Showing posts with label मेरो रचना – छेस्काहरु. Show all posts
Showing posts with label मेरो रचना – छेस्काहरु. Show all posts

मेरा केहि १० मुक्तकहरु (राम शरण श्रेष्ठ)

Ram | 3:14 AM | 0 comments
 नमस्कार साथीहरु  
आज म आफ्ना केहि १० मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।

१.मुक्तक एक
बादल गर्जेर आकाश झर्दैन ।।
मलाई उस्को आभास पर्दैन ।।

उस्को मन्त्र फेल खाएछ आज
कसैले अब विस्वास गर्दैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


२.मुक्तक दुई
 बुनेका सपनाहरु तुहिन सक्छ ।।
प्वालहरु टाल्नुस चुहिन सक्छ ।।
असल सँगतले असल बनाउँछ
नत्र जिन्दगी पूरै कुहिन सक्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 


३. मुक्तक ति
 कुर्सिमा अन्धाहरु पर्छन् ।।
भ्रममा जानताहरु पर्छन् ।।
आँखा बन्द छ राजनीतिको
छेकिदिने पर्दाहरु पर्छन् ।।
 

 
४. मुक्तक चार  
 गन्तब्य पारिनै रहेछ ।।
प्रकृया जारिनै रहेछ ।।
बनाउँछु भनेर उसैले
झन विगारिनै रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५.मुक्तक पाँच

प्रेमको हिरासतमा राख्छौ कतिन्जेल ।।
म्याद थप झनझन माग्छौ कतिन्जेल ।।

हुन्छ या हुँदैन यति फैसला गरिदेउ
पर्खाएर मलाई सधै ढाँट्छौ कतिन्जेल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


६. मुक्तक छ

जनताको सत्ता आउँदै आएन ।।
भएको बेपत्ता आउँदै आएन ।।
छोडेर शान्तिले मेरो देशलाई
गयो कताकता आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


७. मुक्तक सात

विचार उस्को पनि साँगुरो भैदियो ।।
त्यसैले त जात मुख्य कुरो भैदियो ।।
सरकार अड्डा अदालत भएर पनि
सिमान्तकृत जनता टुहुरो भैदियो ।।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।।


८. मुक्तक आठ

पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
९. मुक्तक नौ
मुनाको मदन कहिल्यै फर्केन ।।
मान्छेको बचपन कहिल्यै फर्केन ।।
उ निष्ठुरी रहेछ बल्ल था भो
ढुङ्गाको मन कहिल्यै फर्केन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।


 १०. मुक्तक दश
भ्रष्टकै सम्मान हुन्छ मेरो देशमा ।।
ठूलाकै गुनगान हुन्छ मेरो देशमा ।।

अन्यायको विरुद्ध उत्रिन खोज्योभने
बोल्नेको चिहान हुन्छ मेरो देशमा ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

 



मेरा ५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

Ram | 2:16 AM | 0 comments
 नमस्कार साथीहरु 
आज म आफ्ना करिव ५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।

१.मुक्तक एक
धड्कन रोकिन्छ रोकिन देउ ।।
गोलि ठोकिन्छ ठोकिन देउ ।।
मर्नेत हामी जस्ता सर्वसाधारण
मृत्यु तोकिन्छ तोकिन देउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


२.मुक्तक दुई
केहि फोटाहरुछन् जलाउनुपर्ने ।।
केहि यादहरुछन् मेटाउनुपर्ने ।।
लाएर मलमहरु, सिएर घाउहरु
अरुकै लागि आफू हाँसाउनुपर्ने ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३.मुक्तक तिन
मलाई देशको माटोले बोलाईरहेछ ।।
हो क्रान्तिको बाटोले बोलाईरहेछ ।।
गरिवहरुका कोहि छैनन् नेपालमा
उम्लेको रगत रातोले बोलाईरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


४.मुक्तक चार
न त यहाँ पत्रकार सुरक्षित छ ।।
न त उस्को विचार सुरक्षित छ ।।
कलमहरु भाँच्ने होडबाजी देख्दा
लाग्छ बढी तरवार सुरक्षित छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५.मुक्तक पाँच
जिन्दगीको मैदानमा सबै एक्लो एक्लो ।।
मरेपछि चिहानमा सबै एक्लो एक्लो ।।
हाँस्नुपर्छ बाँचुन्जेल, अमर छैन कोहि
यमपुरी उध्यानमा सबै एक्लो एक्लो ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Date : 18-01-2013


मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

Ram | 7:57 PM | 0 comments
नमस्कार साथीहरु
आज म आफ्ना करिव १५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।
१.मुक्तक एक
अस्ताइरहेको घामले केदेला !!
असफल ति कामले केदेला !!
तिमी अर्कै बाटो लागे हुन्छ
गजलकार यो रामले केदेला !!
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२.मुक्तक दुई
जिन्दगी झन बर्बाद हुँदैगाछ ।।
मोडमोडहरुमा घात हुँदैगाछ ।।
आँखा चिम्लेर गरेका विस्वासहरु
आजभोली पस्चाताप हुँदैगाछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

३.मुक्तक तिन
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

४.मुक्तक चार
मान्छेको मनमा शंका कति कति ।।
हरदिन हुँदैछन् दंगा कति कति ।।
आँखा भएर मात्र नपुग्ने रहेछ
भित्री मनका अन्धा कति कति ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
५.मुक्तक पाँच
साहुको हातमा तमसुक हुनाले ।।
हातमुख जोड्ननी नपुग हुनाले ।।
विदेशिनु पर्योनी पैसाकै कारण
गरिवको घरमा दु:खैदु:ख हुनाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

 
६.मुक्तक छ
पहिला आफुलाई महान भएको घोषण गर्यो ।।
त्यसपछि आफै भगवान भएको घोषण गर्यो ।।
उस्का आदेसहरु सर्ब शक्तिमान भएपछी अनि
आफुनै देशको संविधान भएको घोषण गर्यो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 
७.मुक्तक सात
उस्को बिहेको निम्तो आएको छ ।।
लाग्छ मर भनि खबर पठाएको छ ।।
मुटु भित्र वषौं राखिसकेपछी आज
एक्कासी त्यहाँबाट हटाएको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
७ जनवरी २०१२
 
८.मुक्तक आठ
टुक्रिएको मुटु जोडियो कहाँ र ।।
निष्ठुरीले साथ दियो कहाँ र ।।
प्यारमा जब धोका पाएपछी
आफ्नो भन्नेनै थियो कहाँ र ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

९.मुक्तक नौ
प्रगतिका योगफल सुन्य बराबर छ ।।
जति गरेनी जोडबल सुन्य बराबर छ ।।
उस्ले नपढी दिँद मेरा सिर्जनाहरु
कविता र गजल सुन्य बराबर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

१०.मुक्तक दश
मस्त लाग्ने नसा नभए प्यूनुको के मज्जा ।।
चुर्लुम्म भै नडुबे प्रेममा ज्यूनुको के मज्जा ।।
कस्को हुन्न पिर ब्यथा कथा आफ्नो आफ्नै
लथालिङ्गभै नउद्रे जिन्दगी स्यूनको के मज्जा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

११.मुक्तक एघार
बेकार धेरै नसोच्नु बुढापाकाहरु भन्थे ।।
त्यसै जोरी नखोज्नु बुढापाकाहरु भन्थे ।।
जिन्दगी गए जाओस, दिएको कसम
कहिल्यौ नतोड्नु बुढापाकाहरु भन्थे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
१२.मुक्तक बाह्र
श्रमिकलाई नसोध्नु पसिनाको मुल्य ।।
छोड्दै नछोड्नु पसिनाको मुल्य ।।
सामन्तहरु दास मान्छन् श्रमिकलाई
अहँ हात नजोड्नु पसिनाको मुल्य ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
१३.मुक्तक तेह्र
जबजब तनाब लिइ घर आउँछु ।।
सँगसँगै सराब लिइ घर आउँछु ।।
श्रमिक भएर दिनभर मरिमेट्दा
घाटाकै हिसाव लिइ घर आउँछु ।।
 
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
 

१४.मुक्तक चौध
अब फेरी छलफल नचलाउ ।।
ताकी ताकी गजल नचलाउ ।।
सक्दिँन सहन शब्दका वाणहरु
इमान बेच्ने पसल नचलाउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप 
 
१५.मुक्तक पन्ध्र
मालिक भएर बाँच्छन् अमिरहरु ।।
दासझैं भएर बाँच्छन् गरिबहरु ।।
मंन्दिरहरुमा जान छोडिसकेको छु
हुनेखानेकै रहेछन् सब तपसिलहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger