Home » » Muktak Madhurima (2069-09-19/03-01-2013) - Download

Muktak Madhurima (2069-09-19/03-01-2013) - Download

Ram | 10:16 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm

Host : Ramu Acharya
Date :  (2069-09-12/27-12-2012)
 

आज मिति 2069 पुष 19 गते तदनुसार 03-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।          
Listen and Download

Download : Click Here to Download 
Listen All Episodes:

२०६९-०९-१९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-मोहन रावल अनमोल 'अस्तु' _____मुक्तक
मनकी रानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!!
मायाकी खानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!!
कति चञ्चलपन सुवास्ता छ बाहुमा तिम्रो ...!
अनौठो कहानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!!
-मोहन रावल अनमोल 'अस्तु' बान्नातोलि पाचँ अछाम
हाल_सिमाना पारिबाट

02-Ram Sharan Shrestha
जबजब तनाब लिइ घर आउँछु ।।
सँगसँगै सराब लिइ घर आउँछु ।।
श्रमिक भएर दिनभर मरिमेट्दा
घाटाकै हिसाव लिइ घर आउँछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


03-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
म भन्दिन तिमी नै मलाइ चाहिन्छ
तिमी भन्दा राम्रीसंग माया लाइन्छ
काली जान्छे गोरी आउछे उखानै छ
खुट्टा भए जुत्ता जती पनी पाइन्छ !

04-Jaya Bhabuk
कसैको तँ ज्यॉन बाकस मा प्यॉक हुन्छ यहॉ!
कसैको तँ ज्यॉन गधॉ र र्र्याक हुन्छ यहॉ!
दुिनयॉले भन्छन पर्गती गर्यॉ छन रे
तर सबैको ज्यॉन िवदेशीको ज्यॉक हुन्छ यहॉ!!!!
जजराम िव. क.(जयॉ भॉवुक )
धधवॉर 7 बर्िदयॉ
हाल मलेिसयॉ जोहोर

05-अर्जेल मायाको शागर अर्जेल
तिम्रै मायाको भोगी भयँ म
अलीकती मुटुको रोगी भयँ म !
तिम्ले शाथ नदिनाले आज
भौँतारिदैँ हिडने जोगी भयँ म !

06-Lb Sagar
कोही जान्छ जब ,टाढॉ भयर ।
बस्छ दिलमै उनै ,गाढॉ भयर ।।
तब दुंख छ ,यो मुटु मेरो ।
बस्दा फुल पनि ,काडा भयर ।।
-ऐल .बि.सागर कैलाली

07-Shanti Adhikari मुक्तक
तिम्रो कामनाले मेरो यो हाल बद्लिने भए ।
अर्ति उपदेशले जुवाडेको खाल बदलिने भए ।।
म सधै भगवान सामु दुई हात जोड्ने थिए ।
साच्चै गरीबका फाटेका पाल बद्लिने भए ।।
शान्ति अधिकारी
कोहलपुर बांके

08-Prem Dhami
दुख्ने एउटै मन हो तर घाउ अनेक हुन्छन्।
माया भन्नु बाहाना हो तर दाउ अनेक हुन्छन्।।
हाँस्नु रुनु जे परेनि मायाको त्यो गोरेटोमा
तछाँडमछाड गरी कुद्ने मनुष्यका पाउ अनेक हुन्छन्।।।।
प्रेम धामी
दहबगर-6 बझाङ
हाल:सरस्वतिनगर -3 काठमाण्डौ

09-Ashish Danai
तिम्रो मायामा पागल भ एछु ।
तिमीलाई आफ्नै मायालु ठा नेछु ।।
तिम्रो आनी बानी थाहै नपाई ।
माया लगाउन हतार ग रेछु ।।
-आशिष दनाई
बेसिशहर . लमजुङ
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।See Translation
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima

10-Mohan Bihani
दुई दिन टाढा हुदैमा नबस रोएर,
नभिजाउ परेलि आँसुले धोएर,
सम्झनाले सारै सतायो भने मेरो,
बस्दै गर प्रीय पुराना तस्बिर छोएर।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही

11-Bishnu K Gautam
सोचेको सब पुरा भए रूनु पर्थ्यो र?
एकान्तमा परेलि यि धुनु पर्थ्यो र?
परिश्थिति समय एकै हुने भए देखि
कोहि पुर्ब कोहि पश्चिम हुनु पर्थ्यो र?
बिष्णु गौतम
मल्म -4,बाग्लुङ

12-Rajesh Rumba Lama 'मुक्तक'
यति धेरै तड्पाएर किन चुपचाप बस्यो तिमी
थाहा छैन आजभोलि कुन दुलोमा पस्यो तिमी
मान्छे लुरे भए पनि सक्दो मायाले कसेको थिएँ
मात्र भन मेरी भुण्टी कस्को अँगालोमा कस्यो तिमी ?
जेश रुम्बा लामा 'अतृप्त'


13-सनम गोले
पल पल तिम्रो छेउ पर्न मन लाग्यो ।
झरणाझै केशबाट झर्न मन लग्यो ।
कस्कीछोरीहौ तिमी काँ होला ठेगाना
हुन्छ भने मायाप्रेमको बिउ छर्न मन लाग्यो।
सनम गोले
मकावनपुर हाल मलेशिया

14-K R Bayadi Udash
स्वार्थ पुरा गर्न यहाँ , आँशुमा आँशु मिलाउने हरु ।
अघि पछि सँगै हुन्छन् , आई पर्दा भूतझै बिलाउने हरु ।
तेल लाउन आइपुग्छन, सफल्तामा पाइला टेक्दा ,
अघि पछि पिडा दिई काउछोझै चिलाउने हरु ।
- के. आर. बयाडी "उदास"
फूलवारी , कैलाली

15-Krishna Paudyal
बेहोसिमै, लेखेछु खत/ मैले, पत्तै नपाएको।
बनाएछु, मनको जगत/ मैले, पत्तै नपाएको॥
थाहा पाँए, वास्तविक/ बुझेँ, आज हकिकत।
उस्कै रैछौ, अमानत/ मैले, पत्तै नपाएको॥
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी.

16-Raju Poudel
चम्किएको सिसा रैछ,झरयाम्म फुटयो हजुर ।।
चखेवाको जोडि पनि आजै बाट छुटयो हजुर ।।
सडयनत्र पो रैछ उसको गुलाबको फुल मागि ।।
दिन खोज्दा मलाइ उस्कै प्रेमिले कुटयो हजुर ।।
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

17-आदित्य अभिरल भण्डारि
दुइटा मुटु रम्ने एउटा स्वर्ग जस्तै घर होस
जुनि जुनि जिउँला सँगै नछुटिने भर होस
भन्दिन म सानो ठुलो रोज्दिन म सम्पन्नता
मेरो रिवाज मेरै धर्म मेल खाने थर होस
-आदित्य अभिरल भण्डारि
गुल्मि पल्लिकोट

18-Raag Gazmer Raz
कहिलेकाहि दुखाउदा'नि रमाइलै भो अरुलाई
त्यसपछि फकाउदा'नि रमाइलै भो अरुलाई
आफ्नाहरु धेरै छन् नामकै कुरो हो
आफ्नालाई सताउँदा'नि रमाइलै भो अरुलाई
-धरान

19-सुरज कुमार (अभागी)
तिमीसगँ बिताएको पल सम्झी रुने गर्छु ।
आशुँले सधै आँखा परेली आज धुने गर्छु ।
मेरो मायामा आखिर के कमि थियो र निष्ठुरी
तिम्रै लागी मन मुटमा म आज हुने गर्छु ।
-सुरज कुमार (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा

गीत >पथ्थर को मुटु बनाइ तिमि टाढा गय पछि,
रसाउछन दुवै आँखा जब साँझ परे पछि .......प्रदिप राज पाण्डेको आवाजमा ......

20-Rakshe Deep Milan
खुशी लगि भए भरको, रिस दिएर गयौ!
सान्त्वनामा हात हल्लाई, मिस दिएर गयौ!!
चाँदनिको देशमा तिमि, म औँसिको रातमा छु,,
बादल पारि घुम्तो ओढि, मलाई बिष दिएर गयौ!!
-कपिल लामिछाने
दाङ तुल्सिपुर
हाल दोहा कतार
कपिल लामिछानेको मुक्तक नेपालिमा उल्था गरिदिएको छु, उँहाकै नाममा वाचन गरिदिनु है त।

21-कपिल लामिछाने
कसैको प्रतीबिम्ब को कुरा छ!
र कसैको नितिम्ब को कुरा छ!!
हामि भाग्य फुटेको जोडी साथि,
शुक्रकीत र डिम्बको कुरा छ!!
यो पनि समाजकै यथार्थता हो, मिल्छ भने वाचन गरिदिनुहोला धन्यबाद

22-Dipak Karakheti .मुक्तक
मैले हो हजुर कसै लाई पनि अनादर, गरेको छैन
साथि हो असल जुन प्रित खानि बदर, गरेको छैन //
तितो र मिठो कट्टु सत्य भाब मुक्तक, बाट पाया
अनि पो फेसबुक मित्र सँगै जानी हकदर, गरेको छैन//
-दिपक काराखेती
धुवाकोट गोर्खा
हाल:-अबु-धबी(UAE)

23-Baral Suryamani
उ हाँसी जीबन भरी मलाई रुवाएर गई।
आँफू बाँची मलाई हरिताल खुवाएर गई।।
छोडेर म जान्न भन्थी मेरो केही लान्न भन्थी ।
त्यसैले होला तुलशीको मोठ छुवाएर गई।।

24-Jyoti Khatiwada Anischit
ईच्छा यो छ मेरो उनैमा लिन भैदिए
प्रितिका उनका वातहरु मेरै अधिन भैदिए
चाहिन्न थे यि यावत भौतिक विलासिता
उनीसँगै मेरो जीवन सबै रंगिन भैदिए ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा ।

25-Amrit Shrestha
फुल् बिनाको बोट बाकी छ म सङ्ग्
तिम्ले दिएका चोट बाकी छ म सङ्ग्
सारा खुशी उडाई लग्यौ सानु मेरा,
मुस्कान बिनाको ओठ बाकी छ म सङ्ग्
(Amritshrestha pokhara)

26-Bikalpa Babu
प्रेम बजार धाई प्रेम किन्न नसकिने
औला भाचीँ कस्को धेरै गिन्न नसकिने
कसले बुझ्छ मनका कुरा मनले बाहेक
आँखै सामु पाउदा समेत चिन्न नसकिने
-बिकल्प बाबु
गितानगर-1, चितवन

27-Arpan Chhetri
अझै देशमा अशान्तीकॊ आगॊ बल्दैछ।
त्यहि आगॊमा विर शहिदकॊ मुटु जल्दैछ।।
त्यसैले त देश बचाउन उठ नेपाली ,
कराएर विरहरुकॊ आत्मा गल्दैछ ।।
-अर्पण छेत्री
दमक-5 झापा
हाल - जॊहॊरबारु मलेसिया

29-Bishnu Prasad Adhikari
जे पनि म गर्न सक्छु गरेर तिम्लाई पाउने भए
सात समुन्द्र तर्न सक्छु तरेर तिम्लाई पाउने भए
बाँचेको छु तिम्रै लागी तिमीलाई पाउने आशामा नै
तिम्रै लागी मर्न सक्छु मरेर तिम्लाई पाउने भए
padampokhari-4, pantale, makawanpur
hal, kathmandu

30-तिलक निस्कर्ष
हो माने मैले पनि बिर रैछौ तिमि
मुटु भित्र बल्झिरने पिर रैछौ तिमि
गर्ब गर तिमि आफै तिम्रो अतित हेरी,
निर्दोषलाई जलाउन मा-हिर रैछौ तिमि
रत्ननगर ७ चितवन

31-सुमित्रा अधिकारी
प्रगति र उन्नतिमा लागिरहोस मन !
खुशी अनि सुखी हुनेछ जिबन !!
कल्पनामा हैन यथार्थतामा बाँच्नु !
संधैं बसन्त झैँ मुस्कुराऊँछ पवन !!
सुमित्रा अधिकारी
गोरखा
-सुखद जीवनको कामना गर्दछु
Dec 20 बिकाश न्यौपानेको जन्मदिनको अवसरमा उहाँको लागी यो मुक्तक

32-Rockiron Ganesh
जोश अनी जागरमा आहोस नया बर्षको सुभकामना
घर मझेरी मा खुशी छाओस नया बर्षको सुभकामना
हत्या हिंगसा काट मार जता ततै रहत को भेल छोडेर
देशले अब सान्ती पाहोस नया बर्षको सुभकामना
happy new year 2013
Rockiron ganesh

33-अजान श्रेष्ठ (अभागी)
एकथोपा रगत रहे ,सम्म तिमीलाई सम्झीरहनेछु ।
एक मुठी सास भए ,सम्म तिमीलाई सम्झिरहने छु ।।
तिम्रै बिछोडको वियोगमा जलिरहेको मन
मुटु छियाछिया परे ,सम्म तिमीलाई सम्झीरहनेछु ।
-अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार
स्याङजा

34-श्रीकान्त बराल कहेराज़
तिमि आफ्नै पुर्खाको थलो भत्काउछौ
घर बनाउछौ अनि फेरी बलो भत्काउछौ
न त आफु गर्छौ नेता न अरुलाई गर्न दिन्छौ,
झैँ झगडा गरि सहमतिको हलो भत्काउछौ
कृष्णमन्दिर चोक

35-Saroj Dhital
सात कक्षामा सँगै पढेको साथीलाई शुभकामनाका केहि शब्दहरु..
दुइ आँखा अब देखि चार हुनेछ
सुर्य तारा तिम्रा निम्ति उपहार हुनेछ..
कहाँ बस्छौ तिमिलाई दुनियाको आँखा लाग्ला...
सात जन्म नछुटिने घरबार हुनेछ...
सरोज धिताल डाँछी 3 काठमाडौ

36-Bibek Dulal मुक्तक
मान्छेलाई आफ्नै अहंले बेर्दै लगेको हो बिर्खे दाइ
मान्छेलाई आफ्नै फूर्तिले खेर्दै लगेको हो बिर्खे दाइ
तै पनि अरूको दुखमा खुच्चिंग गर्छन् मुर्खहरू ...!
मान्छेलाई आफ्नै स्वार्थले घेर्दै लगेको हो बिर्खेदाई .
-विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ .

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger