Showing posts with label मेरो रचना – गजलहरु. Show all posts
Showing posts with label मेरो रचना – गजलहरु. Show all posts

गजल- कमिलाको ताँतिबाट पनि केहि सिक्नुपर्छ

Ram | 10:10 PM | 0 comments
बुलबुलमा बाचन भएको मेरो यौटा गजल
कमिलाको ताँतिबाट पनि केहि सिक्नुपर्छ
अन्धकार रातीबाट पनि केहि सिक्नुपर्छ

किन सोच्नुहुन्छ तपाँई आफै मात्र बुझकार
अलिकति साथीबाट पनिकेहि सिक्नुपर्छ

सबै हुन्न् पक्कै सफल प्रेम गर्दा पनि
बिश्वासको घातिबाट पनिकेहि सिक्नुपर्छ

केहि माग्दैन बदलामा सबै टिपि लगेपनि
कोमल फुल-पातीबाट पनिकेहि सिक्नुपर्छ

एक्कईसौं सदिकमा छौं चलन पक्कै फेरिन्छ नै
हजुरबाले नातीबाट पनिकेहि सिक्नुपर्छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजल- कोपिला बढेर .......फूल हुनु नौलो हैन

Ram | 1:30 AM | 0 comments
यो साँझ यो सुबासमा बाचन भएको यौटा गजल :
.....................................................
कोपिला बढेर .......फूल हुनु नौलो हैन ।।
मान्छेबाट सानो तिनो भूल हुनु नौलो हैन ।।

फुलले नि दुखाउँछ, भूलले नि दुखाउँछ
बढ्दै जाँदा पिडाहरु, सूल हुनु नौलो हैन ।।

कोहि गरिब मर्दैछन् अनिकालले भोकभोकै
अमिरको घरमा खर्च, फजुल हुनु नौलो हैन ।।

कतै धोका प्रेममा, कतै खुसि खुसि यहाँ
पाउनु र गुमाउनुको, असूल हुनु नौलो हैन ।।

बगर हरु सोच्दाहुन्, किनारहरु सोच्दाहुन्
हामी लाई जोडिदिने, पुल हुनु नौलो हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप

गजल - भेटी पुजारीको नाउँमा हुन्छ

Ram | 10:41 PM | 0 comments
श्रृजनाका लहरहरुको श्रृंखला १०४ मा बाचन भएको मेरो यौटा गजल
...........................................
भेटी पुजारीको नाउँमा हुन्छ ।।
मान्छेहरु आफ्नै दाउमा हुन्छ ।।

औकातको घमण्ड कति गर्छौ
इमानहरु यहाँ बिकाउमा हुन्छ ।।

आकास जमिन जतिनै फरक
समुद्र र सानो तलाउमा हुन्छ ।।

विदेशी चकलेट किसमिस भन्दा
शक्ति नेपालको स्याउमा हुन्छ ।।

गरिबको घरमा एकदाना नहुँदा
सामन्तकोचैं भरिभराउमा हुन्छ ।।

देखिने भन्दा पनि कयौगुना बढी
पिडाहरु नदेखिने घाउमा हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

गजल- झन्झन् विगार्यो, बनाउछु भने (राम शरण श्रेष्ठ)

Ram | 11:30 PM | 0 comments

फर्केन, गएथ्यो, आउछु भनेर ।।
झन्झन् विगार्यो, बनाउछु भनेर ।।

तस्विर पनि, जलाई दिएछ
मेरो यादलाई, मेटाउँछु भनेर ।।

कलम छोडेर, तरवार बोकेछ
जनताको सत्ता, ल्याउँछु भनेर ।।

बाँच्ने उपाय, केहि नभएपछी
पिएछ जहर, अस्ताउँछु भनेर ।।

झुक्याए जनता, मागेर भोट
देशलाई माथि, उठाउँछु भनेर ।।

फेरी भुल, दोहोर्याई रहेछ
पूरानै भुल, सच्याउँछु भनेर ।।

अझैं पनि कोहि, पर्खिरहेछ
रिसाएकोलाई, फकाउँछु भनेर ।।

सधैनै कोसिस, "राम"ले गर्दैछ
लुकाई पिडा, मुस्काउँछु भनेर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजल- गजल- प्रणयमा मस्त सबै मान्छे रहुन शुभकामना (राम शरण श्रेष्ठ)

Ram | 1:40 AM | 0 comments
नबनेका जोडिहरु... अब बनुन शुभकामना ।।
प्रणयमा मस्त सबै मान्छे रहुन शुभकामना ।।

नजुरेका कति होलान्, जोडिहरु संसारमा
यसैपाली सबैलैनै प्राप्त गरुन शुभकामना ।।

वार्षौदेखी कति यहाँ इन्तजारमा रहेकाछन्
पर्खाइका पिडाहरु अब सकुन शुभकामना ।।

चाहेकै मान्छे सधै साथ रहोस यहि भन्छु
सुख दुख बाँडी चुँडी अघि बढुन शुभकामना ।।

अति मायाँ गर्ने जिवन साथी मिलोस सबैलाई
बाधाहरु चोखोप्रेमका सबै हटुन शुभकामना ।।

सबै तिर प्रेम दिवसले हर्षउल्लास फैलाएर
मनमन मिलाएर मात्र जाउन शुभकामना ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
Note :
प्रणय दिवशको पूर्ण सन्यामा सम्पूर्ण प्रेम प्रति विस्वास राख्ने जोडिहरु, एकल मनहरु , प्रेमीहरु सबैलाई यो वर्षको प्रेमदिवस धुमधाम र हर्षउल्लसका साथ वितोस् बैको मनोकामना पूरा होस भन्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

गजल- प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई (राम शरण श्रेष्ठ)

Ram | 8:15 PM | 0 comments
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
Copyright :
With Gazalkar
राम शरण श्रेष्ठ
चिसापानी-6, रामेछाप
http://chisapaninepal.blogspot.com/

गजल- यसपाली त मेरो गुलाफ... (प्रेम दिवस विशेष)

Ram | 12:41 AM | 0 comments
यसपालीत मेरो गुलाफ पक्कै लिन्छ होला ।।
हातमा छ रातो गुलाफ कस्लाइ दिन्छ होला ।।

धड्कन बन्द झैं हुन्छ उस्को सामु पुग्दा
यति धेरै किन मन आँतिन्छ होला ।।

सोचिराछु जम्मै कुरा पोखी पत्र लेखुँ
अनि पो मलाई उस्ले बल्ल चिन्छ होला ।।

देखेकै दिन देखी मन पराउन थालेँ
जे जे पर्ला अव प्रस्ताव राखिन्छ होला ।।

मेरो मायाँ चोखो छ स्विकार हुन्छ हुन्न
उस्लाई पनि मायाँ गर्ने चाहिन्छ होला ।।

सबै भन्दा मिल्ने साथी भैसकेको छु म
उसै सँग सुख दुख बाँडिन्छ होला ।।

छिनो फानो पक्कै हुन्छ प्रेम दिवसमा
हैरान छु म पाईन्छ कि गुमाईन्छ होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजल- अधुरै रह्यो... रहर आफ्नो त (आफ्नै आवाजमा लयबद्ध)

Ram | 2:18 AM | 0 comments
साथिहरु आफ्नै यौटा गजल लिएर आएको छु जुन गजल लाई लयबद्ध गरिसकेको छु कुनै दिन अवस्य  हारमोनियममा गाइएको यो गजल सुनाउँछु अहिलेलाई आफ्नै स्वरमा यसरि प्रस्तुत गर्दैछु ।।

अधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।

जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।

सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।

चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।

कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
आफ्नै आवाजमा लयबद्ध

मेरा ६ ओटा प्रेम दिवस विशेष गजलहरु - राम शरण श्रेष्ठ

Ram | 3:01 AM | 0 comments
प्रेम दिवश विशेष गजल एक (१)
नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

जति मयाँ गर्छौ तिमी त्यो भन्दा बढी तिमीलाई
मायाँ गर्ने कोहि भए प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

साथी मध्ये त्यस्तो मिल्ने तिमी प्रति अति पागल
चैन हर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

नबोलेरै कति कति आँखा आँखा बाट मुटु
मायाँ भर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

पवित्र प्रेम साइनो कहिल्यै नछुदिने बाचा गर्दै
ज्यूने मर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

शुःख दुःख सँगै काट्न आँधि भेल जिन्दगीको
जँघार तर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

सन्बन्धको नयाँ सुरुवात रातो गुलाफ बाट गर्दै
खुसि छर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
मेरो गजल नं. १५६
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
३ फेबु्रअरी २०१२
गत वर्षको प्रेम दिवस विशेष  मेरा गजलहरुबाट


प्रेम दिवश विशेष गजल दुई (२)
यसैपाली आँट्नुपर्ला जे जे होला होला ।।
प्रेम प्रस्ताव राख्नुपर्ला जे जे होला होला ।।

सुरुवात त गर्नै पर्छ जस्ले गरे पनि
आफै कुरा थाल्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवस मौका पारि मनको कुरा खोल्छु
माने सँगै बाँच्नुपर्ला जे जे होला होला ।।

जिन्दगीको नयाँ यात्रा, थाल्न सहयात्री
उस्को साथ माग्नु पर्ला जे जे होला होला ।।
मेरो गजल नं.२८७
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
७ फेब्रुअरी २०१२
गत वर्षको प्रेम दिवस विशेष  मेरा गजलहरुबाट


प्रेम दिवश विशेष गजल तिन (३)
कतिको प्रेम चल्यो होला प्रेम दिवसमा ।।
कतिको दिल जल्यो होला प्रेम दिवसमा ।।

अस्विकृत भए होलान् कति प्रेम प्रस्तावहरु
कलिलैमा कति सपना ढल्यो होला प्रेम दिवसमा ।।

कोहि अन्र्तमुखी कोहि बर्हिमुखि हुँदा यहाँ
भाग्यले कतिलाई छल्यो होला प्रेम दिवसमा ।।

कोहि भने वषौंदेखि प्रतिक्षामा बस्दै होलान
पर्खाइमा कति मन गल्यो होला प्रेम दिवसमा ।।

मिल्यो होला कतिलाई ज्यूने मर्ने साहारानी
कति नयाँ प्रेम ज्योति बल्यो होला प्रेम दिवसमा ।।

सिलसिला यस्तै यस्तै चल्दै होला वषौं देखि
कतै झर्यो कतै फूल्यो फल्यो होला प्रेम दिवसमा ।।
मेरो गजल नं. १६२.
राम शरण श्र्ेष्ठ
चिसापानी ६, रामेछाप
१६ फेब्रुअरि २०११
गत वर्षको प्रेमदिवस विशेष गजलबाट


प्रेम दिवश विशेष गजल चार (४)
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा छोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
मेरो गजल नं. १६१.
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
१३ फेब्रुअरी २०१२
गत वर्षको प्रेम दिवश गजलबाट

प्रेम दिवश विशेष गजल पाँच (५)
तिम्लाई लिन तिम्रै घर, आउलानी प्रेम दिवसमा ।।
तिमी र म कतै घुम्न, जाउँलानी प्रेम दिवसमा ।।

हाम्रो मायाँ देखि कति, जल्छन् जल्ने जल्दै गरुन
खुलेआम हामी मायाँ लाउँलानी प्रेम दिवसमा ।।

तिमी अनि म मात्र, कोहि हुन्नन् त्यहाँ अरु
एकअर्काको धड्कन समिप, पाउँलानि प्रेम दिवसमा ।।

तिम्रो साथ पाएदेखि जिन्दगीनै स्वर्ग भाछ
डुब्न देउ आँखाभरी बसाउँलानी प्रेम दिवसमा ।।

दुई प्राण एकै भयो एकै धड्कन दुइमुटुको
नछुटिने प्रेमको गीत गाउँलानी प्रेम दिवसमा ।।

तिमी हुँदा समिप मेरो थाहै हुन्न दिन ढलेको
दुबै हाँसी दिनभर रमाउँलानी प्रेम दिवसमा ।।

प्रणयमा तिमी र म मायाँ गर्दै मायाँ साट्दै
एकै हुने बाचा कसम खाउँलानी प्रेम दिवसमा ।।

आआफ्ना मनका कुरा सबै पोख्दै एकअर्कामा
मायाँ मुटु मन भरी छाउँलानी प्रेम दिवसमा ।।

यादगार बनाउँ मिलन भेट हामी दुइ प्रेमिको
प्रणयमा एक उत्सब मनाउँलानी प्रेम दिवसमा ।।
मेरो गजल नंं १६०.
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
१२ फेबु्रअरी २०१२

प्रेम दिवश विशेष गजल छ (६)

मन पर्नेलाई प्रस्ताव राख्दैछु ।।
मायाँ गर्नेलाई प्रस्ताव राख्दैछु ।।

प्रेम दिवसमा, रातो गुलाब दिई
मुटुमा सर्नेलाई प्रस्ताव राख्दैछु ।।

सुटुक्क चोरेर मन पागल बनाई
चैन हर्नेलाई प्रस्ताव राख्दैछु ।।

मेरो शुःख दुःखमा सहारा बनेर
खुसि छर्नेलाई प्रस्ताव राख्दैछु ।।

सर्बस्व ठानेर मलाई सधै साथ
ज्यूने मर्नेलाई प्रस्ताव राख्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

शहिद दिवस विशेष मेरा २ गजलहरु (राम शरण श्रेष्ठ)

Ram | 8:22 PM | 0 comments
(राम शरण श्रेष्ठ
यो मेरो गजल ज्ञात अज्ञात सबै सहिदहरुप्रति समर्पित छ 
1. गजल
देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।

शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।

नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।

झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।

ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

2. गजल
 ति जिउँदा मान्छे हुन् सहिदहरु ।।
मुक्तिका उज्यालाजून सहिदहरु ।।

आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन सहिदहरु ।।

अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन सहिदहरु ।।

ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन सहिदहरु ।।

सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन सहिदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

वीर शहिदहरु अमर रहुन्

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger