Showing posts with label अतिथि मुक्तकहरु. Show all posts
Showing posts with label अतिथि मुक्तकहरु. Show all posts

शेर्पीनी कान्छीका १७ (सत्र) मुक्तकहरु

Ram | 10:35 PM | 0 comments
1.मुक्तक
    देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
    एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
    केही पाउन याह केही गुमाउन पर्ने
    उस्कै लागी पाइला अन्तै मोडनु पर्यो
   (शेर्पीनी कान्छी)

2.मुक्तक
    कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन
    काडा पन्छाइ हेर्दा पनि टेक्ने बाटॊ भेटदीन
    जिबनको मोड कस्तो भिर पखेराको यात्रा
    कस्तॊ दुखी जिबन थकाइ कतै मेटीदैन
     (शेर्पीनी कान्छी)

3.मुक्तक
    फुल्नै नपाइ कोपीला मै झरेको म मान्छे
    उस्को लागी धेरै पहिला मरेको म मान्छे
    एक्लै आए यो सन्सारमा एक्लै बाच्दैछु
    सबै बाट टाढा बसाइ सरेको म मान्छे
   (शेर्पीनी कान्छी)

4.मुक्तक
    मन जल्ने कुनै यादहरु नआएकै जाति
    दुख्छ मुटू एकै नासले पोलिरहन्छ छाति
    एक्लै जन्मे यो सन्सारमा एक्लै मर्नु छ
    दुइ पाइलामा यात्रा गर्न किन चायो साथि
   (शेर्पीनी कान्छी)

5.मुक्तक
    आतितहरु बटूलि आफै भित्र साचिरहेछु
    पिडाहरु लुकाइ आफै भित्र बाचिरहेछु
    चोटहरु अनगीन्ति छन दुखाइ पनि
    आसु लुकाइ आफै भित्र हासिरहेछु
   (शेर्पीनी कान्छी)

6.मुक्तक
ब्यबहारले हामीलाई धेरै टाढा बनायो
याद मनमा, अझ गाढा बनायो।
तिम्रोलागी फुल बनी, फुल्न चाहेँ
समयले संधै बिझाउने काँडा बनायो।।
(शेर्पीनी कान्छी)

7.मुक्तक
मेरो नाममा दाग बत्ति बल्दा
तिम्रो घरमा लाख बत्ति बलोस
तिमीलाइ डोली चाडाइ अन्माउदा
घाटमा मेरो लास चितामा जलोस।।
(शेर्पीनी कान्छी)

8.मुक्तक
म बेदनाको भुमरीमा डुब्दैछु आज
सम्झनाको दियो बालि रुदैछु आज
छातीमा टास्दै ति पुराना तस्बिरहरु
आसुको बर्साताले परेलि धुदैछु आज।।
(शेर्पीनी कान्छी)

9.मुक्तक
तिमीलाई हसाउ भन्दा आफै लागे रुन
आसुले काहा सक्नु कलेजोलाइ धुन
आनयासै तिम्रो सामु नयनहरु रासाउदा
तारा टुटदा बेदनामा लुकी हाल्यो जुन।।
(शेर्पीनी कान्छी)

10.मुक्तक
केहि दिन तिमि संग बाचेर हेछु
मुटु जति दुखे पनि हासेर हेर्छु
दुखसुख बाटौन कान्छी भन्छौ भने
ठिकै छ केही दिन मन साटेर हेर्छु।।
(शेर्पीनी कान्छी)

11.मुक्तक
अस्ताउदै बिना तापको घाम जस्तै भयो मन
पोल्दा पनि नपग्लिने फलाम जस्तै भयो मन
भुइचाल आएर उथल पुथल परेको जिबन
भात्केको मन्दीरको धाम जस्तै भयो मन।।
(शेर्पीनी कान्छी)

12.मुक्तक
हार कसैको भएन सवाल जबाफ बराबरि
लिनु दिनु केहि छैन बाकि हिसाब बराबरि
कतै गल्ति मेरो भए स्वार्थि मन तिम्रो
माया जोख्ने तारजु भए निसाफ बराबरी।।
(शेर्पीनी कान्छी)

13.मुक्तक
निसानि मायाको मेटाईदिए आज
पुराना तस्बिरहरु जलाइदिए आज
हाम्रो माया प्रेमको कथा बन्द गर्दै
मन मुटुमा ताल्चा लागाइदिए आज।।
(शेर्पीनी कान्छी)

14.मुक्तक
मेरो मनमा गुन्जिदिने धुन हौ तीमी
आन्धाकरमा उदाउने जुन हौ तिमी
जति रिसाएर टाढा हुन खोजे पनि
काडा बीचमा फुलेको फुल हौ तिमी।।
(शेर्पीनी कान्छी)

15मुक्तक
कहिल्य काहि दिक्क लाग्दा फाट्दो रैछ मन
मुटूमा राखेको मान्छेले नै काट्दो रैछ मन
कर्तब्यमा फसेर अफ्नो लागी ज़ीउन भुल्दा
पाराइको क़ॆ कुरा आफ्नैले ढाट्दो रैछ झन।।
(शेर्पीनी कान्छी)

16.मुक्तक
दुख्ने मन अन्तै कतै साटन पाए हुन्थ्यो
दुख्दा आफ्नै मनलाइ ढाटन पाए हुन्थ्यो
बेदनाको सागरमा तडपिएर बाच्नु भन्दा
कागज़ जस्तै जिबन च्यातन पाए हुन्थ्यो।।
(शेर्पीनी कान्छी)

17.मुक्तक
तिमिलाइ रुवाएर म पनि रुदैछु
पुराना तस्बिर त्यो सुस्तरि छुदैछु
चिच्याएर रुदै आफुलाइ सजया दिदै
मन मुटू आसुहरुले बेसरि धुदैछु...
(शेर्पीनी कान्छी)

18.मुक्तक
आज भोलि आफ्नै कथाहरु लेख्दैछु
आसुमा भिजेका आतितमा खेल्दैछु
फेरि खाटो बसेको घाउ क़ोट्याउदै
पुराना सम्झना भित्र पिडा झेल्दैछु
(शेर्पीनी कान्छी)
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger