर्ने जवाफ निकाली

जलेको मनले पानी पानी माग्यो
सलाई निकाली, तेजाब निकाली

नबिन नेपाल
भक्तपुर
 

६. गजल

पुजा गर्थे मायालाई, पुजारी होस त म झै ।
खोसी लग्यो मायालाई, लाचारी होस त म झै ।

के आस गर्छौ मायाको, खाली खाली मन सँग
छैन बाँकी ढुकढुकी , भिखारी होस त म झै ।

मार्छु अनि बचिदिन्छ, फेरी मारिदिन्छु मन
हिन्स्रक होस त म झै, सिकारी होस त म झै ।

मायाको स्पर्ष पाँउछ, बगी जान्छ पापी खोला
छोडी जाने भुल्नु पर्छ, किनारी होस त म झै ।
नबिन नेपाल
भक्तपुर

७.गजल 
केहि हजारमै किनेर लागि
दिल बेकारमै किनेर लागि

पर्ख मंसिरमै लानुनी बरु
अँह! असारमै किनेर लागि

मुल्य बारबार तोकिन मैले
एक प्रहारमै किनेर लागि

अझै सोच्दैथिए के गरु दिल
कस्तो बिचारमै किनेर लागि

कहाँ पुराउछे डराएँ म त
हुँदा दोधारमै किनेर लागि
नबिन नेपाल
भक्तपुर
 

८. गजल 
गीता पुरानको निशाफ कस्तो कस्तो !
यो भागवानको निशाफ कस्तो कस्तो !

पालोमा लिदैन जो आउछ छोड्दैन
साझा चिहानको निशाफ कस्तो कस्तो !

निर्बलकै लागि बनाइयो कानुन
यो सम्बिधानको निशाफ कस्तो कस्तो !

यो बस्तिमा एक्लै त हिड्दैनन चेली
साझ बिहानको निशाफ कस्तो कस्तो !

त्याहा अनुहार हेरेर भाउ गरिन्छ
हरे दोकानको निशाफ कस्तो कस्तो !

जता छ गहिरो उतै जान्छ पहिरो
बाडी कटानको निशाफ कस्तो कस्तो !

जो हुन्छ होचो उस्कै मुखमा घोचो
चल्ती उखानको निशाफ कस्तो कस्तो !

पुजारी झुसेले महल बनाउछ
भेटी र दानको निशाफ कस्तो कस्तो !

'नबिन नेपाल'को सपना लिदैछ उ
न्याय श्रीमानको निशाफ कस्तो कस्तो !
नबिन नेपाल
भक्तपुर
 

९. गजल 
यताको हलचल, देखे रुन्छे होला ।
मेरा यि दलबल, देखे रुन्छे होला ।

बियोगमा लेखिएका मिठा रचना
मुटु छुने गजल, देखे रुन्छे होला ।

सङघर्स, दुखले बनाएको बसस्थान
आलिसान महल, देखे रुन्छे होला ।

निर्बल हुँदा छाडी गयौ हेरी बसेथे
आज भाको सबल, देखे रुन्छे होला ।

रुनुमात्र होईन रैछ हास्न जने बल्ल
सुखै सुखका पल, देखे रुन्छे होला ।

पहिलेझै खराब सँगत छैन अहिले
नबिनको छलफल, देखे रुन्छे होला ।
नबिन नेपाल
सुडाल ०८
भक्तपुर
 

१०. गजल 
मेरो घर बिथोल्न किन दियौ चिठी ?
रात भर पिरोल्न किन दियौ चिठी ?

भर्खरको घाउ, नसुक्दै को रगत
आलो मुटु गिजोल्न किन दियौ चिठी ?

आधा घाउ छातिको तेही वाणले दियो
अब छाती छिचोल्न किन दियौ चिठी ?

जहाँ जो सँग छु खुशी अति खुशी
दु:खीको बोली बोल्न किन दियौ चिठी ?

तिमी धनको म मनको मिल्छ कसरी ?
मन र धन तोल्न किन दियौ चिठी ?

'नबिन' धारको सम्बन्ध मिल्दै मिल्दैन
मायाको मुल्य मोल्न किन दियौ चिठी ?

नबिन नेपाल
भक्तपुर
 

 धन्यवाद ।

कोमल भट्टका १० गजलहरु पढ्नुहोस्

Ram | 3:45 AM | 0 comments
नमस्कार साथीहरु,
गजलकार कोमल भट्टका १० गजलहरु लिएर आएको छु कस्तो लाग्छ प्रतिकृया दिनुहोला ।

1) गजल एक
**************
भरोषा गरेथेँ ढल्यो आज फेरी
खरानी भएरै बल्यो आज फेरी

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरी

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरी

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरी

विषाद धेर बढ्दा खुबै नम्र यो मन
दुखाएर"कोमल"जल्यो आज फेरी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

2) गजल दुइ
सहिदहरूप्रति हार्दिक श्रद्धान्जली सहित:-
----------------------
तिरस्कार गरी नमारौं कहिल्यै सहिदका सपना
घुयेंत्रो हानी नझारौं कहिल्यै सहिदका सपना

स्वदेशको लागि बहाए रगत जीउ ज्यान अर्पेर
यता न उता नपारौं कहिल्यै सहिदका सपना

छाडेर गए हामीलाई खुसी समुज्वल भविष्य
कृतघ्न बनी नटारौँ कहिल्यै सहिदका सपना

स्वतन्त्रताको बिरुवा रोपी सुम्पेका फलाउन
रछ्यान माथी नसारौँ कहिल्यै सहिदका सपना

श्रद्धाको फूल चडाऊँ आज ससम्मान प्रेमले
हृदय बाट नतारौं कहिल्यै सहिदका सपना
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3.गजल तिन
धरापमा परे झैँ भयो जिन्दगानी
********
धरापमा परे झैँ भयो जिन्दगानी
हरेक् पल् मरे झैँ भयो जिन्दगानी

शरदको चिसोले वनै शून्य पार्दै
पतिङ्गर झरे झैँ भयो जिन्दगानी

पलाएन हाँसो सुक्यो आश सारा
सबै थोक् हरे झैँ भयो जिन्दगानी

दु:खै दु:ख र पीडा सहित् उर्लिएको
समुन्द्रै तरे झैँ भयो जिन्दगानी

असल गर्छु भन्दा खराव आइलाग्ने
अधिक पाप् गरे झैँ भयो जिन्दगानी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

4. गज़ल चार
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
************
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ

बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ

सतहलाई नियालेर देखिंदैनन भित्री कुरा
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ

गाह्रो छ कि सजिलो छ विछोडमा जिउनु पर्दा
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ

कसले लुट्यो सुख,शान्ति,रमाइलो र हाँसो अनि
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

5) गज़ल पाँच
********
मिलाएर हातै गरौँ प्रेम साँचो
बिते बित्छ रातै गरौँ प्रेम साँचो

नजर क्यै झुकाई लजाएर घुम्टो
उघारेर बातै गरौँ प्रेम साँचो

पिई प्रीत धारा अधिक लट्ठ पर्दै
बढाएर मातै गरौँ प्रेम साँचो

उदाई बिहानी चरी चिर्र गर्दा
बनी फेरि तातै गरौँ प्रेम साँचो

अपूर्वै मिलनले मधुर जिन्दगीको
रची गीत खातै गरौँ प्रेम साँचो

दिवस प्रेमको यो बनोस दिव्य धारा
न होस् तुच्छ घातै गरौँ प्रेम साँचो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

6) गज़ल छ
***********
छुटाएरै खुसी हाँसो,रुवायो आज तकदिरले
भिजाएरै झर्यो आँसु,धुवायो आज तकदिरले

सुनौला कल्पना गर्दै,फुलेथ्यो फूल झैं जीवन
खसालेरै भूमि माथि,कुवायो आज तकदिरले

सगर् छुन्छु भनी हिंड्दा,खपें आपतहरु सारा
थचारेरै पूरै लोप्पा खुवायो आज तकदिरले

न पाएँ शान्तिले बाँच्नै,न लियो ज्यान मारेर
घिसारेरै लगी रौरव, छुवायो आज तकदिरले

म को हूँ को थिएँ भन्ने,भयो ऐले कथा जस्तै
घचेटेरै भङ्गालोमा, डुवायो आज तकदिरले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

7)  गज़ल सात
*********
अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

निरक्षरले पढ्न सकुन प्रेम बढाई मनको
फोहर मैला जान दिनोस सरस्वती माता

प्रतिभाको मूल फुटी ढाकोस समाजमा
प्रतिष्ठा र शान दिनोस सरस्वती माता

कर जोडी फूलको थुँगा अर्पण गरेँ आज
भक्ति भाव लान दिनोस सरस्वती माता
श्री पञ्चमी
४ फाल्गुन,२०६९
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

8)  गज़ल आठ
*******
जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको,नाम्लो,घाँस सँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँ भरी कह्यौ आमा

सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा

नखाइ नखाइ काम गर्दा निम्तियेर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा

ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

9. गज़ल नौं
**********
स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन

सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटेर भुक्न सकिन

कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन

डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन

आफ्नो श्रम बेचेको छु सधैं बिदेशमा
धान्नै पर्यो जीवन यो सुक्न सकिन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

10) गज़ल दश
****
संसारमा सबै भन्दा,देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि,भेष आफ्नै प्यारो

लगाएनी बिदेशका,चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको,खेस आफ्नै प्यारो

रङ्गाएर खैरा,सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो,केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँ भरी लागे पनि,ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रक्रियालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

गजल -नौ डाँडा पारीको ... (कृष्ण समर्पण)

Ram | 3:31 AM | 0 comments
नौ डाँडा पारीको ख्वाब् नदेखाउ,
नसक्ने भारिको ख्वाब् नदेखाउ॥

निश्चित् छ अन्त्यमा हार् हुनेछ,
भो मारामारिको ख्वाब् नदेखाउ॥

चरित्र स्त्रिको थाहा छ सबै,
असल् नारिको ख्वाब् नदेखाउ॥

ताकेर बन्दुक् हुन्न समाधान,
हतियार् धारिको ख्वाब् नदेखाउ॥

नाम् छ तिम्रो हत्यारा सुचिमा,
झुट् ईमान्दारिको ख्वाब नदेखाउ॥

जलेको आत्मा चिसिन्न अब,
सितल् छहीरिको ख्वाब नदेखाउ॥

राधा अधुरी छिन् कृष्ण बिना,
बाल ब्रह्माचारिको ख्वाब् नदेखाउ॥

कृष्ण समर्पण
बम्घा एक गुल्मी

गजल- गरिबलाइ तिम्रो आश .. (राजु अधिकारि -रेनियर)

Ram | 3:04 AM | 0 comments

        गरिबलाइ तिम्रो आश हुनसक्छ
        मुस्कान नि भोकमा गास हुनसक्छ

        सुख खोज्दैमा थकाउछौँ जिँदगि
        त्यो त आफ्नै आसपास हुनसक्छ

        आज खुसिले उफ्रेको जवान पनि
        भोलि बिहान नहुँदै लास हुनसक्छ

        तिमि चाँडै ति बुढि आमालाई भेट
        तिम्लाई नै पर्खेको सास हुनसक्छ

        महलमा जन्मिदैमा मख्ख नपर्नु
        त्यहाँ नि सैतानको बास हुनसक्छ

        म आँशु रित्याएपछि बेफिकर छु
        तैपनि रोएको आभास हुनसक्छ

        आहा ! जिवनमा कस्तो सुगन्ध
        त्यहि नि उडाउने बतास हुनसक्छ

        त्यो उत्ताउलो बैँस सम्हालेर राख
        सम्बन्ध सबै पर्दाफास हुनसक्छ

        तिम्रो तिरस्कारले रोइरहेको पात्र
        तिम्रो आफ्नै कथामा खास हुनसक्छ

        यो गोलो पर्थ्वि घुम्दै घुम्दै जाँदा
        कुनै दिन मालिक दास हुनसक्छ

        राजु अधिकारि (रेनियर)
        रुद्पुर-रुपन्देहि

गजल-की टुहुराको घर बनाउनु पर्छ ( जिवन सरोवर )

Ram | 4:16 AM | 0 comments
जिवन सरोवर
की टुहुराको घर बनाउनु पर्छ।
कि महलमा आगो लगाउनु पर्छ।।

यसरि ठगिरहेछ भाग्यले हामिलाई।
मात्रै पानी पिएर निदाउनु पर्छ।।

मेरा साथिहरु पिएपछि भन्छन।
हिड त्यहि भट्टी भत्काउनु पर्छ।।

सुन!सालीक तिम्रो अबधि सकियो।
अब हाम्रोपनी पालो आउनु पर्छ।।

घाउमा नुन छरि मेरि प्रिया भन्छिन।
रुनु हुन्न'जीवन'मुस्कुराउनु पर्छ।।

जीवन सरोवर
रानीवन,अछाम

गजल- साँझ पख दाहीने आँखा (रतन बहादुर विक)

Ram | 7:25 PM | 0 comments

साँझ पख दाहीने आँखा फ़ुर्छ सराबीको।
भट्टी तिरै जाने साईत जुर्छ सराबीको।।

कहिले कसो भोकै पनि सुत्नु पर्ने हुन्छ,
अबेर सम्म कस्ले बाटो कुर्छ सराबीको।।

माते पछि उसको सामु कस्को के चल्छ र,
शरीर भने दुब्लाएर झुर्छ सराबीको।।

तिम्ले गर्दा भट्टी तिर बासै सर्यो मेरो,
पिरतिमा ज्यूज्यान दिने सुर्छ सराबीको।।
रतन बहादुर विक

गजल- मैले तिम्रो गजलको भाब बुझिन (कृष्ण अबिरल)

Ram | 1:22 AM | 0 comments
मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

तिमि त साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥


आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥


तिमि पनि मायाँमा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥


एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥

कृष्ण प्रसाद सिम्खडा
गीतानगर-४,देवनग र चितवन

गजल - दिलायो गुलाबले (प्रेम दिवस विशेष) -रोहित राना

Ram | 11:22 PM | 0 comments
कतिलाई सुन्दर जीवन दिलायो गुलाबले
टूक्रियका धेरै दिलहरू मिलायो गुलाबले

धुजा-धुजा हुन्छन् मन चाहेको नपाऊँदा
फाटेका धेरैका मनहरू सिलायो गुलाबले

हुरी-तूफानले पनि नहल्लिएका मनहरूलाइ
अचानक एक-पलभर'मै हिलायो गुलाबले
हिराले हिरा काटे झैं मुटुले मुटु काटे पछि
कतिको सुन्दर प्रेम कथा बिलायो गुलाबले
मायामा चुस्की लाउने सबैको हुने चाहना
रोहितलाई भने विष-प्याला पिलायो गुलाबले
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

गजल- संसारमा प्रेम दिवश .. (आरके थापा)

Ram | 8:04 PM | 0 comments
संसारमा प्रेम दिवश , चलेको छ प्रिय ।।
कता कता कोमल मुटु , जलेको छ प्रिय ।।

मुना मदन जस्तो हाम्रो , भयन खै भन्छौ ,
हाम्रो भाग्य लेख्नलाई या , छलेको छ प्रिय ।।

हर क्षेण हरेक दीन ,तिम्रै निम्ती सोच्छु ,
निराश भई यो हृदय , गलेको छ प्रिय ।।

प्रेम प्रतिक गुलाव त्यो ,बोक्या रैछौ फूल ,
मनमा आगो दन्कीयर , बलेको छ प्रिय ।।

मन बिशाउने दौतरी , छैन कतै भन्दा ,
मुर्छा परी आरके याहाँ , ढलेको छ प्रिय ।।

संसारमा प्रेम दिवश , चलेको छ प्रिय ।।
कता कता कोमल मुटु , जलेको छ प्रिय ।।
13/02/2013
आरके थापा , बोच -दोलखा
हाल साउदी , अरब
आरके थापा

गजल - अजम्बरी जवानी न तेरो न मेरो (नबिन नेपाल)

Ram | 7:55 PM | 0 comments
अजम्बरी जवानी न तेरो न मेरो
मरे पछी खरानी न तेरो न मेरो

तँ ठुलै जाती होलास पानी खान दे
बगेर जाने पानी न तेरो न मेरो

मेरो यो बाचा भयो आँखा दान गर्छु
खरानी हुने नानी न तेरो न मेरो

पसिना र माटो हो नि सुनको साटो
लासाको सुन खानी न तेरो न मेरो

आउँदा जस्तो जादा तेस्तै जाने हो
मरेर केहि लानी न तेरो न मेरो

ढोका खुल्छ तब जब सच्चा पुग्नेछ
बाटो स्वर्ग जाने न तेरो न मेरो

नबिन नेपाल
भक्तपुर

गजल- के पायौ सुनौलो बिहान बेचेर (रोहित राना)

Ram | 2:56 AM | 0 comments
के पायौ सुनौलो बिहान बेचेर
निमुखाको न्यानो सिरान बेचेर

जिउँदो हुँदा नि गरिखान दिएनौ
के पायौ अस्तु अनि चिहान बेचेर

नेपालीको आफ्नै अधिकार छ'नि
के पायौ नेपालको संबिधान बेचेर

छिमेकीले हेप्दा पनि हेरेर बस्यौ
कति पायौ त हाम्रो निदान बेचेर

लाज लाग्छ तिम्लाई आफ्नो भन्नु
कति पायौ नेपाली पहिचान बेचेर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger