Episode 20 : Gazal Batika (गजल बाटिका) - Download

NepaliTalim | 4:36 AM | 0 comments
रेडियो सुक्लाफाटा ९९.४ Mhz
रेडियो बार्हसिङ्हा  १०२.२ Mhz  
प्रसारण हुने रेडियो कार्यक्रम
गजल बाटिका २० 
 

नमस्कार साथी,
रेडियो बाह्रसिंहा र रेडियो सुक्लाफाँटा एफएमको प्रस्तुति गजल बाटिकाको श्रृंखला २० लिएर उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहगोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
 
Listen and Download 
                               Download : Click Here to Download

Thank you

साहित्य सिर्जना - 32 : (27-04-2013/2070-01-14) -Download

NepaliTalim | 4:35 AM | 0 comments
EPISODE : 32

Date :  (15-03-2013/2069-12-02)  

कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz   

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
 

Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति  2070 बैशाख 14 गते तदनुसार  29-April 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 32 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download
 Download : Click Here to Download 

Thank you

सिर्जनाका लहरहरु :- Episode 111 -Download

Ram | 9:46 PM | 0 comments
सिर्जनाका लहरहरु : 111
SRIJANAKA LAHARHARU

EPISODE- 111

Date : 25th April 2013
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति  25th April 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 111 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download
Download : Click Here to Download

Muktak Madhurima (2070-04-25/12-04-2012) - Download

Ram | 8:54 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2070-04-25/12-04-2012)

 
आज मिति 2070 बैशाख 12 गते तदनुसार 25-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
Download : Click Here to Download
Thank you

सिर्जनाका लहरहरु :- Episode 110 -Download

Ram | 4:25 AM | 0 comments
सिर्जनाका लहरहरु : 110
SRIJANAKA LAHARHARU

EPISODE- 110

Date : 18th April 2013
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 18-February 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 1032 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download
Download :

श्रृंखला ५० - बहकिने मन (2070-01-09/-22-04-2013) - Download

Ram | 4:16 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-01-09/-22-04-2013)
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network


  आज मिति 2070 बैशाख 09 तदनुसार 22-April-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।  
Listen and Download


Download ; Click Here to Downlaod

गजलका शेरहरु (2070-01-10/23-04-2013) : Download

Ram | 3:49 AM | 0 comments
Gazalaka Sherharu
HOST : LAXMI ITIHAS  
TIME : EVERY TUESDAY, 9.15PM  
DATE : -(2070-01-10/23-04-2013) 
कार्यक्रम : गजलका शेरहरु  
संचालिका : लक्ष्मि इतिहाँस  
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
 समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
 
फेसबुक पेज  : Gazalka Sherharu

 आदरणिय साथीहरु, आज मिति 2070-01-10 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद 

Listen and download


Download : Click Here to Download

Thank you

BULBUL 191 : (24-04-2013/2070-01-11) - Download

Ram | 3:09 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 191
Host : Achyut Ghimire 
Date :  (24-04-2013/2070-01-11)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 बैशाख 11 गते तदनुसार  24-04-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 191) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download 

Download : Click Here to Download Episode 191
Listen All Previous Episode
Thank you

मुक्तक सरोबर (24-04-2013/2070-01-11) - Download

Ram | 2:06 AM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date :  (24-04-2013/2070-01-11)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2070 बैशाख 11 तदनुसार 24-04-2013 शक्रवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download
Download : Click Here to Download

Thank you

Episode : 67 (यो साँझ यो सुबाश-09-04-2013) - Download

Ram | 4:41 AM | 0 comments
EPISODE 67- YO SANJH YO SUBASH  
(09-04-2013 / 2069-12-27) 
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश   
Email : hajurkopatra@gmail.com      
Website : http://ransimedia.com      
Facebook : YSYS Facebook Page 
Phone :  9808826116

आज मिति 2069 साल चैत्र महिनाको 27 गते तदनुसार   09-April-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-67 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु   
Listen and Download

Downlaod : Click Here to Download 67

Thank you

Episode : 68 (यो साँझ यो सुबाश-12-04-2013) - Download

Ram | 4:28 AM | 0 comments
YO SANJH YO SUBASH     
(16-04-2013 / 2070-01-03)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 बैशाख महिनाको 03 गते तदनुसार  03-01-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-68 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

 Download : Click Here to Download Episode 68

Episode : 69 (यो साँझ यो सुबाश-23-04-2013) - Download

Ram | 4:20 AM | 0 comments
YO SANJH YO SUBASH     
(23-04-2013 / 2070-01-10)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 बैशाख महिनाको 10 गते तदनुसार  23-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-69 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download
Download : Click Here to Download Episode 69
Listen All Previous Episode

गजल संसार - 36 : (22-04-2013/2070-04-09) - Download

Ram | 4:11 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 

कार्यक्रम :  गजल संसार   
Date: (22-04-2013/2070-04-09)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2070 बैशाख 09 तदनुसार 22-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 36 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download

Download : Click Here to Download Episode 36
Thank you

निमन्त्रणा -२०७० वैशाख १४ गते शनिवार

Ram | 10:12 PM | 1comments
सुचना । सुचना ।। सुचना ।।। हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा हुंदै आईरहेको "गजल सागर नेपाल" को नियमित मासिक श्रिङ्खला तथा विशेष भेला निम्न मिती, समय र स्थान मा हुने भएकोले सम्पुर्ण साहित्यकार, साहित्य अनुरागी, पत्रकार, समाजसेवी तथा शुभ-चिन्तक हरुलाई उपस्थितीको लागी हार्दिर निमन्त्रणा गर्दछौं ।
मिती- २०७० वैशाख १४ गते शनिवार ।
समय- दिंउसो ठिक १२:०० वजे ।
स्थान- ज्ञान ज्योती पुस्तकालय, वुटवल मिलनचोक (वसु स्म्रिती भवन)

थप जानकारीको लागी -:
अशोक गौतम क्षितिज - ९८५७०३३२६१
मिन राना - ९७५७००१०९७
जे वी क्षेत्री - ९८४७०३३४२०
संगिती कुंवर अन्जुली - ९८४७१५३३७

विमोचन तथा अन्तर्कृया -"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित (10th April 2013)

Ram | 9:02 PM | 0 comments
"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित हिजो बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा युवासमालोचक सङ्गीता पाठकद्वारा लिखित शोध अनुसन्धानात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" तथा घनेन्द्र ओझाको बालगजलकृति "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृया सम्पन्न भएको छ । 
अनाममण्डलीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गीतकार, समालोचक डा. कृष्णहरि बराल, अतिथिहरू सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनाली, सर्जका पिता बद्रीप्रसाद ओझा, कन्दरा पब्लिकेशनका कार्यकारी निर्देशक राधा कणेललगायतले पुस्तकको बिमोचन गर्नुभएको थियो । 
विमोचित पुस्तक घनेन्द्र ओझाको गजलकारितामाथि समीक्षक बालाकृष्ण अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । यसैगरी दुल्हा राजा आउनुभोमाथि समीक्षक सरोज घिमिरेले टिप्पणी गर्नुभएको थियो । समीक्षक अधिकारीले समालोचक सङ्गीता पाठकको समालोचनालेखन निकै स्तरीय रहेको र उक्त पुस्तक अनुसन्धानात्मक रहेको बताउनुभयो । "घनेन्द्र ओझाको जीवनी, व्यक्तित्व र कृतित्वको समग्र अध्ययन गरिएको पुस्तक हो यो", अधिकारीले भन्नुभयो, "यसमा गजलको सिद्धान्त पक्ष पनि उल्लेख गरिएकाले यो पुस्तक सबैका लागि उपयोगी हुन सक्छ ।" बाल गजलकृतिको समीक्षा गर्दै समीक्षक घिमिरेले घनेन्द्र ओझाको उक्त कृति संरचनात्मक, प्राविधिक हिसाबले उत्कृष्ट भए पनि केही गजलका भाव बालबालिकाउपयोगी हुन नसकेको बताउनुभयो । 
रेडियोकर्मी रघु मैनालीले नेपाली भाषाको मानक हुन नसकेकाले साहित्य सर्जकलगायत सबैलाई अप्ठेरो परेको बताउनुभयो । प्रमुख अतिथि डा. कृष्णहरि बरालले निकै शोधखोज गरेर तयार पारिएकाले सङ्गीता पाठकको समालोचनाकृति ओजिलो बनेको उल्लेख गर्नुभयो । 

समकालीनले समकालीनका बारेमा यसरी नै शोध, समालोचना गर्नु राम्रो कामको सुरुवात भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सर्जकका पिता बद्रीप्रसाद ओझाले घनेन्द्र ओझाको विगतका बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रम अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्व तथा जय गौडेलको संचालनमा सम्पन्न भएको थियो ।
News Source : Ghanendra Ojha 

हार्दिक निमन्त्रणा : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ( २०६९ चैत्र ३१ गते, शनिबार)

Ram | 11:06 PM | 0 comments
हार्दिक निमन्त्रणा !

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले २०७० सालको पावन अवसरमा शुभकामना तथा रचना वाचन कार्यक्रम गर्न लागिरहेको हुँदा साहित्यप्रेमी, कलाकार, पत्रकार लगायत शुभचिन्तकहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।

तपसिल
मिति– २०६९ चैत्र ३१ गते, शनिबार
समय– विहान ७ बजे
स्थान– बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस, कोहलपुर, बाँके
सम्पर्क– महानन्ढ ढकाल–9844801066, प्रदिप भट्टराई–9858020488, सन्तोषि विष्ट–9844803630, कपिल अञ्जान
Sourcce : Kapil Anjan

बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो ( २०६९ चैत्र ३१ गते शनिवार)

Ram | 11:23 PM | 0 comments

परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो गर्दछु
कार्यक्रम
मितिः २०६९ चैत्र ३१ गते शनिवार
समयः दिनको ठीक ३:०० बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान
कमलादी, काठमाडौँ

आयोजक
-साहित्य परिवार,नेपाल मेडिकल कलेज (प्रा.) लि. जोरपाटी, काठमाडौँ, नेपाल
-मधुवन साहित्यिक प्रतिष्ठान,नेपाल, काठमाडौँ
-वि.एन. पुस्तक संसार प्रा.लि., बागबजार
-शब्दघर प्रेश, बागबजार
 Source : Babu Tripathi
 

हार्दिक निमन्त्रणा - घनेन्द्र ओझाको "दुल्हा राजा आउनुभो" वाल गजल संग्रह विमोचन २०६९ चैत्र २८ बुधवार

Ram | 8:37 PM | 0 comments
हार्दिक निमन्त्रणा !!
यही २०६९ चैत २८ गते बुधबारका दिन दिउँसो ठीक २:०० बजे अनामनगर, दाहालको दैलोनजिकै रहेको बीडब्लुआईको अफिस (नेपालवाणी एफएम रहेको घरको दोस्रो तला) मा सङ्गीता पाठकद्वारा लिखित समालोचनात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" र घनेन्द्र ओझाद्वारा लिखित बाल गजलसङ्ग्रह "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृयामा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु !
असमर्थताका लागि:
९८४१४३३१२८/ 9808717533
9841806723/ 9841562772 
Source : Ghanendra Ojha

मधुवनको श्रृंखला १६६ : जीवन खत्रीको जीवन कसका लागि विमोचन

Ram | 6:08 PM | 0 comments
 
मिति २०६९ चैत्र २४ तदनुसार ६ अप्रिल २०१३, 

मधुवन साहित्यिक प्रतिष्ठानको नियमित सुन्ने र सुनाउने श्रृंखलाको श्रृंखला १६६ मा जीवन खत्रीको दोस्रो गजल संग्रह जीवन कसका लागि विमोचन भएको छ । 
जुन कार्यक्रममा प्रमुख अतिथि गजल मालि ज्ञानुवाकर पौडेलले गर्नुभएको थियो भने डा. कृष्ण हरि बराल लगायतका विशिष्ट अतिथी लगायत विचमा भएको थियो । 






निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन (6th April 2013)

Ram | 9:19 PM | 0 comments
निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन 

............................................................................
मधुवन साहित्यिक प्रतिष्ठान नेपाल द्धारा गजलकार जीवन खत्रीको दोस्रो गजल संग्रह "जीवन कसका लागि" यहि मिति २०६९ चैत्र २४ गते तदनुसार ६ अप्रिल २०१३ शनिवारका का दिन बाल्मिकि क्याम्पसको हलमा ठिक दिउँसो २ बजे हुने हुँदा तपाईहरु सम्पूर्ण साहित्य प्रेमी मनहरुलाई विमोचन कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । 
DATE : 6TH APRIL 2013, Saturday
Place : Balmiki Campus, Prasarsani Marga
Time : 2pm
Gazal Book Inauguration : Jivan Kaska Lagi
Organizer : Madhuban Sahitik Pratisthan

Source : Jiban Khatri

निम्तो २०६९ चैत्र १७ गते शनिवार

Ram | 8:49 PM | 0 comments
शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले विगत १७ वर्षदेखि गर्दै आइरहेको गुन्द्रुक, मकै, भटमासको साथमा रचना वाचन सहितको स्रष्टा सम्मान कार्यक्रम अन्तरगत यस वर्षको शिवपुरी गजल सम्मान ईश्वरमणी अधिकारी (पोखरा) बिष्णुंपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार पुष्प अधिकारी अञ्जलि (हाम्रो मझेरी ५० अङ्क, चितवन) र नरबहादुर भारती सम्मान चन्द्रकान्त अर्याल लाई प्रदान गरिने भएकोले आ आफ्नो रचना सहित निम्तो ।

कार्यक्रम

मितिः २०६९ चैत्र १७ गते शनिवार
समयः दिनको ठीक ११:३० बजे
स्थानः मुहानपोखरी, बुढानीलकण्ठ

निमनत्रणा। निमनत्रणा।। निमनत्रणा।।।

Ram | 8:48 PM | 0 comments
निमनत्रणा। निमनत्रणा।। निमनत्रणा।।।

आज 2069-Chaitra 09 यो महिनाको दोस्रो शुक्रवार राष्ट्रिय मुक्तक मण्डप नेपाल को नियमित कार्यक्रम अन्तर्गत आज चैत्र ९ गते दिउसो ठिक ३ वजे वुटवल मिलनचोक स्थित ज्ञानज्योती पुस्तकालयमा कार्यक्रम हुदैछ ।
सवै मुक्तक मनहरु लाई उपस्थितीको लागी निमन्त्रणा छ ।
पुनश्च-: कार्यक्रम मा आंउदा केही मुक्तकहरु लिएर आउनु होला ।

थप जानकारी चाहिएमा - ९८५७०३३२६१

बिशेष सूचना

Ram | 11:46 PM | 0 comments
बिशेष सूचना 
विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि गजलकार पुष्प अधिकारी अञ्जलि को सम्पादनमा हाम्रोमझेरी साहित्य प्रतिष्ठानबाट प्रकाशन हुन लागिरहेको "ई प्रतिनिधि नेपाली गजल " का लागि देशभित्र र बाहिर रहनुभएका प्रिय गजलकारहरू बाट 8 /8 वटा गजल आफ्नो बायोडाटा र फोटो सहित शसुल्क रू .1200/­ रूपैया बैशाख 25 गतेभित्र पठाउनुहोला ।गजल पठाउनका लागि सम्पर्क नँ 9855060309 . meanjali.puspa@gmail.com. puspa adhikari anjali hamro majheri sahitey partisthhan,bharatpur, birendra multipul campus chitwan
सम्पादक

शेर्पीनी कान्छीका १७ (सत्र) मुक्तकहरु

Ram | 10:35 PM | 0 comments
1.मुक्तक
    देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
    एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
    केही पाउन याह केही गुमाउन पर्ने
    उस्कै लागी पाइला अन्तै मोडनु पर्यो
   (शेर्पीनी कान्छी)

2.मुक्तक
    कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन
    काडा पन्छाइ हेर्दा पनि टेक्ने बाटॊ भेटदीन
    जिबनको मोड कस्तो भिर पखेराको यात्रा
    कस्तॊ दुखी जिबन थकाइ कतै मेटीदैन
     (शेर्पीनी कान्छी)

3.मुक्तक
    फुल्नै नपाइ कोपीला मै झरेको म मान्छे
    उस्को लागी धेरै पहिला मरेको म मान्छे
    एक्लै आए यो सन्सारमा एक्लै बाच्दैछु
    सबै बाट टाढा बसाइ सरेको म मान्छे
   (शेर्पीनी कान्छी)

4.मुक्तक
    मन जल्ने कुनै यादहरु नआएकै जाति
    दुख्छ मुटू एकै नासले पोलिरहन्छ छाति
    एक्लै जन्मे यो सन्सारमा एक्लै मर्नु छ
    दुइ पाइलामा यात्रा गर्न किन चायो साथि
   (शेर्पीनी कान्छी)

5.मुक्तक
    आतितहरु बटूलि आफै भित्र साचिरहेछु
    पिडाहरु लुकाइ आफै भित्र बाचिरहेछु
    चोटहरु अनगीन्ति छन दुखाइ पनि
    आसु लुकाइ आफै भित्र हासिरहेछु
   (शेर्पीनी कान्छी)

6.मुक्तक
ब्यबहारले हामीलाई धेरै टाढा बनायो
याद मनमा, अझ गाढा बनायो।
तिम्रोलागी फुल बनी, फुल्न चाहेँ
समयले संधै बिझाउने काँडा बनायो।।
(शेर्पीनी कान्छी)

7.मुक्तक
मेरो नाममा दाग बत्ति बल्दा
तिम्रो घरमा लाख बत्ति बलोस
तिमीलाइ डोली चाडाइ अन्माउदा
घाटमा मेरो लास चितामा जलोस।।
(शेर्पीनी कान्छी)

8.मुक्तक
म बेदनाको भुमरीमा डुब्दैछु आज
सम्झनाको दियो बालि रुदैछु आज
छातीमा टास्दै ति पुराना तस्बिरहरु
आसुको बर्साताले परेलि धुदैछु आज।।
(शेर्पीनी कान्छी)

9.मुक्तक
तिमीलाई हसाउ भन्दा आफै लागे रुन
आसुले काहा सक्नु कलेजोलाइ धुन
आनयासै तिम्रो सामु नयनहरु रासाउदा
तारा टुटदा बेदनामा लुकी हाल्यो जुन।।
(शेर्पीनी कान्छी)

10.मुक्तक
केहि दिन तिमि संग बाचेर हेछु
मुटु जति दुखे पनि हासेर हेर्छु
दुखसुख बाटौन कान्छी भन्छौ भने
ठिकै छ केही दिन मन साटेर हेर्छु।।
(शेर्पीनी कान्छी)

11.मुक्तक
अस्ताउदै बिना तापको घाम जस्तै भयो मन
पोल्दा पनि नपग्लिने फलाम जस्तै भयो मन
भुइचाल आएर उथल पुथल परेको जिबन
भात्केको मन्दीरको धाम जस्तै भयो मन।।
(शेर्पीनी कान्छी)

12.मुक्तक
हार कसैको भएन सवाल जबाफ बराबरि
लिनु दिनु केहि छैन बाकि हिसाब बराबरि
कतै गल्ति मेरो भए स्वार्थि मन तिम्रो
माया जोख्ने तारजु भए निसाफ बराबरी।।
(शेर्पीनी कान्छी)

13.मुक्तक
निसानि मायाको मेटाईदिए आज
पुराना तस्बिरहरु जलाइदिए आज
हाम्रो माया प्रेमको कथा बन्द गर्दै
मन मुटुमा ताल्चा लागाइदिए आज।।
(शेर्पीनी कान्छी)

14.मुक्तक
मेरो मनमा गुन्जिदिने धुन हौ तीमी
आन्धाकरमा उदाउने जुन हौ तिमी
जति रिसाएर टाढा हुन खोजे पनि
काडा बीचमा फुलेको फुल हौ तिमी।।
(शेर्पीनी कान्छी)

15मुक्तक
कहिल्य काहि दिक्क लाग्दा फाट्दो रैछ मन
मुटूमा राखेको मान्छेले नै काट्दो रैछ मन
कर्तब्यमा फसेर अफ्नो लागी ज़ीउन भुल्दा
पाराइको क़ॆ कुरा आफ्नैले ढाट्दो रैछ झन।।
(शेर्पीनी कान्छी)

16.मुक्तक
दुख्ने मन अन्तै कतै साटन पाए हुन्थ्यो
दुख्दा आफ्नै मनलाइ ढाटन पाए हुन्थ्यो
बेदनाको सागरमा तडपिएर बाच्नु भन्दा
कागज़ जस्तै जिबन च्यातन पाए हुन्थ्यो।।
(शेर्पीनी कान्छी)

17.मुक्तक
तिमिलाइ रुवाएर म पनि रुदैछु
पुराना तस्बिर त्यो सुस्तरि छुदैछु
चिच्याएर रुदै आफुलाइ सजया दिदै
मन मुटू आसुहरुले बेसरि धुदैछु...
(शेर्पीनी कान्छी)

18.मुक्तक
आज भोलि आफ्नै कथाहरु लेख्दैछु
आसुमा भिजेका आतितमा खेल्दैछु
फेरि खाटो बसेको घाउ क़ोट्याउदै
पुराना सम्झना भित्र पिडा झेल्दैछु
(शेर्पीनी कान्छी)

सिर्जनाका लहरहरु :- Episode 105 (कविता बिषेश) - Download

Ram | 3:29 AM | 0 comments
सिर्जनाका लहरहरु : 105
SRIJANAKA LAHARHARU

EPISODE- 105
Date :  7th March-2013    Source : Sirjanaka Laharharu   Host : Khagendra Adhikari

आज मिति 14th Marchry 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 105 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download 105

Thank you

अनमोल"गौरवका ६ गजलहरु

Ram | 12:35 AM | 0 comments
1.गजल
भिजेका ति परेली काँहा गई लुकाउँछौ
भाग्यको खेल भन्दै शिर किन झुकाँउछौ।

दोष तिम्रो कत्ति छैन मर्न बाँच्नु दैब चोला
सेतो सारि लगाएर मुल्य सधैँ चुकाउँछौ।।

धेरै लामो यात्रा छ समाजको कुरा छोड
रातो सारि लगाएर सेतो कैले फुकाउँछौ।

महिला मर्दा पुरुषले अर्कै संग रम्न हुने...........  
चेली तिमीले कैले सम्म एक्लो मनलाई बुझाउँछौ।

निको पार्नु पर्छ तिमीले बिरहको घाउ अब
सपनाको सागर किन मन भित्र सुकाउँछौ।
"अनमोल"गौरव
सिनामंगल काठमाडौ  

2.गजल
जनतालाई सधैं सधैं ढाँट्नेहरु होशियार...
सिंगो देशको अस्मिता छाँट्नेहरु होशियार।

सोर्ग थियो नर्क भयो राक्षसहरुको राज...
शान्तिलाई बलि बनाई काट्नेहरु होशियार।

मुल्य बृद्धि बेरोजगारी जताततै बढाउदै.....
फोहरी खेल राजनीतिको आँट्नेहुरु होशियार।

सहिदको परिवारलाई शान्तोनाको शब्द दिदै
भावनालाई कुर्सी संग साट्नेहरु होशियार।।

दिन भरि मिहनेत गर्छन गाँस बाँसको ठेगान छैन
पसिनालाई पानी सम्झि चाँट्नेहरु होशियार।।।।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं

3.गजल
भिजेछ मन आँसुले राती प्यारिको यादमा..
लेखेथे नाम प्यारिलाई सम्झि पिपलु पातमा।

सुनकि खानि मायाकि दानि सिङ्गारमा रमेकी
मोहनी रुप क्यामिठो बोली जाधु छ बातमा।।

गुन्यो र चोलि फरिया लाउदा क्या राम्रि देखिन्छे
सजाउछे सदै प्यारिले बजाई चुरानि हातमा.....।

अपुग लाग्यो त्यो रात मलाई समय निष्टुरि....
जुनेली रात मायाँको बात प्यारि थिईन् साथमा

भाबुक हुदै साथ हाम्रो टुट्छ भनेर तर्साउँछु
उत्तर दिन्छे सहजै उसले के छ र जातमा।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं

4.गजल
भविष्य तिम्रो उज्वल पार्न खाडीमा जाऊँला
कुरेर बस्नु हे मेरी प्यारी फर्केर आँउला।।।।

एक छाक खान छैननि दाना जिन्दगी चुहिने
फर्केर आए गरिबको धुरी खुशीले छाँउला ।।

यादमा ताजा बालबच्चा सधैँ प्यारीको गुनासो
परिवार सम्झि बिछोडका गित पर्देशमा गाउला।

बगाए धेरै पसिना मैले सपना फूलाउँन....
अब त क्यारे खुशीमा रम्दै परिवार पाउँला।

नरुनु प्यारी धेरै दिन छैन कल्पेर रुनलाई.....
यो सालको दशैँ परिवार सँगै खुसिले मनाउँला ।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौ

5.गजल
बन्धन तिमी समाजको फुकाएर आउ
आँखा बाट आँस धारा सुकाएर आउ।

हावा हुरी जत्ति चलोस कोमल मन भित्र
पीर ब्यथा सबै सबै लुकाएर आउ।।।।।

सिन्दूर दिउँला कोसेलिमा सिउधो सिङ्गार्ने
रातो सारी संगै नजर झुकाएर आउ।।।।।।

राख्नु मान रगतको अलिकति लचक बन्दै
फकाई फुलाई गर्नु नत्र झुक्याएर आउ।।।

रमाउँदै संगै रमौ मर्नु पर्दा एउटै चिहान
स्वार्थ छोडि चोखो माया छुपाएर आउ।
"अनमोल"गौरव
सिनामंगल काठमाडौ

6.गजल
त्यति खेर तिम्रो जीवन खास हुनेछ
आँगनिमा जब मेरो लास हुनेछ।।।

सिङ्गारेर कात्रोले ढाक्दा मेरो शरिर
सीउदो भर्न ऊ तिम्रो पास हुनेछ।।।

बैतर्नि संगै मलाई संसार बिहिन बनाउदा
तिम्रो भने उसको मनमा बास हुनेछ।।।।

भमराको जस्तो उसको चाल तिमीले नबुझेमा
दोधारमा तिम्रो आफ्नै सास हुनेछ।।।।।।।।

जति रमाउ बसन्तमा देखाबटि खुसी वड्दै
मेरो याद दिलाउने चैतमास हुनेछ। ।।।।
"अनमोल"गौरव
सिनामंगल काठमाडौं

ज्ञान तरामु {सेतु} मगरका पाँच गजलहरु

Ram | 12:25 AM | 0 comments
1. गजल
योद्दाको कोमल मुटु जब पत्थर भयो।
दुस्मन पछार्यो अनि रिस मत्थर भयो।।

शिशिर बसन्तको सम्बन्ध चिसियो क्यार!
हराभरा थियो जंगल आज पत्झर भयो।।

आफन्त नै हुनुपर्छ त्यो प्र.अ.को सायद।
फेरि त्यहि जड्याहा हेर मास्टर भयो।।

देश परिवर्तन गर्छु भनि कसिदै थिय।
साहस बुजुर्गको उमर बहत्तर भयो।।

कसैसँग पिरती लाउदै लाउदिन भन्छ।
लाग्छ प्रेममा यो 'ज्ञान' अब कट्तर भयो।।

योद्दाको कोमल मुटु जब पत्थर भयो।
दुस्मन पछार्यो अनि रिस मत्थर भयो।।

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार कसिंन्थला ,गुल्मी
हाल- (दृष्टि वाटिका साहित्य समाज) ,मुम्बई भारत

2.
गजल
तिम्रो र मेरो कहाँनी अब फरक-फरक हुने भो।
शुन्य लाग्छ जहाँनी अब फरक-फरक हुने भो॥

दुई मुटु एक थियो कुनै जमानामा हाम्रो पनि।
अलग्गियो जिन्दगानी अब फरक-फरक हुने भो।।

तिमीले दिएको तस्विर छुन्छु मध्यरातमा किन?
आँशु पिउने बानी अब फरक-फरक हुने भो।।

अर्कैले भर्दा सिन्दुर पोते तिमी नतमस्तक हुने।
नभन यि मेरी सानी अब फरक-फरक हुने भो।।

बिगतमा भन्दियो आफ्नो मान्छे 'ज्ञान' कसैले भने!
नखोज ऐले जवानी अब फरक-फरक हुने भो।।

तिम्रो र मेरो कहाँनी अब फरक-फरक हुने भो।
शुन्य लाग्छ जहानी अब फरक-फरक हुने भो।।
ज्ञान तरामु 'सेतु' मगर
ठुलो लुम्पेक चार कसिँन्थला गुल्मी
हाल मुम्बई, भारत
 

3.गजल
हेर्नुस साच्चि सराबको लत लागेछ मलाई।
पात्लो छ आज पानी मिलावट लागेछ मलाई॥

सधै त घाम ढलेपछि हुन्थ्यो त्यहाँ रमझम।
किन दिनमै आज जमघट लागेछ मलाई?

झकिझकाऊ देख्छु भट्टि साईली माईली पनि।
खोई निमन्त्रणा हो या स्वागत लागेछ मलाई॥

भुले कलम समकालिन गजलकार पनि।
सराबी कै हिजोआज संगत लागेछ मलाई॥

लोकल तान्ने 'ज्ञान'लाई कस्ले पिलायो वियर?
नयाँ साथिले गरेर मिसकत लागेछ मलाई॥
ज्ञान तरामु 'सेतु' मगर
ठुलोलुम्पेक चार कसिंन्थला गुल्मी
हाल- दृष्टि वाटिका साहित्य समाज मुम्बई
 

4.गजल
खोई पर्खाईमै उनको बित्छ कि जिवन मेरो?
ढुकढुकीमा छिन कतै रुक्छ कि धड्कन मेरो?

सात समुन्द्र वारिपारी हामी एक्लाएक्लै छौ|
लाग्छ हुदैन कि कहिल्यै उनको र मिलन मेरो?

दिन जसोतसो कट्छ रात कोल्टे फेर्दा फेर्दै|
निर्जिव शरिर मात्रै छ यहाँ घरमै छ मन मेरो||

आफ्नो भन्ने नहुदो रहेछ सायद प्रदेशमा!
नेपाली भएरै पनि सब पराई छन मेरो||

ज्ञानको रहेछ निधारमा लेखेको दु:ख कष्ट|
नजन्मिदै भाग्य कोरेको होकि भावी भन मेरो?

खोई पर्खाईमै उनको बित्छ कि जिवन मेरो?
ढुकढुकीमा छिन कतै रुक्छ कि धड्कन मेरो?

ठुलोलुम्पेक चार कसिंन्थला, गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई

5.
गजल
 दिउसै कस्तो मातेको हेर त!
लडेर सिर काटेको हेर त!!

बनाउछौ भनि संविधान।
नेताहरुले ढाटेको हेर त॥

प्रेमजोडी चौतारीमा बसि।
मायाको चिनो सातेको हेर त॥

फुल जस्तो हो भने जिवन।
फुलमा लालुपातेको हेर त॥

पेन कपिमै सकेछ 'ज्ञान'ले पैसा।
दौरा सुरुवाल फाटेको हेर त॥

दिउसै कस्तो मातेको हेर त!
लडेर सिर काटेको हेर त!!

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार कसिंन्थला, गुल्मी
हाल- दृष्टि वाटिका साहित्य समाज, मुम्बई

बिशेष सूचना

Ram | 1:40 AM | 0 comments
 
 
बिशेष सूचना
विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि गजलकार पुष्प अधिकारी अञ्जलि को सम्पादनमा हाम्रोमझेरी साहित्य प्रतिष्ठानबाट प्रकाशन हुन लागिरहेको "ई प्रतिनिधि नेपाली गजल " का लागि देशभित्र र बाहिर रहनुभएका प्रिय गजलकारहरू बाट 8 /8 वटा गजल आफ्नो बायोडाटा र फोटो सहित शसुल्क रू .1200/ रूपैया बैशाख 25 गतेभित्र पठाउनुहोला ।गजल पठाउनका लागि सम्पर्क नँ 9855060309 . meanjali.puspa@gmail.com . puspa adhikari anjali hamro majheri sahitey partisthhan ,bharatpur, birendra multipul campus chitwan
सम्पादक

पुस्तक पाइने ठाउँको जानकारी

Ram | 12:41 AM | 0 comments
हिमालयन बुक सेन्टर बागबजार (भक्तपुर बसपार्क अगाडि) पाइन्छ

-ज्ञानुवाकर पौडेलको गजलसङ्ग्रह (जिन्दगी छैन अचेल जिन्दगीजस्तो)
-मनोज न्यौपानेको गजलसङ्ग्रह (अन्तिम)
-डा.टीकाराम भण्डारीको गजलसङ्ग्रह (यो सहर हो यार)
-डा.सुधा शाहीको गजलसङ्ग्रह (केही त छ जरुर)
-कपिल अञ्जानको गजलसङ्ग्रह (तस्बिर)
-अमला अधिकारीको गजलसङ्ग्रह (आगो)
-भावना पाठकको गजलसङ्ग्रह (सफर)
-पुरु लम्सालको गजलसङ्ग्रह (आधा जलेको खप्पर)
-विज्ञान कँडेलको गजलसङ्ग्रह (देश हिँडिरहन्छ म हिँडिरहन्छु)
-सालिकहरूको देश र बा

कपिल अन्जान जी को "तस्बिर

Ram | 12:40 AM | 0 comments
कपिल अन्जान जी को "तस्बिर

हिमालयन बुक सेन्टर बागबजार (भक्तपुर बसपार्क अगाडि) पाइन्छ

-ज्ञानुवाकर पौडेलको गजलसङ्ग्रह (जिन्दगी छैन अचेल जिन्दगीजस्तो)
-मनोज न्यौपानेको गजलसङ्ग्रह (अन्तिम)
-डा.टीकाराम भण्डारीको गजलसङ्ग्रह (यो सहर हो यार)
-डा.सुधा शाहीको गजलसङ्ग्रह (केही त छ जरुर)
-कपिल अञ्जानको गजलसङ्ग्रह (तस्बिर)
-अमला अधिकारीको गजलसङ्ग्रह (आगो)
-भावना पाठकको गजलसङ्ग्रह (सफर)
-पुरु लम्सालको गजलसङ्ग्रह (आधा जलेको खप्पर)
-विज्ञान कँडेलको गजलसङ्ग्रह (देश हिँडिरहन्छ म हिँडिरहन्छु)
-सालिकहरूको देश र बा

Your Creations

Ram | 12:28 AM | 0 comments
Gazal, Poem, Muktak, Story,

Lables

Ram | 12:05 AM | 0 comments
Literature Article
Economic Article
Political Article
General Article

Entertainment News

Welcome

Ram | 11:45 PM | 0 comments
यदि तपाईहरुसँग पनि कुनै साहित्यिक समाचारहरु सुचनाहरु छन् भने यो ब्लगमा प्रसारण गर्न सक्नुहुनेछ ।
email : newschisapani@gmail.com

साहित्य सिर्जना - 26 : (15-03-2013/2069-12-02) -Download

Ram | 11:01 PM | 0 comments
EPISODE : 26
Date :  (15-03-2013/2069-12-02)
कार्यक्रम : “साहित्य सिर्जना   

रेडियो : रेडियो मलमला ८८.६mhz   

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
 

Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 02 गते तदनुसार ज्ञछ-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 29 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 26

Thank you

गजल- कमिलाको ताँतिबाट पनि केहि सिक्नुपर्छ

Ram | 10:10 PM | 0 comments
बुलबुलमा बाचन भएको मेरो यौटा गजल
कमिलाको ताँतिबाट पनि केहि सिक्नुपर्छ
अन्धकार रातीबाट पनि केहि सिक्नुपर्छ

किन सोच्नुहुन्छ तपाँई आफै मात्र बुझकार
अलिकति साथीबाट पनिकेहि सिक्नुपर्छ

सबै हुन्न् पक्कै सफल प्रेम गर्दा पनि
बिश्वासको घातिबाट पनिकेहि सिक्नुपर्छ

केहि माग्दैन बदलामा सबै टिपि लगेपनि
कोमल फुल-पातीबाट पनिकेहि सिक्नुपर्छ

एक्कईसौं सदिकमा छौं चलन पक्कै फेरिन्छ नै
हजुरबाले नातीबाट पनिकेहि सिक्नुपर्छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

हर्क खडायतको उपन्यास "देशले हारेको युद्ध" - Download

Ram | 10:09 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "देशले हारेको युद्ध"

लेखक : हर्क खडायत
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


आज तिमी २०६९ फाल्गुण १८ गते तदनुसार १ मार्च २०१३ शुक्रबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्यहो हर्क बडायतको उपम्यास देशले हारेको युद्ध । मुल्य रु. २०० रहेको यो उपन्यासलाई ओरिएन्टल प्रकाशन गृहले २०१२मा बजारमा ल्याएको थियो । लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक(अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।
(Desh Le Hareko Yugda By Harka Khadayan)
Listen and Download
Episode 1:(18-11-2069/01-03-2012)

Download : Click Here to Download Episode 1
Episode 2:(25-11-2069/08-03-2012)

Download : Click Here to Download Episode 2
Episode 3:(02-12-2069/15-03-2012)

Download : Click Here to Download Episode 3
Episode 4 :(09-12-2069/22-03-2012)
Waiting

मुक्तक सरोबर (15-03-2013/2069-12-02) - Download

Ram | 9:28 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date : (15-03-2013/2069-12-02)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
आज मिति 2069 चैत्र 02 तदनुसार 15-06-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download 

Download : Click Here to Download 

Thank you

Episode 4 : (16-03-2013/2069-12-03) गजल सागर - Download

Ram | 8:57 PM | 0 comments

चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 16-03-2013/2069-12-03

प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR 


नमस्कार साथीहरु
आज मिती २०६९ चैत्र ३ गते तदनुसार १६ मार्च २०१३ शनिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको चौथो श्रृंखलामा म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

आजको कार्यक्रममा चिसापानी नेपाल पेज, चिसापानी नेपाल ग्रुपमा पोष्ट भएका केहि गजल र सुमधुन नेपाली गीत गजलहरु लिएर आएको छु । आजको श्रृंखलामा किसान क्षेत्री किस्मत, रतन बहादुर वि.क, कृष्ण अविरल, मानान्धर अभागी, विकल्प बाबु, कोमल भट्ट, टि.बि. सागर, रोहित राना, राम चन्द्र बस्याल, नवराज भट्ट र म रामशरण श्रेष्ठका गजलहरु बाचन भएका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 4

Thank you

गजलका शेरहरु ( 2069-11-29/12-03-2013) - Download

Ram | 2:10 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-29/12-03-2013)
कार्यक्रम : गजलका शेरहरु 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu

 आदरणिय साथीहरु, आज मिति 2069-11-29 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen and Download
  
Listen all Previous Episodes:
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger