![]() |
(राम शरण श्रेष्ठ |
1. गजल
देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।
शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।
नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।
झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।
ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
2. गजल
ति जिउँदा मान्छे हुन् सहिदहरु ।।
मुक्तिका उज्यालाजून सहिदहरु ।।
आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन सहिदहरु ।।
अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन सहिदहरु ।।
ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन सहिदहरु ।।
सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन सहिदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
वीर शहिदहरु अमर रहुन्

0 comments:
Post a Comment