Showing posts with label Muktak Madhurima. Show all posts
Showing posts with label Muktak Madhurima. Show all posts

Muktak Madhurima (2070-04-25/12-04-2012) - Download

Ram | 8:54 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2070-04-25/12-04-2012)

 
आज मिति 2070 बैशाख 12 गते तदनुसार 25-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
Download : Click Here to Download
Thank you

Muktak Madhurima (2069-12-01/14-03-2013) - Download

Ram | 8:42 PM | 0 comments
Muktak Madhurima  
Radio : Radio Chitwan 94.6mhz          
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-12-01/14-03-2013)

आज मिति 2069 चैत्र 01 गते तदनुसार 14-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Thank you
२०६९-१२ -०१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ....................

01-Khadga G Magar
आफ़ै हारि तिमिलाई, जिताउने चाहना छ
मुटु रित्याई सारा खुशि, दिलाउने चाहना छ//
पराईको हात समाइ, नजानू है बिंति मेरो
जुनि जुनि तिम्रै साथ, बिताउने चाहना छ//
खड्ग जी मगर
उरहरी दांग

02-Amrit Jaishi
मैले पनि एउटा परि मन पराएको छु।
उनकै सामु भन्न मात्र डराएको छु।
खै उनलाई थाहा छ कि छैन ???
मैले त उनकै दिलमा डेरा सराएको छु।
-अमृत जैशी
बाजुरा कुल्देवमाण्डौ
हाल धनगढी कैलाली

03-Raju Poudel
सलाइ कोरि मुटु मेरो जलाउछ तिम्रो याद्ले
परेलिमा टिलपिल आशु तलाउछ तिम्रो यादले
जब तिमि जुन बनि जीवनमा उदाउछ्यौ
तब देखि धपक्कै मन बलाउछ तिम्रो याद्ले
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार

04-Anuragi Binod Gaire
एक्ले बरमा घाँसको भारि बिसाउँदिहौ मेरि सानि॥
मेरै यादले परेलि त्यो चिसाउँदिहौ मेरि सानि॥
माया मार्यो मुगलानिले गाँउबेशिको भन्दै,
नपाउँदा मेरो खबर रिसाउँदिहौ मेरि सानि॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट

05-Navaraj Bhatta **मुक्तक**
प्रदेसमा भारी बोकी रुदै बस्याछु ।।
बाध्यताले गर्दा एक्लो हुँदै बस्याछु ।।
याद आउछ दिन रात लाला,बाला हरूको।
सिरानिमा तस्बिर राखी छुदै बस्याछु ।।
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

06-Ashish Danai
मेरो लागी मर्ने गफै मात्र भो
मेरो सिउदो भर्ने गफै मात्र भो ।
एकदम मायाँ गर्छु भन्नुहुन्छ
मलाई मायाँ गर्ने गफै मात्र भो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
रचना मिति - २०६९-११-१४
www.muktakmadhurima.tk

07-Bishnu K Gautam
तिम्रो गाउँमा त डोका बुन्दैनन् रे आजकल
आमाको पुकार कोहि सुन्दैनन् रे आजकल
दुइ चार बर्षअघि बास माग्दै हिड्नेहरु
भुलेर पनि त्यो बाटो चुन्दैनन् रे आजकल
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल:बुटवल

08-Karan Singh Sutar 'Bibasha'
~~~~~~~~~~मुक्तक~~~~~~~~
भित्र भित्रै कता-कता मुटु चल्छ अचेल
अनयाँसै यहाँ आफ्नै तस्वीर ढल्छ अचेल
के भो कुन्नी जिन्दगीमा थाहै पाइन मैले
यो तन र मन त्यसै-त्यसै जल्छ अचेल
-रचना मिती :-२०६९-११-२० गते धनगढी,कैलाली
गजलीयमन :- करन सिंह सुतार 'बिबश'
रस्ती बस्ती :- बिशालपुर ६ कोटिगाउँ एकान्तटोल बैतडी,
हाल :- धनगढी ५ हसनपुर कैलाली )

09-सनम गोले
अबरूद्द भएकाछन मेरा भावनाहरू।
एकपछि अर्कोगर्दै टुटेकाछन चाहनाहरू।
हुरिआई उढाई लग्यो कता कता खै ....?
मेरा विपनामा बुनेका सारा सपनाहरू।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

10-सुमन श्रेष्ठ अभागी कान्छो कान्छीबजार स्याङजा
तिम्रो माया कागजको रंगिन चङगा जस्तो ।।
तिम्रो बाचा असारको भेल भन्दा सस्तो ।।
खोजी खोजी आउनेले पनी छोड्छन यहाँ ।।
जसलाई माया गरेँ उसैबाट घात यस्तो ।।

11-Bikalpa Babu
"नयनमा उनको चित्र स-जाएर जान्छ रात
मनका अनेक कुराले नै स-ताएर जान्छ रात
त प्यारमा परीस् भन्छ आफ्नै मनले पनि
अनि त्यसमा सहमति ज-नाएर जान्छ रात

12-Nabaraj Dhakal Nabodit
आखिर किन सँधै पराई बन्छस काठ्माण्डु ?
भन्दै गर तँ कति दोषी भन्छस काठ्माण्डु ?
माया के हो ?बिश्वास के हो ?भुलिस आफ़न्त
क़ैले सम्म यस्तै बौलाई रन्छस काठ्माण्डु ?
Morang ,nepal

13-निस्चल प्रेमी कान्छा
तिम्रो यादमा मन मुटु जलेरै आउछ ।
जवानीको आँदि तुफान चलेरै आउछ
बैसको भेल उर्लि आउदा समालेर खाख्छु
मन पोल्छ डाहा हुन्छ बलेरै आउछ
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

14-कृष्ण अबिरल
मलाई आज मिठो क-हानि मा फसाईन उनले।
लोभ्याएर आफ्नो ज-वानि मा फसाईन उनले॥
अनेक आस देखाएर एउटा मिठो रात मागि।
स्वार्थ पुरा भयो बि-हानि मा फसाईन उनले॥
कृष्ण अबिरल
गितानगर-४,,देबनगर
चितवन....

15-Jaya Bhabuk
मँ तँ काली बेहाल मॉ छु अचेल /
ितम्रै मायॉ जाल मॉ छु अचेल/
सुतेको सुतेई हुन्छन यहॉ तँ,
साच्चै अिनश्छीत काल मॉ छु अचेल/
जयराम िव.क. {जयॉ भॉवुक}धधवार ७
बर्िदयाहाल मलेिसया जोहोर,,,,,,

16-श्रीकान्त बराल कहेराज़
केहि हुन्छ कि भन्ने आस गर्दा गर्दै
मन भित्रको निरासालाई नास गर्दा गर्दै
सकिन्छ यो धर्तिमा आफ्नो बस्ने पालो
कहिले यता कहिले उता बास गर्दा गर्दै
कृष्ण मन्दिर चोक

17-Rai Munkmen Ramesh मुक्तक
हो हजुर को ढाट्ने बानि काईदा लाग्यो
नहुने कुरो आट्ने बानि काईदा लाग्यो
मिल्यो सपनामा घ्यू हाँस्दै अझ झन
उठेर हात चाट्ने बानि काईदा लाग्यो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....

18-Shanti Adhikari मुक्तक
अन्जानमा साटेको मन मौका हेरी फिर्ता गर्छु ।
बन्दगिमा राखेको मन मौका हेरी फिर्ता गर्छु ।।
जाना जानी दु ख कस्ले बेसाउछ र हजुर ।
पिडा भित्र पाकेको मन मौका हेरी फिर्ता गर्छु ।।
-शान्ति अधिकारी
बाके

19-Saroj Dhital
उदाएका तारामा तिमी छौ..
यो संसार सारामा तिमी छौ..
मनमा, तनमा, मुटु अनि धड्कनमा..
कुवा पोखरी धारामा तिमी छौ..
-डाँछी 3 काठमाडौ

20-नरेश बि.क 'अनुरागि' "गजल"
अहिले सम्म दिन रोएरै बिताए
सिरानि आसुले धोएरै बिताए
भगबान पनि कता गए कता
डुङगाको मुर्ति छोयरै बिताए
नरेश बि.क"अनुरागि" बिनायक-2,अछाम
हाल-मुम्मई

21-Causal Ciran
जुन पाएको छु मैले र तारा पाएको छु।।
एक्लो रात कटाउने साहारा पाएको छु।।
टल्किन्छ्यौ हिरामोती जस्तै अँधेरिमा तिमी
साँच्चै? तिमीसँगै संसार सारा पाएको छु।।
-कौशल किरण

22-Komal Bhatta मुक्तक :-नयाँ नेपाल
******
असुरक्षा,अशान्ति र भ्रस्टाचार
आतङ्क,अपहरण र मारामार
कसरि भन्नु खोई?यो नयाँ नेपाल
सधैँभरि हत्या,लुट र बलात्कार
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
मार्च ११,२०१३

23-Devendra Pandeya
साँझपख एक्लै कालीको तीरमा नजानु
सुनाखरी देखेर राम्रो भीरमा नजानु
सुखदुख बाँडेर जिउनुपर्छ जिन्दगीमा
भोलीलाइ जिउनु हिजो सम्झी पीरमा नजानु
देवेन्द्र पाण्डेय
जोमसोम

24-Bibash Basant Kunwar
{मुक्तक}¤¤आउछु प्रिय¤¤
अजम्बरी मायालाई बोकेर आउछु प्रिय।
सारा पिडालाई रोकेर आउछु प्रिय॥
तिम्रो त्यो रसिलो अधर चुम्नलाई।
समय अनि सिमालाई तोकेर आउछु प्रिय॥
-बसन्त कुवँर विवश
सुर्यपूरा ५ शान्तिबजार
रूपन्देही
हाल
क्षितिज पारीको बिरानो बस्ति बाट

25-तिलक निस्कर्ष
स्वार्थ पाउन्नौ मैले लाको गुनहरु गन्दा पनि
तन मन सुम्पियर तिम्रै मात्र बन्दा पनि
आज मलाइ घर को न घाटको बनाउन खोज्यौ ,
तिम्रै आसपासमा हुन्छु सधै भरि भन्दा पनि
रत्ननगर ७

26-Mohan Bihani
उस्कै जीवनको फुल बनी फुल्देउ अब,
प्रत्येक पलहरु सङ्गै रम्दै झुल्देउ अब।
तिम्रो र मेरो सम्बन्ध अतित भैसकेछ,
बर्तमानमा खुशी हुदै मलाई भुल्देउ अब।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Muktak Madhurima (2069-11-24/07-03-2013) - Download

Ram | 10:51 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz        
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-11-24/07-03-2013)

 आज मिति 2069 फागुन 24 गते तदनुसार 07-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                    
Listen and Download

Download : Click Here to Download
All Previous Episodes

२०६९-११-१७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Ram Sharan Shrestha
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com

02-Arpan Chhetri
बिहानीकॊ मिरमिरेमा लाली बनि आउनु तिमी
यॊ मुटुकॊ ढुकढुकीमा एकैनास छाउनु तिमी
दुख्यॊ मुटु चर्क्यॊ छाती सम्हाल्न नि गार्हॊ हुदा
चर्केकॊ यॊ घाउ माथि सधै मलम लाउनु तिमी
-अर्पन छेत्री
दमक,झापा
हाल - जॊहॊरबारु , मलेशिया See Translation

03-Shanti Adhikari मुक्तक
आँखाबाट आँशु खस्यो छैन खुशी मनमा ।
पिडाले नि मैलाई डस्यो छैन खुशी मनमा ।।
बिना कारण कालो बादल मडारीन थाल्दा।
अनेक थरी शकां पस्यो छैन खुशी मनमा ।।
-शान्ति अधिकारी
बाँके

04-Khadga G Magar
किन किन हिजोआज, टेन्शन बढेको छ
मुटुभित्र नदेखिने , खिल गढेको छ//
देख्छु यहाँ सबै जना, आफ़्नै धुन म मस्त
देखाउ कस्लाइ यो दिल भित्र, मुटु डढेको छ//
-खड्ग जी.एम.
उरहरी दांग

05-Jaya Bhabuk
बन्द अिन हड्ताल पार्छौ कीन?
धेरै मरीसके अझै मार्छौ कीन?
सधैसधै धाउछौ बालुवाटार ,
वार्ता गर्छौ सहमती सार्छौ कीन?
जयराम िव.क.(जयॉ भॉवुक )
धधवार 7 बर्िदया
हाल मलेिसया जोहोर

06-Mohan Bihani मुक्तक
********************************
फुलेको फुलको डाली भाँच्न कति गाह्रो भाको हो?
मायाप्रीती बिना जीवन बाँच्न कति गाह्रो भाको हो?
स्वार्थी यो सन्सारमा निस्वार्थी कोही रहेन छ
स्वार्थरहित साइनो गाँस्न कति गाह्रो भाको हो?
-मोहन बिहानी
भक्तिपुर सात सर्लाही http://www.mohanbihani.blogspot.com


07-Pawan Gharti Magar Bibash
हृदयमा मेरै तस्बिर सजाएर गयौ।
टाढैबाट नजर जुधाई लजाएर गयौ।
पागल सरि भएको छु जब देखे पछि,
मेरो मनमा प्रेम धुन बजाएर गयौ।
पवन घर्ति मगरहाडहाडे गुल्मीहालः यू ए ई

08-Raag Gazmer Raz
तिमीले ढाट्यौं बुझ्छु भनेर
मसँगै सधैं कुद्छु भनेर
माया प्रेम कति भन्ने प्रश्नसँगै
बुझिनौं किन दुख्छु भनेर

09-सुमन मुस्कान । मुक्तक
हिजो कसैलाई मन पराउनु गल्ति भो
त्यो जुठो दिललाई म तिर सराउनु गल्ति भो।
मैले जस्तै माया गर्छे भन्नी लाएर आज
त्यो निषठुरीमोरी भित्र हराउनु गल्ति भो।
-सुमन मुस्कान बालकुमारी कलेज नारायणगढ चितवन ।

10-तिलक निस्कर्ष
खोजे तर पाइन मैले, त्यो जुन कहा छ खै
तिम्ले मलाइ लाउछु, भन्या गुन कहा छ खै
म पनि त तितो अतित सम्झदै छु नि ,
रोय भन्छौ तर विरहको धुन काहा छ खै
रत्ननगर ७

11-नबराज ज्ञवाली
बोल्दैन सानु तिम्रो चित्र।
चोखो,माया,छ,मुटु भित्र।
हृदय बाट नै पलाउछ।
यहि हो मायाको चरित्र।
-नबराज ज्ञवाली
छिस्ती ६ बाग्लुङ्

12-साहित्यप्रेमी कपिल लामिछाने
कहिले काहि सपनिमा परि भई आईदेउन् !!
कुहु कुहु गर्दै कोहिलि चरि भई आईदेउन् !!
तिम्रो यादमा आज जल्दैछ यो मुटु,,
हल्का हल्का सिमसिमे झरि भई आईदेउन् !!
साहित्यप्रेमी कपिल लामिछाने दाङ्, तुल्सीपुर>>
हाल दोहा, कतार बाट..\\\


13-Ashish Danai मुक्तक
छाती चिरी तिम्रै तस्बिर देखाईदिउँ कि जस्तो लाग्छ
हामरो बारे सबैलाई बताईदिउँ कि जस्तो लाग्छ ।
जो जो डाहा गर्छन गरुन जो जो मर्छन मरुन
अब चाडै तिम्रो सिउदो रङ्गाईदिउँ कि जस्तो लाग्छ ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
www.muktakmadhurima.tk

14-Mahato GenaRahm
कहिले साथीभाईको करले पिएँ।
कहिले आफ्नै रहरले पिएँ ।।
जमाना यो भन्छन् वाईन कल्चरको ,
जमातमा एक्लो हुने डरले पिएँ ।
...GenaRam Mahato...
..Nawalparasi..

15-Raju Poudel
के अचम्म हो आधा रातमा पनि राम्रि मानछे बनेर हिडनु पर्ने
जन्म दिने बाउ आमालाइ पनि झुटो कुरा भनेर हिडनु पर्ने
कस्तो पेसा अंगालेउ कुन्नि तिमिले त्यस्तो कसैले नदेख्ने गरि
लुकि लुकि कुना पसि पैसाको बिटा गनेर हिडनु पर्ने
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार

16-Ramesh Babu Regmi
तिमि उपल्लो घरकी पो त मेरो जात बिर्सेको थें ।
उज्यालो त्यो मुहार हेर्दा मेरो रात बिर्सेको थें ।।
आभारी छु तिमिप्रती संझाई दियौ मलाई,
साच्चै भन्दा मैले आफ्नो औकात बिर्सेको थें ।।।
-रमेश बाबु रेग्मी
बेनिको बजार, म्याग्दी।

17-Bishnu K Gautam
आज धुरुधुरु,रुँदैछ नेपाल,थाहा छ तपाइँलाइ?
झन तानासाह,हुँदैछ नेपाल,थाहा छ तपाइँलाइ?
बिदेशिको एकएक,इसारामा नाचेपछि
महङ्गिले आकाष,छुदैछ नेपाल,थाहा छ तपाइँलाइ?
Bishnu Gautam
Malma-4,Baglung
now:Butwal

18-Bikalpa Babu
अचेल तिम्रो गाउँ बस्ती घर फेरीएछ
नाम पछि भएको त्यो थर फेरीएछ
धन होइन मलाइ बरु माया भए पुग्छ
भन्नेको त खै कसरी रहर फेरीएछ
bikalpa babu
gitanagar 1,chitwan

19-Amrit Shrestha
भगवान साक्षी कसम तोड्न सकिन प्रिय
सधैंको एउटै गोरेटो म मोड्न सकिन प्रिय
शायद तिम्ले त छोयौ आकास को जुन
मैले भुइ छोड्न सकिन प्रिय ..........
(Amrit Shrestha pokhara 12 kaski)

सम्भव भए गीत पनि राखिदिनु होला

20-Bhupendra Bc मुक्तक
झुपडिको मान्छे म, तिमी महल ताक्दै जानु |
माया राख्न नसकेनी, सक्छ्यौ घृणा राख्दै जानु |
जिवनभर साथ दिने वचन तिम्रो झुठो रैछ,
प्रित मिठो फल भए प्रत्येक संग चाख्दै जानु |
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके

21-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिमीलाई नजिक सारेरै छाड्छु
एकदिन जालमा पारेरै छाड्छु
कति भाउ खोज्दी रैछे काली
जवानीको धित मारेरै छाड्छु !
hetauda makwanpur ,hal-doha qatar

22-Dhaneshwor Poudel दङ्गाली साथी
हो त्यही दिन यो सास जानेछ ।
र सँगै सबै ति आश जानेछ ।
जुन दिन तिमी पराई हुन्छेउ ,
यो मेरो जिउँदो लाश जानेछ ।
-Dhaneshwor Poudel
Dang Deaukhury
Now Kuwait

23-Baral Suryamani
जति दुःख छन् भोग्नैपर्छ लेखेर के हुन्छ ?
सोचेकै त पुग्दैन कहिल्यै देखेर के हुन्छ ??
भ्रमको पर्दा रहेछ यो संसार हटाउनु कसरी?
हत्केलाले सिँगै घाम छेकेर के हुन्छ ??

24-Suman Adhikari
प्रेम गर्छौ आशु पिउन सिक !
पक्कै फाट्छ मन सिउन सिक!
अमर कहाँ छ प्रेम जालि संसार मा त्यसैले .......
छुट्छ माया एकान्तमा जिउन सिक !
-Adhikari,Suman"SAJAN"
Gunjanager 4 Bhimnager

25-निस्चल प्रेमी कान्छा
घर सम्झी धेरैजसो रुन्छन प्रदेशमा
पराईका रुखा बचन सुन्छन प्रेदेशमा
कत्ती त शोषण सम्म भोग्न बाध्य भएकाछन्
आसुले सारा सरिर धुन्छन प्रदेशमा ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत ।

26-Anuragi Binod Gaire
बिस्तारै समय ढल्किदै थियो।
आँखामा आँशु छल्किदै थियो।
झन झन पोल्दै गयो रापले छाति,
दिल भित्र आगो सल्किदै थियो।
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट

27-Rai Munkmen Ramesh मुक्तक
भो अब नखोज शहर मैले छोडि सके
फक्री फुलाउने तिम्रो भर मैले तोडि सके
चाहिन्न त्यो ठूलो महल खुशी बिनाको
खुशी राख्ने झुपडि मै रहर मैले जोडि सके
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद

28-दिपक काराखेती . मुक्तक
म त हजुर यहाँ साह्रै हेपिएको, रहेछु
थाहै नपाई अरु बाट चेपिएको, रहेछु//
हेर्दाम सास्ती दिने जस्तो नदेखेर, के भो र?
पौष माघको कुहिरोले छेपियको रहेछु//
-दीपक काराखेती
गोर्खा, (हाल:- UAE)


30-नरेश बि.क 'अनुरागि'
हजारौँ यि सपनाहरु झरिरहे सधै।
एका एक समस्य परिरहे सधै।
कैल्यई पनि भईदिएन चाहेको काम पुरा।
दुखैदुखको भुमरीमा मरिरहे सधै।
-नरेश "अनुरागि"
बिनायक-2 अछाम
हाल-मुबँई भारत

31-Jyoti Khatiwada Anischit
कोट्याईकोट्याई खाटा परेको घाउ ब-ढाउँछन् मान्छेहरु
नहुनेको हुन्छ क्षति उसैकहाँ अनेक दाउ लाउँछन् मान्छेहरु
किन हो यस्तो मानवस्वभाव कसरी बुझुँ यसलाई म
नबर्सिने मेघ गर्जेझैँ अनेक हाउभाउ दे-खाउँछन् मान्छेहरु
-ज्योति खतिवडा अनिश्चित
झापा सुरुङ्गा
हाल पुल्चोक ललितपुर

32-Navaraj Bhatta ***गजल ***
आफै सँग आफैलाई जिन्दगानी भार भयो
तिमी सधैं जिती राख्नु मेरो चाँही हार भयो
केही गर्ने जोस जागर मनै देखि मरेपछी
तिम्रो अर्ती,उपदेस मलाइ के को सार भयो
-नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

33-श्रीकान्त कहेराज़
कुर्चीको खेल खेल्छौ कहिले सम्म
जनतालाई यसरि पेल्छौ कहिले सम्म
तिमीहरु राम्रो भान्छे जनता पिठो र पानि ,
असहमतिको बेलनाले बेल्छौ कहिले सम्म
कृष्णमन्दिर चोक

34-Kamal Tag Dhakal Putalisadak kathmandu
गूराँस जस्तै कालि तिमि फक्रिएकि छौ।
मेरो दिलको झ्याल खानामा पक्रिएकि छौ।
जन्म कैद भइसक्यो फूस्किन त गारो छ नि।।
त्यसैले त बिहे गर्न टक्रिएकि छौ ।

35-नरेश बि.क 'अनुरागि' मुक्तक
मेरो मायाको धरापमा परौलि
दैबले दिएको सरापमा परौलि
दुनियाले छुटाएमा कस्को ईज्जत कस्तो
म भन्दा तिमि खराबमा परौँलि
-नरेश बि.क"अनुरागि"
बिनायक-2 अछाम
हाल-मुबँई,भारत

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Muktak Madhurima (2069-11-17/28-02-2013)) - Download

Ram | 8:53 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz      
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-11-17/28-02-2013)

आज मिति 2069 फागुन 17 गते तदनुसार 28-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episode

Muktak Madhurima (2069-11-10/21-02-2013) - Download

Ram | 12:43 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
     
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-11-10/21-02-2013)
 



आज मिति 2069 फागुन 10 गते तदनुसार 21-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।




यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

Thank you
२०६९-११-१० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
फूलहरू पनी मग-मगाउँन थालेकाछन्...!!
माहुरीहरूले प्रित लगाउँन थालेकाछन्...!!
पलपल सम्झना पठाउँछौ रात-बिरात...!
अचेल यादहरूले जगाउँन थालेकाछन्...!!
-मोहन रावल अनमोल 'अस्तु'
बान्नातोली पाचँ अछाम
हाल-क्षितीज पारिबाट

02-Prem Dhami Chhetri
म त तिम्रो सधै भलो हित चाहाने मान्छे।
अझै भनौँ अजर अमर प्रित चाहाने मान्छे।।
के गरेर खुसी हुन्छ्यौ त्यही गर्न तयार छु म
आफु हारि बरु तिम्रै जित चाहाने मान्छे।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ

03-Nabaraj Dhakal Nabodit
मेरो ब्यथा नजिकबाट बुझ्छ्यौ र त आफ़्नै लाग्छ ।
देउता सम्झि नित्य मलाई पूज्छ्यौ र त आफ़्नै लाग्छ ।
भुलाई सारा दुख दर्द जिंदगानी भोगाइका
ममताले अधर मेरा चुम्छ्यौ र त आफ़्नै लाग्छ ।
Pathari,morang

04-Arpan Chhetri
एकान्त सम्झी सम्झी टॊलाउछु म अचेल
सपनिमा तिम्रै नाम बॊलाउछु म अचेल
छाडी तिम्ले साथ मेरॊ काट्यौ नौ डाडा
याद भुलाउन भट्टी तिरै झॊलाउछु म अचेल
-अर्पन छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु , मलेशिया

05-Jaya Bhabuk
शीशीर संगै वशन्तको सुरूवात हुदै छ!
जीवन भिर संगै वाच्ने यही बात हुदै छ!
कोही रमाउदै खुसीहुदै बढ्छन् अगाडी,
कसैको जीवनमा यहॉ बज्रपात हुदै छ!
जयराम िव.क. [{(जयॉ भॉवुक )}]
धधवार 7 बर्िदया
हाल मलेिसया....जोहोर...

06-Bishnu K Gautam एउटा ठट्यौलि मुक्तक है दाजु
मुक्तक
स्याउ जस्तै टोक्न मन छ,गाला तरुनिका
कस्तो होला पाउडर बिना,छाला तरुनिका
धोद्रो भाको रुख पनि,टम्म हुन्छ बाहिर बाट
त्यस्तै त हो हैन र ओ चाला तरुनिका
बिष्णु गौतम
मल्म -4,बाग्लुङ
हाल:बुटवल

07-Ram Sharan Shrestha
प्रेमको हिरासतमा राख्छौ कतिन्जेल ।।
म्याद थप झनझन माग्छौ कतिन्जेल ।।
हुन्छ या हुँदैन यति फैसला गरिदेउ
पर्खाएर मलाई सधै ढाँट्छौ कतिन्जेल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com

08-अन्जान श्रेष्ठ अभागी
सम्झिएन न भन्नु है शिला दिदी ।।
आउने दिन न गन्नु है शिला दिदी ।।
आउने मन त धेरै थियो आउन
सकिन दुखि न बन्नु है शिला दिदी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल india

09-Anuragi Binod Gaire
मेरो मुक्तक मधुरिमा को पहिलो उपस्थिति हो।
जस्तो छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै यो सानो मुक्तक. . . . . . .
मनैभरि राखेको छु तिम्रो माया सधैँभरि॥
बन्ने मन छ मलाई तिम्रो छायाँ सधैँभरि॥
तिम्रै मनको फुलबारिको मालि बनि सधैँ,
घुमु लाग्छ तिम्रै दायाँ बायाँ सधैँभरि॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट

10-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
प्रस्ताव राख्न प्रेम दिवस कुर्नु पर्दैन ।
ज्योतिष बाको चिना नक्षत्र जुर्नु पर्दैन
हास्नुस उनि हास्दा रुनुस उनि रुदामा ।
मोहनि लाग्ने जालि मन्तर फुर्नु पर्दैन॥

11-Lokendra Pun
उसको पिडाले म,मरेर बाँचेको छू
दु:ख को सागर,तरेर बाँचेको छु
पिडा र चोटहरू,सहने बानि भयो
चोटै चोट ले मुटु,भरेर बाँचेको छु
-लोकेन्द्र "बर्षाद",
डाँडागाउँ-4चाईपाटा जाजरकोट हाल:मलेशिया केलाङ्ग

12-निस्चल प्रेमी कान्छा
मेरो नगर बस्तिमा भुलेर जादैछौ रे
हजार भिड गस्तिमा खुलेर जादैछौ रे
देखे तिम्रो चेहेरा सपना सजाएथे
मोज अनी मस्तिमा डुलेर जादैछौ रे
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

13-साहित्यप्रेमी कपिल लामिछाने
किन नाता तोडेर जानु भयो!!
दुई मुटु जोडेर जानुभयो!!
के स्वार्थ थियो हजुरको,
आज मलाई छोडेर जानुभयो!!

14-ß-kash Neupane
परिवर्तन भा'को, रैछौ र त झनक्क रिसाउछौ म सँग,
पिरती अन्तै ला'को, रैछौ र त झनक्क रिसाउछौ म सँग,
बिकाश को त्यो माया गराइ मन नपरेर होला नि तिम्ले,
......लाई अपना'को, रैछौ र त झनक्क रिसाउछौ म सँग,
● बिकाश न्यौपाने● ©
Simara Bara,
Now:-Uae

15-तिलक निष्कर्ष
पिरतीको लठठायाई मा मदहोस थियो
थाहा भयन उ भित्र के को जोश थियो
साचो माया हो भन्दै चौतारीमा भेटथियो,
आज रुदै छ उसको बिश्वासमा दोष थियो
रत्ननगर ७

>गीत >एकादेशमा माया गर्ने एउटा मुटु थियो , त्यहि देशमा धोका दिने अर्को मुटु थियो
त्यहि धोकाले गर्दा खेरि देशै आँसु भयो ........नरेन्द्र प्यासीको आवाजमा .........

16-Aamod Pramod
आयो गयो प्रेम दिवस तर कोहि भेटिएन
लेखु भने प्रेम पत्र तर लेखिएन
चिहाउदै थिए यताउता देखिन्छौ कि भनि
खोजिरहे मनको साथि तर देखिएन
-तिम्रो मनको शितल (आमोद-प्रमोद)
बाग्लुङ,कुश्मिशेरा

17-Mohan Bihani
सम्झि राछु तिम्ले गर्ने सवाल दिनदिनै।
आराम भा छ नदुखेर कपाल दिनदिनै
टाढा नजीक हुनुमा भिन्नै मजा रैछ
दिन बित्छ सुमसुम्याउदै रुमाल दिनदिनै।

18-श्रीकान्त कहेराज़
कुर्ची कै तानातान मा फसेको छ देश
त्यसैले त स्थिर भई बसेको छ देश
बेरोजगारी,लोडसेडिंग, अन्य यस्तै पिडामा,
नेतृत्व अभाब खाडलमा फसेको छ देश
कृष्णमन्दिर चोक


19-Raju Poudel
आजभोलि सारंगिको धुन मन पराउछु ।
एकानतमा एक्लै बसि रून मन पराउछु ।
आकासमा अनगिनति ताराहरु हुदाहुदै ।
थाहा छैन किन मैले जुन मन पराउछु ।
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार

20-Rai Munkmen Ramesh मुक्तक
छैन कुनै देशमा सुधार छैन
सुधार गर्ने कै सु-बिचार छैन
यस्तै लाग्न थाल्यो मलाइ हजुर
जन्ताको हित चाहने सरकार छैन
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...

21-Saroj Dhital
फागुन 7मा एउटा झण्डा हल्लाउँदैमा के हुन्छ र¿?
फोस्रा नारा लोकतन्त्रको चलाउँदैमा के हुन्छर?
ग्याँस डिजेल पेट्रोलको भाउ बढिरहेको छ..
हेरी मर्न आकासमा फल फलाउँदैमा केहुन्छ र?
डाँछी 3 काठमाडौ

22-Jyoti Khatiwada Anischit
निरक्षर ऊ शिक्षक भयो कसरी
कानुनमिच्ने रक्षकमा गयो कसरी
न्यायलयमा न्याय कसरी हुन्थ्यो होला
न्यायप्रमुख माओपक्षक रयो कसरी
-ज्योति अनिश्चित झापा ।

23-बाबु देवकोटा
याद दिलाइस ए पवन।
सब नसा पिलाइस ए पवन।
तेरै कारण ले हु यसो भाको,
पागलझै हिडाइस ए पवन।
DIKRA BAABU DEVKOTA
अछाम, कुइका
हाल बैङलोर

24-Shanti Adhikari मुक्तक
रुदै शरण परे भने के गर्छौ नि तिम्ले ।
अन्तै बसाई सरे भने के गर्छौ नि तिम्ले ।।
अनेक गर्छ यो मायाले थाह त होला नि ।
तिम्रै कारण मरे भने के गर्छौ नि तिम्ले ।।
-शान्ति अधिकारी
बाँके

25-Rockiron Ganesh
तिम्ले चाए जती सबै सबै पुग्ने भए।
जिन्दगीका बाँधाहरु आफै फुक्ने भए।
किन चाहिन्थ्यो र यो आकाश धर्ति?
तिम्रो नयनिमा मेरो जीवन लुक्ने भए।
Rockiron Ganesh

26-Bhupendra Bc मुक्तक'
आई लभ यु' भन्नु मात्र होईन नानी प्रीत ।
'दुलही कसैको' बन्नु मात्र होईन नानी प्रीत ।
प्रीत के हो ? साँचो दिल साटेर हेर आफैं,
'अरुको भनाई' गन्नु मात्र होईन नानी प्रीत ।
-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके

27-Artimus Siru
फाटेको मन सिउनु के अर्थ छर !
लास झैँ भई जिउनु के अर्थ छर !!
धाने कै छु प्राण नशा कै मात झैँ !
तिम्लाई सम्झी पिउनु के अर्थ छर !!
सुमित्रा अधिकारी
गोरखा

28-Bikalpa Babu मुक्तक
बरमाला उनिलाई, लगायो कसैले
त्यो खाली सिउँदो, सजायो कसैले
हे समाउँछस् कति, अभागी पुर्पुरो
भनेरै झन आज...... रुवायो कसैले
-बिकल्प बाबु
गितानगर 1,चितवन 

29-Ashish Danai मुक्तक
मेरै भुल थियो त्यो !
सोचेँ फूल थियो त्यो ।
कती सम्झेर बस्नु ?
हो फजुल थियो त्यो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-११-०४

30-Padam Kumar Lungeli
छोडिदेऊ अब भत्केका ति शहरका कुरा
गर्व मै तुहिएर झरेका ति रहरका कुरा
आखिर गन्तब्य अलगै थिएछ त हाम्रो
भयो नसम्झ बितेका ति प्रहरका कुरा
-पदम कुमार लुङ्गेलि
ईटहरि, सुनसरी

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Muktak Madhurima (2069-11-03/14-02-2013) - Download

Ram | 8:02 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
   
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-11-03/14-02-2013)
 
(Valentine's Day Special)
आज मिति 2069 फागुन 0 गते तदनुसार 14-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

२०६९-११-०३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
चित्र फकामी मगर को प्रेम पत्र सुरुवातमा समेटिने छ .....
01-Ram Sharan Shrestha
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.muktakmadhurima.blogspot.com


02-Khadga G Magar
हासो खुसि मेरो लागि, पराइ बनिसके
तमसुक्मा लेखिदेको, भर्पाइ बनिसके//
पल्भर नि चाइएन भो, अब क्षणिक खुशि
दुःखै दुःखका पाटाहरु, स्थाइ बनिसके //
खड्ग जी.एम.
उरहरि दांग
हाल कतार

03-नाम~ तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
हिउँद काट्न रुई हुनुपर्छ ।
जीवन काट्न दुई हुनुपर्छ ॥
काठ्ठिन्छ मुटु जाडो भएपछि ।
ज्यान तात्न फुई हुनुपर्छ

04-Prem Dhami
प्रेममा ठगियो प्रेम दशामा छ अचेल।
दिन रात पिउँछ र नशामा छ अचेल।।
बैगुनीले दिएको,चोटले मुटु दुखे पछि
रुदै हिन्छ आँशुको बरखामा छ अचेल।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ

05-साहित्यप्रेमी कपिल लामिछाने
मलाइ चिठी केर्दै छिन रे बसी तुल्सीपुरमा !!
मेरै बाटो हेर्दै छिन रे बसी तुल्सीपुरमा !!
कहिले आउछ मेरो मनको राजा भन्दै,,
बुट्टे रुमालमामाया बेर्दै छिन रे बसी तुल्सीपुरमा !!
<कपिल लामिछाने> {दाङ्, तुल्सीपुर} हाल दोहा, कतार बाट...!!!

06-Jaya Bhabuk
हत्या िहँसा शोषणले िसमा नाग्दै छ आज भोली!
िपडीत वर्ग िचच्याउदै राहॉत माग्दै छ आज भोली!
केही बुझ्न सकीएन यो देश को कानुन,
दोसी कैदी छुटी जेलबाट फेरी त्यतै लाग्दै छ आज भोली!
-जयराम िव. क. {जयॉ भॉवुक }
धधवार 7 बर्िदया हाल मलेिसया जोहोर...

07-Raag Gazmer Raz
जलाउनु तिम्रो कला, म तयार छु
सताउनु तिम्रो कला, म तयार छु
तिम्रा आँशु बाहेक कमजोरी के मेरो?
बगाउनु तिम्रो कला, म तयार छु

08-Amrit Jaisi
मेरो झुपडीमा उनलाई बास कहाँ छ र
माया पो छ म सँग खाने गासँ कहाँ छ र
सस्नु खाएरै आन्नद लिइरहने म
सन्तुष्ट भए यसैमा म सँग दुःखको रास कहाँ छ र।।
-अमृत जैशी
कुल्देवमाण्डौ 3 थुमा
बाजुरा,हाल धनगढी कैलाली

09-Nabin Nepal
उडे पनि त आकासमा छाया धर्तिमा ।
किन पो लाग्ने होला धेरै माया धर्तिमा ।
सिमा मिच्ने दक्षिणी छिमेकी खबर्दार
नबिनको जन्म भैसक्यो दाया धर्तिमा
-नबिन नेपाल
सुडाल - ०८
भक्तपुर

10-निस्चल प्रेमी कान्छा
तिमी बाट धोका आज खाएर म बाचेकोछु
बिरहका गित आज गाएर म बाचेकोछु
प्रदेशीन बाध्यभाको तिम्ले साथ छोड्नाले हो
जिवनभर अदृय चोट पाएर म बाचेकोछु
-निस्चल प्रेमी कान्छा
मायाँले ठगीएको बस्ती गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत

11-तिलक निष्कर्ष
माया गर्ने हरुको लागि आयको छ प्रेम दिबस
खुसि छर्ने हरुको लागि आयको छ प्रेम दिबस
आफुलाई त कौवालाई बेल हर्ष न बिस्मात झैँ ,
प्रेममा पर्ने हरुको लागि आयको छ प्रेम दिबस
रत्ननगर ७

12-Bishnu K Gautam
रुप हेरेर प्रेम प्रश्ताव राख्छन नामर्द
मध्य रातमा भेट्नलाइ डाक्छन नामर्द
वा क्या राम्रि भन्छन,देख्दा टाढाबाट
नजिक परे उसैसँग भाग्छन नामर्द
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल: बुटवल


13-Bibash Boulaha
आँशुको नुनिलो सर्बत चुपचाप पिउनको लागी
फाटेर झुत्रिएको खुशी फेरी सिउनको लागी
पलपल बल्झिने घाउको पिँडा सहेरै पनि
बाँचि रहेको छ मान्छे, केवल जिउनको लागी
विवश बौलाहा
झापा

14-Raju Poudel
तिमि संगै हास्न अनि रून पाए हुनथ्यो
आफ्नो सम्झि तिमिलाइ छुन पाए हुनथ्यो
आकासमा अनगिनति ताराहरु भएपनि
प्रकास दिने त्यहि एउटा जुन पाए हुनथ्यो
-Raju poudel
Rudrapur rupandehi
Doha Qatar

गीत >मेरो धड्कन तिमि मेरो प्राण तिमि मेरो यो जिबनकै चाहना तिमि ......
स्वरुपराज आचार्य र कल्पना गौतमको आवाजमा ............

15-Rai Munkmen Ramesh मुक्तक
हुनु भयो हजुर नसोचे कै भयो
देखिएको सपना पलमै उडि गयो
नानाभाति बाँचा गरि एक्लै खोला तरि
मायाको छलमा पर्दा सप्ना अधुरो रयो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..

16-Baral Suryamani
किन आउँछ प्रेम दिबस मेरो मुटु चर्काउन।
भूकम्पको धक्का जस्तो पुरै शरिर थर्काउन।।
खाटा बसिसकेको घाउ पल् पल् कोट्याएर। रुवाएर
आँखाहरु झरि झैँ आँशु दर्काउन।।

17-Aindra Bikram Nisthuri
धेरै भेते दुनियाँ म गोही आसुँ झर्नेहारु
बिबस्थलाई दोसी बनाइ वास्तविकता टर्नेहारु
जुनी तिम्रै हो नि भनि झुटो कसम खाई
बगालीमा छुरा वोकी मुखले ठीक्क पर्ने हरु
आ ईन्द्र बिक्रम निस्ठुरीSee Translation

18-Shanti Adhikari मुक्तक
आफु सगै जल्ने माया किन लायौ त नी ।
भित्र भित्रै गल्ने माया किन लायौ त नी ।
बेहास त थिएनौ नि होस हुँदा हुदै ।
मनलाई छल्ने माया किन लायौ त नी ।
-शान्ति अधिकारी
बाँके

19-Bibek Dulal मुक्तक
चुलो चौका आगनमा तिनले गर्छन् सारा काम
मठ मन्दिर किर्तनमा तिनले जप्छन् हरे राम
एउटा यस्तो ठाउ छैन जहाँ तिनको पहुच नहोस्
तर किन हुन्छ नारीमाथि हत्या हिँसा तथानाम .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल : अबुधाबी ,यू ए इ .

20-Dalbir Singh Baraili 'Ghayal'
कोपिलामै फुल्यौ र त धेरै टाढा भयौ
फुलेपछी भुल्यौ र त धेरै टाढा भयौ
न त आज फूल भयौ न यादमा रह्यौ
सडकमै खुल्यौ र त धेरै टाढा भयौ
-दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

21-Bikalpa Babu spiceal for valentine day
बसन्तको फुलमा जस्तो, सुबास हुनुपर्छ प्रेममा
एउटा लाइ पिडा भए, अर्को रुनुपर्छ प्रेममा
परिभाषा प्रेमको मैले, जस्तो दिएपनि यहाँ
..मायालुको नजरले, मनमा छुनु पर्छ प्रेममा
bikalpa babu
gitanagar 1 chitwan

22-Artimus Siru
भरिएर सम्झनाले टोलाई रहें नयन !
झस्किएर चाहनाले टोलाई रहें नयन !!
सिस्नु पानी लगाको झैं पोलिदिन्छ छाती !
बहकिएर भावनाले टोलाई रहें नयन !!
सुमित्रा अधिकारी
गोरखा

23-श्रीकान्त कहेराज़
प्रेमका साथ् ग्याशको मूल्य अझ बढाउनु प्रेम दिवसमा
राजनीतिका नाममा भाइ भाइ लडाउनु प्रेम दिवसमा
के नै दिन सक्थियौ र सरकार जनतालाई महंगी बाहेक,
पुगेको छैन अझै, महंगीको बलो,ठडाउनु प्रेम दिवसमा
कृष्णमन्दिर चोक , रत्ननगर ,चितवन

24-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
नहुनेको प्रस्ताब् आउने,आस हुन्छ प्रेम दिवसमा
हुनेहरुको केके--केके,खास हुन्छ प्रेम दिवसमा
एक अर्काको समिप्यमा रमाउदै जोडी प्रेमीहरु
दुइ धड्कनको एउटै,सास हुन्छ प्रेम दिवसमा
churiyamai-9 hetauda makwanpur, hal- doha qatar

25-Arpan Chhetri
झ्याल बाटै सुसेलेर बॊलायौ र आए
छत् माथी जुन हेर्दै टॊलायौ र आए
सुरुमा त मनै थिएन खै के भयॊ आज
दुई मुटुलाई एकै ठाउमा घॊलायौ र आए
-अर्पण छेत्री
दमक,झापा
हाल जॊहॊरबारु, मलेशिया

26-Kamal Tag Dhakal
Kathmandu
साउनको झरि जस्तै छौ
साँच्चै तिमि परि जस्तै छौ
मजाक नसम्झ बास्तविकता नै हो
सानी सानी नानि चरि जस्तै छौ।

27-अन्जान श्रेष्ठ अभागी ~~~प्रेम दिवस मुक्तक~~~
रातो गुलाफ लिएर आउने छिन उनी ।।
प्रेमले भरिएको साथ पाउने छिन उनी ।।
भगवानलाई साँची राखी गोडा टेक्न ।।
लगाइ प्रेम प्रस्ताव गराउने छिन उनी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल India

28-Suman Adhikari
माघमहिना गएपनी मेरी अझै बाकि होलिन !
मै भेट्टन आउछु भनि लेकबेशी धाकि होलिन !
खै कसरी भन्थिन भन्नपनी गारो मनका कुरा....
मैलेनै मनका कुरा भनोस भनी इसारा लाकी होलीन !
-SUMAN adhikari "sajan"
Bhimnager 4 chitwan.

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Muktak Madhurima (2069-10-25/07-02-2013) - Download

Ram | 7:45 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
 
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-10-25/07-02-2013)
 
आज मिति 2069 माघ 25 गते तदनुसार 07-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                
Listen and Download

Download : Click Here to Download
Listen all Previous Episodes


Thank you
२०६९-१०-२५ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-अजान श्रेष्ठ (अभागी )
त्यही डल्लीको प्रेममा फसेँ म त ।।
उस्कै चन्चले योवनमा झरेँ म त ।।
सोह्र वर्षे कम्मर जवानी कुरा ।।
को नसालु आंखामा परेँ म त ।।
-अजान श्रेष्ठ (अभागी )
कुवाकोट कान्छीबजार स्याङजा
हाल india

02-Chhabilal Subedi मुक्तक
समाजमा ठुला हुन्छन कोहि।
हेपेर खुट्टाले खुन्छन कोही।
एता नी मेरो उता पनी मेरो।
गफैले आकाश छुन्छन कोहि।..
Hal bhojpur nepal.


03-Jaya Bhabuk
बाहीर ठीक्क पारे पनी भीत्री धेरै जाली हुदारैछन!
मायॉ गास्दै िहडे पनी यहॉ धेरै खाली हुदारैछन!
बगैचामा फूल एउटा भए पनी साथी,
त्यसमा रमाउने यहॉ धेरै माली हुदारैछन!!!!
-जयराम िव. क. (जयॉ भॉवुक )
धधवार 7बर्िदया हाल मलेिसया जोहोर...


04-Baral Suryamani
जाउ तिमी अन्तै जाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।
खाउ कसम अरुसँगै खाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।।
मेरो बारी उजाडिने तिम्रो बारी हरियाली मेरो जीबन जल्दा यहाँ तिम्लाई त्यहाँ खुशियाली ,
लाउ माया उतै लाउ, म त दोबाटोमै कुरी बस्छु तिमी आउने आशमा सँधै।।


05-Prem Dhami मुक्तक
खुसी हुँदा तिमीसँगै रमाउँन म आउँला ।
दुख पर्दा तिम्रै हात समाउन म आउँला।।
भन्छ्यौ भने बसाँई सार मेरै मनको मझेँरिमा
तिम्रै दिलमा सधै डेरा जमाउन म आउँला।।।।
Prem dhami
dahabagar 6 bajhang
haal- kathmandu


06-Causal Ciran
अचानोमा शिर राखीदिएको छु।।
र हातमा तक्दिर राखीदिएको छु।।
भन काट्छ्यौ कि टुक्र्याउँछ्यौ मलाई?
अगाडी सारा शरीर राखीदिएको छु।।
#कौशल किरण


07-Bishnu K Gautam
गाउँमा डोका डाला बुन्ने शहर पसेछन
गोठभरी बाख्रा थुन्ने शहर पसेछन
देशका खबर टेलिभिजनमा हेर्ने भन्दै
गाउँमा रेडियो सुन्ने शहर पसेछन
Bishnu Gautam
Malma-4,Baglung
Now:Butwal


08-Indu Rijal
मलाई पनि सगरमाथा चुम्न मन लाग्यो
पर्यटक झै देश बिदेश घुम्न मन लाग्यो
मान्छे भनि सानि सानि बिचार मात्रै अलि ठुलो
अरुलेझै माया जाल बुन्न मन लाग्यो
-ईन्दु रिजाल
भरतपुर 11 चितवन


09-Raju Poudel
सिंगो यो धर्तिको माटो एउटै हैन र
तिमि हिडने म हिडने बाटो एउटै हैन र
बाचुनजेल तेरो मेरो भनि घमणड गरेपनि
मर्दा पोल्ने बासको त्यो भाटो एउटै हैन र
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

10-Rajib Rimal मुक्तक:
उसलाई लोग्ने मरेको खवर जनाउँथ्यो ।
चुरा फोथ्र्यो,सिँउदो भरि पानी खनाउँथ्यो ।
उसको कुनै रङ्गिनता नस्विकार्ने यो समाजले,
मिल्ने भए रगत पनि सेतो बनाउँथ्यो
नाम : राजीव रिमाल
-ठेगाना : कटुवा चौपारी २ पर्वत
हाल : पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस,लामाचौर पोखरा


11-Bishwo Prakash Pokharel
तिम्रो मेरो आँखा जुध्दा डराएथेँ फुच्ची
यो मनले तिमीलाई मन पराएथेँ फुच्ची
रमाउदा तिमीसँग अनायासै एकछिन्
कल्पनाको संसारमै हराएथेँ फुच्ची
-Name: Bishwo Prakash pokharel
From: Parsa, Chitwan


12-Bikalpa Babu 
तिमी बिना शुन्य लाग्यो, शहर आजभोली
कसो गरी कटाउ अब, प्रहर आजभोली
कठीन भयो बाँच्न पनि, सोचे मर्छु भनि
तिमी सँगै पराइ बन्यो, जहर आजभोली
-bikalpa babu
geetanagar 1


13-Rai Kumar
अचेल दिनदिनै स्याल्हारु लुट्छन नेपालमा/
जूठो खाई बसेका कुकुरहरु चुप्छन नेपालमा /
छोड्छ्न स्यालहरुले जब, सहर र बस्तीलाई
अनि गल्लिगल्लिका कुकुरहरु भुक्छन नेपालमा/
-सौ कुमार राई"kumar"
सोलुखुम्बु जुभिंग 2
हाल साउदी रियाध

14-दिपक काराखेती मुक्तक
बाल्यकाल देखी भिजेको नाता तोड्न, भन्दिन
दुईआत्म मिली रचेको साथ फोड्न, भन्दिन //
रोहेर नयन जतिनै धोएनी धैर्यमा, बस्नुनी
आपत बिपात सहेर बसे है छोड्न, भन्दिन //
-दीपक काराखेती
धुवाकोट गोर्खा
हाल:-अबु-धबी(UAE)


15-तिलक निष्कर्ष
रत्ननगर ७,चितवन
आज तिम्रो याद आयो,आफैमा हराउन पुगेछु
मनै मनले तिमीलाई आफ्नै गराउन पुगेछु
म अनि तिमि मिठो अतित आँखामा घुम्छ
सम्झी त्यहि पल सपनीमा कराउन पुगेछु ........

16-Bibek Dulal मुक्तक
त्यसो त यहा हामि भित्र नै कोहि न कोहि भोगी छ
त्यसो त यहा हाम्रो समाज नि अलि अति नै ढोगी छ
नेता अस्वस्थ छन् भन्ने कुरा म मान्दै मान्दिन हजूर
त्यसो त यहा हामि कहा हाम्रो देश सिकिस्त रोगी छ .
-अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल :अबुधाबी ,यु ए इ .


17-साहित्यप्रेमी कपिल लामिछाने
हिमालको शुन्दर काँखामा छ मेरो नेपाल!!
बुद्दका ति निश्चल आँखामा छ मेरो नेपाल!
प्रकुतिको अनुपम बगैचाको वरिपरि,,
गुन्जने बाजा ब्यञ्जन भाकामा छ मेरो नेपाल!!
कपिल लामिछाने
दाङ् तुल्सीपुर
हाल कतार बाट


18-Ram Sharan Shrestha
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


19-Shanti Adhikari मुक्तक
घर भित्रका अपराधि गन्ने गर अब।
बाबा आमा जो भएनी भन्ने गर अब ।।
जन्म दाता पनि यहा काल बन्दा रैछन्।
तिनैलाई हाल्ने खाल्डो खन्ने गर अब ।
-शान्ति अधिकारी
बाँके २०६९


20-शेर्पीनी कान्छी muktak .....
कहा गै पाउछु होला माया जाच्ने कसी
कहा किन्न पाउछु होला भाग्गे लेख्ने मसि
देखाउन मिल्ने भए मन भित्रको मायाहरू
कसो गरि जुटाउ मैले माया प्रेमका दसी
sherpini kanchhi .... israel


21-निस्चल प्रेमी कान्छा
फोनै फोनमा अन्धो प्रेम गरेपछी बर्बाद भए ।
गुल्मी छोडी स्याङ्जातीर झरेपछी बर्बाद भए ।।
भन्ने मलाई लागीराख्थ्यो स्याङ्जाली जाली हुन्छन
बल्ल तल्ल रिडीखोला तरेपछी बर्बाद भए ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत


22-अर्जुन विवश गाउँले मुक्तक
छाती माथि मेरै तस्विर सजाकिछु भन्छे ।
हेर्दै त्यही तस्विर्मा लजाकिछु भन्छे ।
किन कुन्नी आजभोली उमङ्ग छ मन ,
एेना अघी राखी मलाई दजाकिछु भन्छे ।
-Dhaneshwor poudel
Dang Deaukhury
Now - Kuwait


23-Badri Adhikari
बास तिम्रो दिलभित्र बस्न पाए हुन्थ्यो।
च्याप्प च्याप्दै अँगालोमा कस्न पाए हुन्थ्यो।।
चियो चर्चो समाजले गर्न थाल्यो हाम्रो।
जुन सँगै अँधेरिमा पस्न पाए हुन्थ्यो।।
बद्री अधिकारी,नुवाकोट तारुका

24-Krishna Gautam
खोज्न गार्हो रहेछ खुसी चारै तिर धाएपनी
निभाउन गार्हो रहेछ नाता चोखो मुनाले लाए पनि
जोडी त साएद माथीवाटै वनेर आउदो रहेछ
पाउन गार्हो रहेछ कसैलाई सच्चा दिलले चाहे पनि
-कृण्ण प्र गौतम
हाल दोहा कतार वाट


25-Arpan Chhetri
भैंसी जस्तॊ जिउ तिम्रॊ उल्लुकॊ जस्तॊ आंखा
कति सार्हॊ फॊहॊरी लुगा घुमीरा'छन् माखा
दुधले धॊए नि काहां हुन्थ्यॊ भैंसी गॊरॊ
आदत तिम्रॊ नछुट्ने भॊ बरु लाग पाखा
-अर्पण छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु मलेशिया

26-श्रीकान्त कहेराज़
पद ओगड्छौ तर काम गर्न सक्दैनौ
जनताको लागि दुइ कदम सर्न सक्दैनौ
काल लाइ पनि तिम्ले घुस खुवायौ कि ?
किन नेता तिमि हरु मर्न सक्दैनौ ?????
कृष्णमन्दिर चोक


27-Mohan Bihani मुक्तक
********************
म नेपाल फर्कने दिनहरु गन्दै पो छौ रे,
तिमि छिट्टै आमा बन्दै पो छौ रे
म अरब आको दुइ बर्ष भै सक्यो त सानु,
बच्चाको बाउ मलाई नै भन्दै पो छौ रे ?
****************************
म त छक्क परे बा- ***** मोहन बिहानी
भक्तिपुर-सात सर्लाही

28-Ashish Danai मुक्तक [२०६९-१०-२०]
देश कती रित्तेको छ गोजीहेर्दा थाहा हुन्छ
ढुङ्गा माटो जताततै खोजीहेर्दा थाहा हुन्छ ।
कुर्षीमा बसेर देशको बिकास हुन्न हजुर
जनताको घर गई सोधीहेर्दा थाहा हुन्छ ।।
-आशिष दनाई
गाउसहर-2 दनाईगाउँ लमजुङ
हाल - पोखरा बिश्वबिध्यालय मा बि ई ईलेक्ट्रिकल अध्यनरत
www.muktakmadhurima.tk

29-Sparsa Tinaufm
हेर्नोस देशलाई जोगी वनाउन सुरु गरेको छ सरकार ।
आफ्नो पुर्ख्यौली जात जनाउन सुरु गरेको छ सरकार ।
सत्ता ढलेपछी के होला म सोंचीरहेछु उसको हालत,
नढल्दै डुङ्डुङी गनाउन सुरु गरेको छ सरकार ।।
-अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही


30-Nabaraj Bhujel
याद आए सम्झनामा आँसु नझार्नु
समिपबाट टाढा भएनि माया नमार्नू
प्रतिछ्याको फल सधै मिठो नै हुन्छ
आउदैन प्रदेशी भनी माया अन्तै नसार्नू
नबराज भुजेल
सासापुर-३, सर्लाही
हाल दोहा कतार

31-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
आशिष देऊ देश सिंगार्न चाहान्छु ।
यहाँ कुर्सिको खेल बिगार्न चाहान्छु ॥
को हो रक्षक?को हो भक्षक ?चिन्नुछ ।
शुद्धिकरणले प्रयोगले थिगार्न चाहान्छु ॥

32-Pawan Gharti Magar Bibash एक मुक्तक
चञ्चल मन हुँदो रैछ कोही दिलमा बसेपछि।
उस्तै गाह्रो एक्लै बाँच्न पिरतीमा फसेपछि।
नौनी जस्तै थिईन् उनी आगो जस्तै म भए की?
मीठो भूल हुँदै रैछ अङ्गालोमा कसेपछि।
पवन घर्ति मगरहाडहाडे गुल्मी हालः यू ए इ


33-Artimus Siru
बिना कारण तप्की दिन्छन् आँशुका दानाहरु !
क्षितिज पारी हराई रहे जिन्दगीका पानाहरु !!
सुख आउछ भन्ने आशमा दु:ख भित्र रुमलिंदै !
गुञ्जिरहे मनमा मधुर पिरतीका गानाहरु !!
सुमित्रा अधिकारी
गोरखा


34-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्रो दिलमा ठाउँ छ कि छैन
मायाको सुन्दर गाउँ छ कि छैन
भन्छन माया नै ठुलो संसारमा
मेरो मायाको भाउ छ कि छैन ?
makwanpur hetauda..now doha qatar



35-Surya Chemjong
जे-जे हुन भई सक्यो रोएर के हुन्छ?
हृदयको कालो दाग !धोएर के हुन्छ?
टुटे पछि विश्वास र नाता भन्ने कुरा
तामा र तुलसी अब छोएर के हुन्छ?


36-Lalu Gm
तिमी सँगै जिबन जिउने आस थियो।
धोका दियौ घिटी-घिटी श्वास थियो।।
सोचे याद दिलैबाट निकाली दिउकी भनि,
सकेन अभागी दिल तिम्रै पास थियो।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

37-Jyoti Khatiwada Anischit
विवशताले गर्दा केही दिन हराएँ साथि
अनायासै मुक्तक मधुरिमाको यादमा कराएँ साथी
खै के मोहनी लगायौ मुक्तकानुरागी तिमीले
छोडी हजार कार्यक्रम तिमीलाई मन पराएँ साथी
-ज्योति अनिश्चित
त्रिचन्द्र कलेज ।

Muktak Madhurima (2069-10-18/31-01-2013) - Download

Ram | 8:02 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :(2069-10-12/25-01-2013
 

आज मिति 2069 माघ 18 गते तदनुसार 31-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।              
Listen and Download 

Download : Click Here to Download
Listen All Previous Episodes:


२०६९-१०-१८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Jaya Bhabuk
ितमी संगै न्यानो मायॉ साट्ने भन्या छु!
ितमी संगै पीरतीको डोरी बाट्ने भन्या छु!
ितमीलाई सोध्नु पर्छ िवचार ितम्रो के छ,
ितमी संगै यो िजन्दगी काट्ने भन्या छु !
-जयराम िव.क. जयॉ भॉवुक
धधवार 7 बर्िदयॉ ,हाल मलेिसया

02-Mohan Bihani
नयाँ काम गरौ भनि न आँटेको धेरै भो।
मधुशाला गई प्याला न चाटेको धेरै भो।
चिसो मौसममा पिउने बहाना त अनेक छ,
सम साँझमै जमघटमा न मातेको धेरै भो।


03-Khadga G Magar
दुईचार पैशा कमाउदैमा, मांछे ठूलो हुन्न साथी
डलर संग रमाउदैमा, मांछे ठूलो हुन्न साथी //
तस्करि र कालो धंदा, जाल साजि किर्ते गरि,
हरिया नोट समाउदैमा, मांछे ठूलो हुन्न साथी //
खड्ग जी.एम.
उरहरि ,दांग


04-मोहन रावल अनमोल 'अस्तु' ______मुक्तक
फूलहरु फुल्छन् किन म सोचि रहेछु...!!
माहुरी डुल्छन् किन म सोचि रहेछु...!!
बनावटि प्यार दिएर धोकेबाज...!
चटक्कै भुल्छन् किन म सोचि रहेछु...!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_क्षितिज पारिबाट


05-श्रीकान्त बराल कहेराज़
खोज्न कता जाने होला इ-मान हरायछ
नेपालीको आज कठै संबि-धान हरायछ
नेत्रित्वो वर्ग नै लाचार अधर्मी बने पछि
नेपालि हु भन्दै गर्ब गर्ने शान हरायछ
कृष्ण मन्दिर चोक

06-Nabaraj Dhakal Nabodit
ब्यर्थै आशु किन झार्छस ? भन्यो आफ़्नै परेलीले ।
जीवनदेखि किन हार्छस ? भन्यो आफ़्नै परेलीले ।
छोडिजाने निस्ठुरी त्यो मरि भनी चित्त बुझा !
आफ़ैलाई किन मार्छस ? भन्यो आफ़्नै परेलीले ।
Morang ,nepal


07-Prem Dhami ~~~~मुक्तक~~~~
अलमलमा छु,मेरो काँनेर भूल भयो।
नियतमै खोट,तिम्रो जानेर भूल भयो।।
साँचो माया गरि,मन मुटु दिदापनि,
मलाई तिम्ले पराई, ठानेर भूल भयो।।।।
Prem dhami
Dahabagar 6 Bajhang
haal:kapan Kathmandu


08-सनम गोले
संग्लो पानी धलमलाउन नखोज।
यता उत्ति गर्दै अलमलाउन नखोज।
हत्केलाले सुर्यको उज्यालो छोपेर
अध्यारो सम्झी सलबलाउन नखोज।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया


09-साहित्यप्रेमी कपिल लामिछाने
देख्या छैन आज भोली दामी भै छो रे!!
शुन्दरता फुल सरि नामी भै छौ रे!!
नशालु ति आखा तिम्रा गुलाबी ओठ सँगै,
दुनियाको नजरमा हरामी भै छौ रे!!
कपिल लामिछाने
दाङ्, तुल्सीपुर
हाल दोहा,कतार बाट...


10-Bibek Dulal मुक्तक
बिरुवा रोप्यौ यो कुनै गुन होइन
नयन छोप्यौ यो कुनै जून होइन
अब भन तिम्रो हर्कतलाई के भनौ
प्रेमले घोप्यौ यो कुनै चानचुन होइन .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .


11-Rai Kumar
धरती ओछ्याई आकाश ओढ्नु छ यहाँ।
भुमरीसंग उष्णतालाई छेल्नु छ यहाँ।
मूल देशलाई के थाहा परदेशको गाथा
पल पल मरेर सधै बाच्नु छ यहाँ।
-सौ कुमार राई"कुमार"
जुभिंग २ सोलिखुम्बु
हाल रियाध साउदी


12-Rai Munkmen Ramesh मुक्तक
अञ्जान बाटोमा कहिलै म टेक्ने गर्दिन
हत्केलाले सूर्य लाइ म छेक्ने गर्दिन
देखेको जति सपना कुनै अपुरो छैनन
कारण जून झार्ने सपना म देख्ने गर्दिन
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


13-Rohit Rana "मुक्तक"
तिमीलाई मेरो आफ्नै भन्ने मन थियो
म पनि त तिम्रै मान्छे बन्ने मन थियो
अन्तमा आइ अर्कै चुन्यौ जीवन साथि
तिमीलाई आफ्नै भनि गन्ने मन थियो
-रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


14-Raju Poudel
मेरो दिलको राजा भनेपछि तिम्ले मलाइ
तिम्रै याद भएको छ दिल जलाउने सलाइ
सम्झनामा आउछयौ तिमि चित्र बनाउनै जानदिन
त्यसैले त मुक्तक लेख्छु निर्जिब यो कलम चलाइ
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar


15-Shanti Adhikari "मुक्तक"
जे पनि हुन्छ यहाँ जोसमा नै हुन्छ ।
गल्तिहरु सबै बेहोसमा नै हुन्छ ।।
जब आँखा खुल्छ ईज्जत सोच्छ मान्छे ।
हुनै नपर्ने कुरा रोसमा नै हुन्छ ।।
-शान्ति अधिकारी
बाँके कोहलपुर


16-Bishnu K Gautam
सास उड्यो र मुढा भयो बिर थियो हिजो सम्म
के खाने के लाउने त्यहि पिर थियो हिजो सम्म
धन कमाउने आसै आसले खाडिमा ज्यान गुमाएछन
खालि भयो उनको सिउँदो अबिर थियो हिजो सम्म
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
>गीत >
तिम्लाई खुसि देख्न पाय चाहिदैन अरु केहि पनि
तिम्रै नामको एउटा ज्यान छ धितो राख्छु बरु त्यहि पनि .......दुर्गा परियारको आवाजमा .....


17-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
अब बिहे गर्ने बेला भयो,कस्तो केटी छान्ने होला
जथाभावी ल्याइयो भने, टुपी समाई तान्ने होला
सोझी घरगरी खाला जस्ती,भेट्नै गारो नेपालमा
पाइन्ट लाउने पर्यो भने,घर कसरी धान्ने होला ?
-चुरियामाइ -९ शिखरपानी हेटौडा मकवानपुर
हाल - दोहा कतार

18-एस पि माथवर पुर्णबिराम मुक्तक
मेरा लागि चोखो माया सँगालेको भए ।
हुन्नथे पागल तिम्ले अँगालेको भए ॥
मैले सुने नौनि मनको धनि छेउ रे।
के हुन्थ्यौ प्रिय त्यो मन पगालेको भए ॥
नाम~तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना ~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार


19-निस्चल प्रेमी कान्छा
धोका दिई बिचबाटोमा बाँचेर खै के भो ?
चोखो मायाँ मनभरी साँचेर खै के भो ?
तन मन दिएकै हो कमी महसुस भएछ
तिम्रो लागी पुष्प बोट भाँचेर खै के भो ?
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत


20-Baral Suryamani
कसलाई सुनाउँ यो जगतको कुरा ।
यो जिन्दगी खै उफ्!! फगतको कुरा।।
आशा टरेको अनि चट्टयाङ परेको बेला।
आँखा बाट झर्ने आँशु या रगतको कुरा ।।


21-अजान श्रेष्ठ (अभागी) मुक्तक~~~~~~
जुनि जनि म हुनेछु तिम्रो स्पर्शीमा ।।
तिम्रै यादमा म रुनेछु तिम्रो स्पर्शीमा ।।
जति टाढा किन हुन्छ माया गाढा
आशुले मुहार धुनेछु तिम्रो स्पर्शीमा ।।
अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा
हाल (pune) India


22-Arpan Chhetri
आकाश बाट उत्रीएकी परी जस्तै तिमी
सावनैकॊ नरॊकिने झरी जस्तै तिमी
भाग्य मेरॊ उस्तै रैछ लेख्यॊ अनि मेट्यॊ
डस्टर ले नै मेटाई दिने खरी जस्तै तिमी
-अर्पण छेत्री
दमक-5 झापा
हाल- जॊहॊर,मलेसीया


23-तिलक निस्कर्ष
खुलेयाम हिडे बेइमान , सज्जन लुकिरहेछन
नेता र कुकुर उस्तै ,समान भै भुकिरहेछन
यस्तो हुदापनि, कति कुर्ची मोह, गर्नुहुन्छ हजुर ,
सारा जन जनले, यो सासन, लाइ थुकिरहेछन..
रत्ननगर ७

24-Surya Chemjong सूर्य चेम्जोङ
मलाई यो सधैँ सधैँ भन्थ्यो जिन्दगी
तिमी साथ भए के के बन्थ्यो जिन्दगी
यसैले त साथ भयौँ दुई घाम जून
बेग्लै भए सधैँ रात रन्थ्यो जिन्दगी


25-Amrit Shrestha
यी हातले बालेको दिप बलेन उस्कोलागि
मेरो मायाले कसैगरी छ्लेन उस्कोलागि
यो कस्तो बिडम्बना सहदै छु आमा म?
मैले छोएको पानी पनि चलेन उस्कोलागि
(Amrit shrestha pokhara kaski)


26-Artimus Siru
बिहानै तस्बिर हेरेर टोलाई रहें !
वरिपरि छौ कि भनी बोलाई रहें !!
छेउमा बस्छौ कि मेरै नजिक सरी !
मन्द मुस्कान हेरी मुटु जलाई रहें !!
सुमित्रा अधिकारी
गोरखा


27-Causal Ciran
जब डाँडामाथी घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ।।
तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ।।
तिमी थियौ र पो सहेको थिएँ ति हरेक दुखहरु
तिनै दुखहरु बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ।।
#कौशल किरण

28-Ashish Danai
सहिदको सालिक बनाएर के काम
सालिकलाई माला लगाएर के काम
सहिदको सपना पुरा हुदैन भने
केबल आश्वासन देखाएर के काम ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-१०-१७


मुक्तक मधुरिमा (2069-10-11/24-01-2013) Download

Ram | 2:43 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz 
Time : Turusday 9.15pm  
Host : Ramu Acharya 
Date :  (2069-10-11/24-01-2013)  


आज मिति 2069-10-11गते तदनुसार24-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।
Listen Here

Download: Click HERE to Download

Muktak Madhurima (2069-10-04/17-01-2013) - Download

Ram | 12:13 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-10-04/17-01-2013)
 
आज मिति 2069 Magh 04 गते तदनुसार 17-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।              
Listen and Download

Download : Click here to download
Listen all Previous Episodes:

Thank you
२०६९-१०-०४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-मुक्तक
देशको लाचार हालमा खै के लेखु,
जनताको हर सवालमा खै के लेखु।
दण्डहीनताको पराकष्टा छ सत्तामा,
महानायकको अनिकालमा खै के लेखु।
--मोहन बिहानी
भक्तिपुर सात सर्लाही www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com


02-Dk Bidrohi -डि .के . बिद्रोही
चिसो भट्टी चलाउन लाई आगो जोरजाम गर्दै छु म
कडा स्पात गलाउन लाई आगो जोरजाम गर्दै छु म
हेर्दै गर्नु यो झिल्को ले सल्के पछि के के गर्छ !
लुट को स्वर्ग जलाउन लाई आगो जोरजाम गर्दै छु


03-Prem Dhami
खुसी राख्न सक्ने,दम छ मसँग आउँछ्यौ?
सधै बहार अनि,रमझम छ मसँग आउँछ्यौ??
कसम ढाटेको होईन मैले विश्वाश गर मैया
जे चाहन्छ्यौ त्यो अनुपम छ मसँग आउँछ्यौ????
prem dhami, dahabagar-6 bajhang
haal:kathamandu


04-Khadga G Magar
के भनौ खै नयां नेपाल,अत्याचारले सिमा नाघ्यो
गांउ गांउ सारा बस्ति,बलत्कारले सिमा नाघ्यो //
भय छायो चारैतिर , संत्रास रअशांतिको
लुट्पात र हत्या हिंसा,नरसंहारले सिमा नाघ्यो//
-खड्ग जी.एम.
उरहरी दांग
10/01/013
frm qatar

05-Baral Suryamani
जाडो बढेको छ कठ्याँग्रीने , लाउने छैन कसैको।
आकाश चिहाउछ छानो बाट, छाउने छैन कसैको ।।
तराईमा शित लहर पहाडमा चिसो धेरै ।
एक-सरो लुगा छ जीउमा, तताउने छैन कसैको ।।


06-Raju Poudel
अस्ति चादि बनेर टलक्क टलकने लाइ ।।
हिजो गुलाब बनेर ढलक्क ढल्कने लाइ ।।
लाखौ कोसिस गर्दा पनि निभाउनै सकिन ।।
आज एक्कासि आगो बनेर दिल भित्र सल्कने लाइ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar


07-Rajib Rimal मुक्तक :
महाकाली सुस्तामा देश बेचियो ।
कांगडा र टिस्टामा देश बेचियो ।
आज सिङ्गो मुलुकनै लिलाम हुँदैछ,
हिजो किस्ता किस्तामा देश बेचियो ।
Rajib Rimal ,western regin campush-wrc.,pokhara

08-Rai Munkmen Ramesh मुक्तक
कोहि छन कि.?अवतार लिने केर्दै बस्दैछु
तितो मिठ्ठो रचनाको स्वाद फेर्दै बस्दैछु
हाँस्दै मुसुक्क आँखा फुकालेर?आकाश तर्फ
अनेकले धर्तिमा झारेको जून हेर्दै बस्दैछु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..


09-Jaya Bhabuk
मायॉको पनी यहॉ आकार हुदो रै छ!
मायॉ गर्ने िवभीन्न पर्कार हुदो रै छ!
मायॉ लाउने हरू धेरै भए पनी यहॉ ,
कसै कसैको मात्र मायॉ साकार हुदो रै छ!
जयराम िव.क (जयॉ भॉवुक )धधवार 7 बर्िदयॉ..
हाल मलेिसयॉ जोहोर


10-Bishnu K Gautam
दुइ मुटु एक हुन्छ
त्यस पछि अनेक हुन्छ
स्वतन्त्र हुन्छ यो मायाँ
न कानुन न बिधेक हुन्छ
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
हाल:बुटवल


11-अजान श्रेष्ठ (अभागी)
तिम्रै लागी भनी आएँ ।।
पुरै बाटो खनी आय ।।
कति माया गर्थे उनिलाइ
प्रेमको आशा गनी आएँ ।।।
-अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा ।


12-दिपक काराखेती . मुक्तक
त्यो सुन्सान ठाउमा भेट्न पाम, तिमी सँग
त्यो हरभरा प्रकिर्तिमा रम्न पाम, तिमी सँग //
हो देउराली भनज्याङम कसम, सँगै खाएको
सयौजुनी सम्ममा बाच्न पाम, तिमी सँग//
-दीपक काराखेती
धुवाकोत गोर्खा }हाल:-अबु-धबी (UAE)


13-Arpan Chhetri
जातॊ देखी तर्सी तिमी घट्टा नभन्नु नि
व्यस्तताले दार्ही पाले जट्टा नभन्नु नि
सधै त जिस्काई भन्थे मेरी मनकी रानी
आज चाही साच्चै भने ठट्टा नभन्नु नि
-अर्पण छेत्री
दमक-5, झापा
हाल- मलेसिया


14-Bibek Dulal मुक्तक
असिन पसिन हुदै तिम्रा स -साना रहरहरुमा म पनि कुद्छु
घास दाउरा गर्दा खेरी तिमीसित दर्के झरीमा म पनि रुझ्छु
तर कठै कुन साइतले उडायो हाम्रो नबिर्सने परिचयलाई आज
भलै सामुन्ने पर्दा बोल्दिनौ तिम्रो यो बाध्यता म पनि बुझ्छु .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ .


15-Umesh Acharya
गधाहरु देश चलाउँछन्,हामी उल्लु ट्वाल्ल पर्छौँ
थाहा छैन तरै पनि हामी किन गर्ब गर्छौँ
महङ्गिले आकाश छुँदा बेरोजगारी बढि रा छ
यस्तै हुँदै गए हामी,पक्कै भोक्-भोकै मर्छौँ
Vermont USA

16-तिलक निस्कर्ष
यो मुटुको हर पिडा आहतमा थियौ तिमि
नशा नशा अनि दिलको चाहतमा थियौ तिमि
दुइ जना पिरतीको डुंगा मा डुब्दा संगै ,
म डुबेको डुब्यई भय राहत मा थियौ तिमि .....
रत्ननगर ७


17-Durga Rimal
पिउनु हुन्न सबले भन्छन् "हन" कस्तो असर गर्छ ?
मज्जा आउँछ सबलाई थहाँ छ भन कस्तो असर गर्छ ?
भुलाउँछ दुःख यसले जती पियो उती धेरै,
अौषधी हो पागल पनको झन कस्तो असर गर्छ ?
Durga Rimal "BS" Albury, Australia.


18-Rakshe Deep Milan
स्मृतिमा तिमि छौ र त म जिबित छु!
जीवन तिमि हौ र त म जीबित छु!!
अब भुल्ने र सम्झने कुरा नगर,
हामि एक भ यौ र त म जीबित छु!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार्a

>गीत >मुटु भरि तिम्रै नाम छ केर्न सक्दिन म तिमीले झैँ मनको देउता फेर्न सक्दिन म
......कल्याण गुरुङ को शब्द ,राजकुमार बगरको संगीत मा अन्जु पन्तको आवाजमा .....


19-Jyoti Khatiwada Anischit
त्यो फुलको डाली अन्तै लर्कीदैछ आज
नजर उनको अर्कै तिर कर्किदैछ आज ।
म त नितान्त एक्लो अनि शुन्य भएँ सानु
तिम्रो याद पनि विचैबाट फर्किदैछ आज ।
अनिश्चित ज्योति खतिवडा
झापा सुरुङ्गा ।

20-Ram Chandra Basyal
कस्को बिश्वाश गर्नु यहा,आफ्नैले सब लुटेपछि।
कसलाई खोट लाउनु यहा,आफ्नै कर्म फुटेपछि।।
खुकुरिको धारमा जिबन,उस्ले जहर प्याला भर्दा।
खोइ कसरि टाल्नु यो मन,चिरा परि टुटे पछि ।।
-रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:यु.ए.ई.दुबई }


21-Komal Bhatta ..
अन्याय र अत्याचारको दरबारले दुख्छ
लुटाहारले सजाएको घरबारले दुख्छ
हत्या र हिँसाले रक्तरन्जीत बनाएको
षड्यन्त्र र खुराफातको तलबारले दुख्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

22-श्रीकान्त बराल कहेराज़
हाम्रो देश सिसा जस्तै चर्किदैछ आज
फेरी उही कुसासन फर्किदैछ आज
हत्याराको हितमा बोल्छ सरकार पनि
विधिको साशन पनि मर्किदैछ आज
कृष्ण मन्दिर चोक

23-Rupesh Fatra रुपेश अनमोल फत्र
पान्थर लिम्बवान
उन्को यादले हरपल् सताई रहन्छ
कहिले काहि एकोहोरो बनाई रहन्छ
उनी बाट आज म धेरै टाढा हुनू पर्दा
बिछोडले मेरो मुटु जलाई रहन्छ


24-Ashish Danai मुक्तक
कसम खा-एर मायाँ लाईदैन प्रिय
सिउदो भ-रेर मायाँ लाईदैन प्रिय ।।
मायाँ त भित्री, मन देखीनै हुनुपर्छ
भिख झै मा-गेर मायाँ लाईदैन प्रिय ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-०९-२८
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima


25-Dev Birahi
सुन जस्तै गरी मेरो मन गालेर गई!
आफ्नै ठानेको थीए मलाई नै फालेर गई!
वैमानी रै छ त्यसको मायॉ
पराईको नई सीन्दुर हालेर गई!
देव िवरही
हापुर 7 दाङ्
हाल मलेिसयॉ जोहोर....


26-कपिल लामिछाने
कहिले काँही तिम्रो याद आएपछी गजल लेख्छु।
धेरै धेरै तिम्रो माया लाएपछि गजल लेख्छु!!
एकान्तमा टोलाउछु, तिमिलाई सम्झिएर,
अनि थोरै सराब खाएपछि गजल लेख्छु!!
-लेखक कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
(नेपालि अनुबाद - दिप मिलन)

27-ß-kash Neupane
दिल मा आगो झोस्यौ,जल्दै छु म आज भोलि,
पिडा को राप दियौ,बल्दै छु म आज भोलि !!
तिमी र तिम्रा याद हरु भुलाउने वाहाना मा,
हरेक साझ हरु मा, ढल्दै छु म आज भोलि !!
-बिकाश न्यौपाने बारा हाल uae

28-Artimus Siru
आशा र खुशी खोज्दा खोज्दै दु:खको सागरमा पुगेछ जीवन !
अरुको भलो सोच्दा सोच्दै दु:खको सागरमा पुगेछ जीवन !!
समाजमा अशल मान्छे बन्न खोज्नु व्यर्थै रहेछ !
असल मित्र रोज्दा रोज्दै दु:खको सागरमा पुगेछ जीवन !!
सुमित्रा अधिकारी
(गोरखा)


29-Ram Sharan Shrestha
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।। राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
बाट सुन्न र डाउनलोड गर्न सकिन्छ तथा आजसम्मका श्रृखलाहरु मुक्तक मधुरिमा ब्लग
http://muktakmadhurima.blogspot.com/ बाट सुन्न सकिन्छ
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
Your Blog Description here!


30-Amrit Shrestha
यो यौटा प्रेमको नासो भनौ कसरी ?
नयन भरि आसुलाई हासो भनौ कसरी ?
न बाचेर हस्न सके न हासेर बाच्न
पवित्र यो मायालाई पासो भनौ कसरी ?
( Amrit shrestha pokhara kaski)

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(from Muktak Madhurima Page)
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger