Muktak Madhurima (2069-10-18/31-01-2013) - Download

Ram | 8:02 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :(2069-10-12/25-01-2013
 

आज मिति 2069 माघ 18 गते तदनुसार 31-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।              
Listen and Download 

Download : Click Here to Download
Listen All Previous Episodes:


२०६९-१०-१८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Jaya Bhabuk
ितमी संगै न्यानो मायॉ साट्ने भन्या छु!
ितमी संगै पीरतीको डोरी बाट्ने भन्या छु!
ितमीलाई सोध्नु पर्छ िवचार ितम्रो के छ,
ितमी संगै यो िजन्दगी काट्ने भन्या छु !
-जयराम िव.क. जयॉ भॉवुक
धधवार 7 बर्िदयॉ ,हाल मलेिसया

02-Mohan Bihani
नयाँ काम गरौ भनि न आँटेको धेरै भो।
मधुशाला गई प्याला न चाटेको धेरै भो।
चिसो मौसममा पिउने बहाना त अनेक छ,
सम साँझमै जमघटमा न मातेको धेरै भो।


03-Khadga G Magar
दुईचार पैशा कमाउदैमा, मांछे ठूलो हुन्न साथी
डलर संग रमाउदैमा, मांछे ठूलो हुन्न साथी //
तस्करि र कालो धंदा, जाल साजि किर्ते गरि,
हरिया नोट समाउदैमा, मांछे ठूलो हुन्न साथी //
खड्ग जी.एम.
उरहरि ,दांग


04-मोहन रावल अनमोल 'अस्तु' ______मुक्तक
फूलहरु फुल्छन् किन म सोचि रहेछु...!!
माहुरी डुल्छन् किन म सोचि रहेछु...!!
बनावटि प्यार दिएर धोकेबाज...!
चटक्कै भुल्छन् किन म सोचि रहेछु...!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_क्षितिज पारिबाट


05-श्रीकान्त बराल कहेराज़
खोज्न कता जाने होला इ-मान हरायछ
नेपालीको आज कठै संबि-धान हरायछ
नेत्रित्वो वर्ग नै लाचार अधर्मी बने पछि
नेपालि हु भन्दै गर्ब गर्ने शान हरायछ
कृष्ण मन्दिर चोक

06-Nabaraj Dhakal Nabodit
ब्यर्थै आशु किन झार्छस ? भन्यो आफ़्नै परेलीले ।
जीवनदेखि किन हार्छस ? भन्यो आफ़्नै परेलीले ।
छोडिजाने निस्ठुरी त्यो मरि भनी चित्त बुझा !
आफ़ैलाई किन मार्छस ? भन्यो आफ़्नै परेलीले ।
Morang ,nepal


07-Prem Dhami ~~~~मुक्तक~~~~
अलमलमा छु,मेरो काँनेर भूल भयो।
नियतमै खोट,तिम्रो जानेर भूल भयो।।
साँचो माया गरि,मन मुटु दिदापनि,
मलाई तिम्ले पराई, ठानेर भूल भयो।।।।
Prem dhami
Dahabagar 6 Bajhang
haal:kapan Kathmandu


08-सनम गोले
संग्लो पानी धलमलाउन नखोज।
यता उत्ति गर्दै अलमलाउन नखोज।
हत्केलाले सुर्यको उज्यालो छोपेर
अध्यारो सम्झी सलबलाउन नखोज।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया


09-साहित्यप्रेमी कपिल लामिछाने
देख्या छैन आज भोली दामी भै छो रे!!
शुन्दरता फुल सरि नामी भै छौ रे!!
नशालु ति आखा तिम्रा गुलाबी ओठ सँगै,
दुनियाको नजरमा हरामी भै छौ रे!!
कपिल लामिछाने
दाङ्, तुल्सीपुर
हाल दोहा,कतार बाट...


10-Bibek Dulal मुक्तक
बिरुवा रोप्यौ यो कुनै गुन होइन
नयन छोप्यौ यो कुनै जून होइन
अब भन तिम्रो हर्कतलाई के भनौ
प्रेमले घोप्यौ यो कुनै चानचुन होइन .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .


11-Rai Kumar
धरती ओछ्याई आकाश ओढ्नु छ यहाँ।
भुमरीसंग उष्णतालाई छेल्नु छ यहाँ।
मूल देशलाई के थाहा परदेशको गाथा
पल पल मरेर सधै बाच्नु छ यहाँ।
-सौ कुमार राई"कुमार"
जुभिंग २ सोलिखुम्बु
हाल रियाध साउदी


12-Rai Munkmen Ramesh मुक्तक
अञ्जान बाटोमा कहिलै म टेक्ने गर्दिन
हत्केलाले सूर्य लाइ म छेक्ने गर्दिन
देखेको जति सपना कुनै अपुरो छैनन
कारण जून झार्ने सपना म देख्ने गर्दिन
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


13-Rohit Rana "मुक्तक"
तिमीलाई मेरो आफ्नै भन्ने मन थियो
म पनि त तिम्रै मान्छे बन्ने मन थियो
अन्तमा आइ अर्कै चुन्यौ जीवन साथि
तिमीलाई आफ्नै भनि गन्ने मन थियो
-रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


14-Raju Poudel
मेरो दिलको राजा भनेपछि तिम्ले मलाइ
तिम्रै याद भएको छ दिल जलाउने सलाइ
सम्झनामा आउछयौ तिमि चित्र बनाउनै जानदिन
त्यसैले त मुक्तक लेख्छु निर्जिब यो कलम चलाइ
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar


15-Shanti Adhikari "मुक्तक"
जे पनि हुन्छ यहाँ जोसमा नै हुन्छ ।
गल्तिहरु सबै बेहोसमा नै हुन्छ ।।
जब आँखा खुल्छ ईज्जत सोच्छ मान्छे ।
हुनै नपर्ने कुरा रोसमा नै हुन्छ ।।
-शान्ति अधिकारी
बाँके कोहलपुर


16-Bishnu K Gautam
सास उड्यो र मुढा भयो बिर थियो हिजो सम्म
के खाने के लाउने त्यहि पिर थियो हिजो सम्म
धन कमाउने आसै आसले खाडिमा ज्यान गुमाएछन
खालि भयो उनको सिउँदो अबिर थियो हिजो सम्म
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
>गीत >
तिम्लाई खुसि देख्न पाय चाहिदैन अरु केहि पनि
तिम्रै नामको एउटा ज्यान छ धितो राख्छु बरु त्यहि पनि .......दुर्गा परियारको आवाजमा .....


17-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
अब बिहे गर्ने बेला भयो,कस्तो केटी छान्ने होला
जथाभावी ल्याइयो भने, टुपी समाई तान्ने होला
सोझी घरगरी खाला जस्ती,भेट्नै गारो नेपालमा
पाइन्ट लाउने पर्यो भने,घर कसरी धान्ने होला ?
-चुरियामाइ -९ शिखरपानी हेटौडा मकवानपुर
हाल - दोहा कतार

18-एस पि माथवर पुर्णबिराम मुक्तक
मेरा लागि चोखो माया सँगालेको भए ।
हुन्नथे पागल तिम्ले अँगालेको भए ॥
मैले सुने नौनि मनको धनि छेउ रे।
के हुन्थ्यौ प्रिय त्यो मन पगालेको भए ॥
नाम~तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना ~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार


19-निस्चल प्रेमी कान्छा
धोका दिई बिचबाटोमा बाँचेर खै के भो ?
चोखो मायाँ मनभरी साँचेर खै के भो ?
तन मन दिएकै हो कमी महसुस भएछ
तिम्रो लागी पुष्प बोट भाँचेर खै के भो ?
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत


20-Baral Suryamani
कसलाई सुनाउँ यो जगतको कुरा ।
यो जिन्दगी खै उफ्!! फगतको कुरा।।
आशा टरेको अनि चट्टयाङ परेको बेला।
आँखा बाट झर्ने आँशु या रगतको कुरा ।।


21-अजान श्रेष्ठ (अभागी) मुक्तक~~~~~~
जुनि जनि म हुनेछु तिम्रो स्पर्शीमा ।।
तिम्रै यादमा म रुनेछु तिम्रो स्पर्शीमा ।।
जति टाढा किन हुन्छ माया गाढा
आशुले मुहार धुनेछु तिम्रो स्पर्शीमा ।।
अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा
हाल (pune) India


22-Arpan Chhetri
आकाश बाट उत्रीएकी परी जस्तै तिमी
सावनैकॊ नरॊकिने झरी जस्तै तिमी
भाग्य मेरॊ उस्तै रैछ लेख्यॊ अनि मेट्यॊ
डस्टर ले नै मेटाई दिने खरी जस्तै तिमी
-अर्पण छेत्री
दमक-5 झापा
हाल- जॊहॊर,मलेसीया


23-तिलक निस्कर्ष
खुलेयाम हिडे बेइमान , सज्जन लुकिरहेछन
नेता र कुकुर उस्तै ,समान भै भुकिरहेछन
यस्तो हुदापनि, कति कुर्ची मोह, गर्नुहुन्छ हजुर ,
सारा जन जनले, यो सासन, लाइ थुकिरहेछन..
रत्ननगर ७

24-Surya Chemjong सूर्य चेम्जोङ
मलाई यो सधैँ सधैँ भन्थ्यो जिन्दगी
तिमी साथ भए के के बन्थ्यो जिन्दगी
यसैले त साथ भयौँ दुई घाम जून
बेग्लै भए सधैँ रात रन्थ्यो जिन्दगी


25-Amrit Shrestha
यी हातले बालेको दिप बलेन उस्कोलागि
मेरो मायाले कसैगरी छ्लेन उस्कोलागि
यो कस्तो बिडम्बना सहदै छु आमा म?
मैले छोएको पानी पनि चलेन उस्कोलागि
(Amrit shrestha pokhara kaski)


26-Artimus Siru
बिहानै तस्बिर हेरेर टोलाई रहें !
वरिपरि छौ कि भनी बोलाई रहें !!
छेउमा बस्छौ कि मेरै नजिक सरी !
मन्द मुस्कान हेरी मुटु जलाई रहें !!
सुमित्रा अधिकारी
गोरखा


27-Causal Ciran
जब डाँडामाथी घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ।।
तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ।।
तिमी थियौ र पो सहेको थिएँ ति हरेक दुखहरु
तिनै दुखहरु बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ।।
#कौशल किरण

28-Ashish Danai
सहिदको सालिक बनाएर के काम
सालिकलाई माला लगाएर के काम
सहिदको सपना पुरा हुदैन भने
केबल आश्वासन देखाएर के काम ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-१०-१७


मुक्तक सरोबर (30-01-2013/2069-10-17) - Download

Ram | 10:01 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date :  (30-01-2013/2069-10-17)
रेडियो : देबदह 106.6 मेगाहर्ज

समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

 


आज मिति 2069 माघ 17 तदनुसार 30-01-2013 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने

Listen and Download

Download : Click Here to Download

BULBUL 179 : (30-01-2013/2069-10-17) - Download

Ram | 7:54 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 179
Host : Achyut Ghimire 
Date :(30-01-2013/2069-10-17)

FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ माघ 17 गते तदनुसार 30 जनवरी 2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 179) लिएर उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 

Listen and Download

Download : Click Here to Download Episode 179
Listen All Previous Episodes:

Thank you

श्रृजनाका सुशेलीहरु - (2069-10-13/26-01-2013) - Download

Ram | 7:23 PM | 0 comments
Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM

Date :   (2069-10-13/26-01-2013)
Host :  Suresh Bidari

FB : Facebook Group
   
आज मिति 2069 माघ 13 गते (26-Jan-2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you

मेरा केहि १० मुक्तकहरु (राम शरण श्रेष्ठ)

Ram | 3:14 AM | 0 comments
 नमस्कार साथीहरु  
आज म आफ्ना केहि १० मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।

१.मुक्तक एक
बादल गर्जेर आकाश झर्दैन ।।
मलाई उस्को आभास पर्दैन ।।

उस्को मन्त्र फेल खाएछ आज
कसैले अब विस्वास गर्दैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


२.मुक्तक दुई
 बुनेका सपनाहरु तुहिन सक्छ ।।
प्वालहरु टाल्नुस चुहिन सक्छ ।।
असल सँगतले असल बनाउँछ
नत्र जिन्दगी पूरै कुहिन सक्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 


३. मुक्तक ति
 कुर्सिमा अन्धाहरु पर्छन् ।।
भ्रममा जानताहरु पर्छन् ।।
आँखा बन्द छ राजनीतिको
छेकिदिने पर्दाहरु पर्छन् ।।
 

 
४. मुक्तक चार  
 गन्तब्य पारिनै रहेछ ।।
प्रकृया जारिनै रहेछ ।।
बनाउँछु भनेर उसैले
झन विगारिनै रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५.मुक्तक पाँच

प्रेमको हिरासतमा राख्छौ कतिन्जेल ।।
म्याद थप झनझन माग्छौ कतिन्जेल ।।

हुन्छ या हुँदैन यति फैसला गरिदेउ
पर्खाएर मलाई सधै ढाँट्छौ कतिन्जेल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


६. मुक्तक छ

जनताको सत्ता आउँदै आएन ।।
भएको बेपत्ता आउँदै आएन ।।
छोडेर शान्तिले मेरो देशलाई
गयो कताकता आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


७. मुक्तक सात

विचार उस्को पनि साँगुरो भैदियो ।।
त्यसैले त जात मुख्य कुरो भैदियो ।।
सरकार अड्डा अदालत भएर पनि
सिमान्तकृत जनता टुहुरो भैदियो ।।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।।


८. मुक्तक आठ

पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
९. मुक्तक नौ
मुनाको मदन कहिल्यै फर्केन ।।
मान्छेको बचपन कहिल्यै फर्केन ।।
उ निष्ठुरी रहेछ बल्ल था भो
ढुङ्गाको मन कहिल्यै फर्केन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।


 १०. मुक्तक दश
भ्रष्टकै सम्मान हुन्छ मेरो देशमा ।।
ठूलाकै गुनगान हुन्छ मेरो देशमा ।।

अन्यायको विरुद्ध उत्रिन खोज्योभने
बोल्नेको चिहान हुन्छ मेरो देशमा ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

 



Episode : 57 (यो साँझ यो सुबाश-29-01-2013) - Download

Ram | 10:55 PM | 0 comments
PISODE 56 - YO SANJH YO SUBASH
(29-01-2013 / 2069-10-16)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116



आज मिति 2069 साल माघ महिनाको 16 गते तदनुसार  29-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  57 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 



रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 57
Listen All Previous Episodes:

Than you

शहिद दिवस विशेष मेरा २ गजलहरु (राम शरण श्रेष्ठ)

Ram | 8:22 PM | 0 comments
(राम शरण श्रेष्ठ
यो मेरो गजल ज्ञात अज्ञात सबै सहिदहरुप्रति समर्पित छ 
1. गजल
देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।

शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।

नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।

झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।

ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

2. गजल
 ति जिउँदा मान्छे हुन् सहिदहरु ।।
मुक्तिका उज्यालाजून सहिदहरु ।।

आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन सहिदहरु ।।

अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन सहिदहरु ।।

ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन सहिदहरु ।।

सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन सहिदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

वीर शहिदहरु अमर रहुन्

शब्द शरोबर : (15-10-2069/28-01-2013) - Download

Ram | 8:03 PM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik

Time : Tuesday 9.15pm
Date : (15-10-2069/28-01-2013)
Fm: Radio Manaslu 103.9mhz 

नमस्कार साथीहरु
आज मिति 2069 माघ 15 तदनुसार 28-Jan-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।आज शहिद दिवस विशेष गजलहरु लिएर आएका छौं । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
गजल  1
देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।

शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।

नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।

झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।

ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

गजल  2
ति जिउँदा मान्छे हुन् सहिदहरु ।।
मुक्तिका उज्यालाजून सहिदहरु ।।

आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन सहिदहरु ।।

अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन सहिदहरु ।।

ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन सहिदहरु ।।

सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन सहिदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

बहकिने मन (2069-10-15/28-01-2013) - Download

Ram | 7:30 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-10-15/28-01-2013)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161

Facebook : Bahakine Man
FM: CIN Network


आज मिति 2069 माघ 15 तदनुसार 28-Jan-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 61  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।  
Listen and Download
 
Download : Click Here to Download
Listen All Previous Episodes:

Thank you
देशभरिका ६१ वटा रेडियोबाट एकैसाथ

रेडियो उपत्यका— काठमाण्डौँ
रेडियो अभियान — काठमाण्डौँ
रेडियो जागरण—रुपन्देही
रेडियो देवदह—रुपन्देही
रेडियो समानता—कपिलवस्तु
भ्वाईस एफ.एम.—कपिलवस्तु
रेडियो अर्पण —चितवन
रेडियो धुर्बतारा—चितवन
रेडियो नारायणी—चितवन
रेडियो माडी—चितवन
रेडियो परासी—नवलपरासी
रेडियो दाउन्ने—नवलपरासी
रेडियो देवघाट—तनहुँ
मेरो साथी एफ.एम.—तनहुँ
दमौली एफ.एम.—तनहुँ
जागरण एफ.एम.—सुर्खेत
रेडियो भेरी—सुर्खेत
रेडियो भेरी—सुर्खेत(हर्रे डाँडा)
बुलबुले एफ.एम.—सुर्खेत
रेडियो सुर्खेत—सुर्खेत
भेरी एफ.एम.—बाँके
रेडियो प्रतिवोध—बाँके
रेडियो कोहलपुर—बाँके
रेडियो त्रियुगा—उदयपुर
रेडियो उदयपुर—उदयपुर
रेडियो अमुर्त एफ.एम.—उदयपुर
रेडियो देउखुरी—दाङ
रेडियो सर्युगंगा—दाङ
प्रकृति एफ.एम.—दाङ
रेडियो हाम्रो पहुँच—दाङ
रेडियो नयाँ युग —दाङ
रेडियो धुर्बतारा—दैलेख
रेडियो पञ्चकोशी—दैलेख
रेडियो कपुरकोट—सल्यान
रेडियो शारदा एफ.एम.—सल्यान
रेडियो माण्डवी—प्युठान
रेडियो प्युठान—प्युठान
रेडियो मनकामना—गोरखा
रेडियो देउराली—अर्घाखाँची
रेडियो अर्घाखाँची—अर्घाखाँची
रेडियो मुस्ताङ—मुस्ताङ
सानीभेरी एफ.एम.—रुकुम
सौगात एफ.एम.—बैतडी
रेडियो हाम्रो पाईला—जाजरकोट
हलेसी एफ.एम.—खोटाङ्ग
रेडियो डोल्पा—डोल्पा
नयाँ नेपाल एफ.एम.—दार्चुला
रमाइलो सामुदायिक रेडियो—ओखलढुङ्गा
रेडियो मुगु—मुगु
नुवाकोट एफ.एम.—नुवाकोट
रेडियो राजमार्ग—धादिङ्ग
रेडियो मकवानपुर—मकवानपुर
रेडियो नारायणी—पर्सा
रेडियो तराई—पर्सा
रेडियो नुनथर—रौतहट
रेडियो गुञ्जन—रौतहट
रेडियो एकता—सर्लाही
हजुरको रेडियो—रामेछाप
खाँदबारी एफ.एम.—संखुवासभा
रेडियो बबई—बर्दिया
रेडियो गणतन्त्र—धरान

सोमबार राती सवा ९ बजे
महावीर विश्वकर्माको साथमा

मुक्तक मधुरिमा (2069-10-11/24-01-2013) Download

Ram | 2:43 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz 
Time : Turusday 9.15pm  
Host : Ramu Acharya 
Date :  (2069-10-11/24-01-2013)  


आज मिति 2069-10-11गते तदनुसार24-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।
Listen Here

Download: Click HERE to Download

सिर्जनाका लहरहरु :- Episode 100 -Download

Ram | 8:36 PM | 0 comments
सिर्जनाका लहरहरु : 100
SRIJANAKA LAHARHARU
EPISODE- 100

Date : 16-Jan-2013
 
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 16-January-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 100 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download Episode 100

Thank you

Episode 1 : (Gazalka Thungaharu गजलका थुँगाहरु) - Download

Ram | 2:08 AM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU : 1
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - १
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-10-13/26-01-2012)
स्रोत : अर्जन पौडेल ब्लग

नमस्कार साथीहरु,
आज मिति २०६९ माघ १३ गते तदनुसासर शनिवार, आजदेखि हामी विलकुले नयाँ साहित्यिक कार्यक्रम गजलका थुँगाहरुको लिएर आएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पनामा उत्पादनमा एकै पल्ट १३ तेह्र ओटा ब्लगहरु मार्फट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

Listen and Download : Gazalka Thungaharu
Download : Click Here to Download Episode 1

कार्यक्रम प्रसारण हुने 13 ब्लगहरु :

१. अर्जुन पौडेल डट ब्लगस्पोट डट कम
२.यात्रिशेखर डट ब्लगस्पोट डट कम
३. चिसापानी नेपाल डट ब्लगस्पोट डट कम
४. रामकृष्णकपना डट ब्लगस्पोट डट कम
५.राकेशगाउँले डट ब्लगस्पोट डट कम
६.पेज४हेल्थ डट ब्लगस्पोट डट कम
७. हाम्रो बैतडी डट ब्लगस्पोट डट कम
८.मिलन७९२६६ डट ब्लगस्पोट डट कम
९.मनको–छाँया डट ब्लगस्पोट डट कम
१०.यसगाउँ डट ब्लगस्पोट डट कम
११.औंसिकोरातमा डट ब्लगस्पोट डट कम
१२.विनोदपौडेल डट ब्लगस्पोट डट कम
१३.विजयफोटो डट ब्लगस्पोट डट कम

१४. मोहन विहानीको ब्लगस्पोट डट कम
१५. आशिस दानाइ डट कम डट एन पि
 



Thank you

मुक्तक सरोबर (26-01-2013/2069-10-13) - Download

Ram | 12:11 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (26-01-2013/2069-10-13)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी 

प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

 

आज मिति 2069 माघ 13 तदनुसार 26-Jan-2013 शनिवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने
Listen and Download

Download : Click Here to Download

Thank you

साहित्य सिर्जना - 19: (26-01-2013/2069-10-13)-Download

Ram | 8:17 PM | 0 comments
EPISODE : 19
Date :(26-01-2013/2069-10-13)
कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz  
प्रस्तोता : सुरज थापा मगर  
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे 
फेसबुक : Facebook Page  
Email : radiomalmala@gmail.com    

साथीहरु नमस्कार । 
आज मिति 2069 माघ 13 गते तदनुसार 26-01-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 19 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।  
Listen And Download

Download : Click Here to Download 19

Thank you

Shabda Sharobar (शब्द शरोबर) - (08-10-2069/21-01-2013) - Download

Ram | 8:07 PM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (08-10-2069/21-01-2013)
Fm: Radio Manaslu 103.9mhz
 
FB : SabdaSarobara

नमस्कार साथीहरु
आज मिति 2069 माघ 08 तदनुसार 21st Jan 2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल संगम (2069-10-10/23-01-2013) - Download

Ram | 7:40 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-10-10/23-01-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल

प्रस्तोता : आर पि पोख्रेल

समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  

 
आज मिति 2069 माघ महिनाको 10 गते तदनुसार 23-Jan-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

BULBUL 178 : (23-01-2013/2069-10-10) - Download

Ram | 7:27 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 178
Host : Achyut Ghimire 
Date :(23-01-2013/2069-10-10)

FB : Facebook Page


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ माघ 10 गते तदनुसार 23 जनवरी 2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 178) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download 178
Listen All Previous Episodes:

Thank you

गजल- के पायौ सुनौलो बिहान बेचेर (रोहित राना)

Ram | 2:56 AM | 0 comments
के पायौ सुनौलो बिहान बेचेर
निमुखाको न्यानो सिरान बेचेर

जिउँदो हुँदा नि गरिखान दिएनौ
के पायौ अस्तु अनि चिहान बेचेर

नेपालीको आफ्नै अधिकार छ'नि
के पायौ नेपालको संबिधान बेचेर

छिमेकीले हेप्दा पनि हेरेर बस्यौ
कति पायौ त हाम्रो निदान बेचेर

लाज लाग्छ तिम्लाई आफ्नो भन्नु
कति पायौ नेपाली पहिचान बेचेर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Episode : 56 (यो साँझ यो सुबाश-22-01-2013) - Download

Ram | 10:54 PM | 0 comments
PISODE 56 - YO SANJH YO SUBASH
(22-01-2013 / 2069-10-09)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2069 साल माघ महिनाको 09 गते तदनुसार  22-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  56 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।
Listen and Download
Download : Click Here Episode 56
 आजसम्मका श्रृंखलाहरु सुन्नुहोस् 

यो श्रृंखलामा बाचन भएको मेरो गजल
उ ज्यूदै मरेछ कठै विचरा ।। 
फन्दामा परेछ कठै विचरा ।। 

आफन्त ठानेको मान्छेलेनै 
घात पो गरेछ कठै विचरा ।। 

केहि दिन टाढा हुँदा बसाई  
प्रेमीका सरेछ कठै विचरा ।। 

 उस्कै लागि विदेसिँदा आज 
सिउँदो भरेछ कठै विचरा ।। 

उस्को बाटै भरि भाग्यले 
काडाँ छरेछ कठै विचरा ।। 

कोपिलामै पिरतिको फूल 
भुइमा झरेछ कठै विचरा ।।
  राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप ।

गजल संसार - 24 : (21-01-2013/2069-10-08) - Download

Ram | 8:59 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार
Date:  (21-01-2013/2069-10-08)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 माघ 08 तदनुसार 21-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 24 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download 24

यो श्रृंखलामा बाचन भएको मेरो गजल

जिन्दगी पूरै सुनसान बनायो ।।
उसैको यादले हैरान बनायो ।।

सामान्य देखादेख हेराहेर हुँदा
मुटु मुटुको चिनजान बनायो ।।

क्षितिज पारिको घाम डुबिरहँदा
बेचैनी बढेर धुनधान बनायो ।।

फोटो अगाडी छ बोल्दै बोल्दैन
अनिदोमै रात विहान बनायो ।।

माया जताई खबरहरु पठाई
दिलभित्रको भगवान बनायो ।।

पागल गरेर प्यारमा रामलाई
झैं ताजमहल समान बनायो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
http://chisapaninepal.blogspot.com/

बहकिने मन (2069-10-08/21-01-2013) - Download

Ram | 8:21 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-10-08/21-01-2013)
Time : 9.15pm Every Monday
 
Host :  Mahabir Biswakarma  
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
आज मिति 2069 माघ 08 तदनुसार 21th Jan 2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 60  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download


Download :Click Here to Download

श्रृजनाका सुशेलीहरु - (2069-10-06/19-01-2013) - Download

Ram | 2:51 AM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM

Date :  (2069-10-06/19-01-2013)
Host :  Suresh Bidari

FB : Facebook Group

 



आज मिति 2069 माघ 06 गते (19-Jan-2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

गजल शरोबर (16-01-2013/2069-10-03) - Download

Ram | 10:20 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :(16-01-2013/2069-10-03)
FM : Kalika FM


आज मिति २०६९ माघ 03 गते बुधवार तदनुसार 16-Jan-2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज बुधबार , तपाई स्रोताहरु मार्फत फोनबाट बाचन भएका गजलहरु रहनेछ ।
।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download Click Here to Download

साहित्य सिर्जना - 18: (12-01-2013/2069-10-28)-Download

Ram | 2:27 AM | 0 comments
EPISODE : 18
Date :(19-01-2013 /2069-10-28)
कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz  
प्रस्तोता : सुरज थापा मगर  

समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे 
फेसबुक : Facebook Page  
Email : radiomalmala@gmail.com    

साथीहरु नमस्कार । 
आज मिति 2069 माघ 06 गते तदनुसार 19-01-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 18 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।  
Listen And Download

सिर्जनाका लहरहरु :- Episode 99 -Download

Ram | 12:09 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU
EPISODE- 99
Date : 17-Jan-2013

Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


 आज मिति 17-January-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 98 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download
 
Download : Click Here to Download 99
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger