Showing posts with label Literature News. Show all posts
Showing posts with label Literature News. Show all posts

विमोचन तथा अन्तर्कृया -"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित (10th April 2013)

Ram | 9:02 PM | 0 comments
"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित हिजो बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा युवासमालोचक सङ्गीता पाठकद्वारा लिखित शोध अनुसन्धानात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" तथा घनेन्द्र ओझाको बालगजलकृति "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृया सम्पन्न भएको छ । 
अनाममण्डलीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गीतकार, समालोचक डा. कृष्णहरि बराल, अतिथिहरू सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनाली, सर्जका पिता बद्रीप्रसाद ओझा, कन्दरा पब्लिकेशनका कार्यकारी निर्देशक राधा कणेललगायतले पुस्तकको बिमोचन गर्नुभएको थियो । 
विमोचित पुस्तक घनेन्द्र ओझाको गजलकारितामाथि समीक्षक बालाकृष्ण अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । यसैगरी दुल्हा राजा आउनुभोमाथि समीक्षक सरोज घिमिरेले टिप्पणी गर्नुभएको थियो । समीक्षक अधिकारीले समालोचक सङ्गीता पाठकको समालोचनालेखन निकै स्तरीय रहेको र उक्त पुस्तक अनुसन्धानात्मक रहेको बताउनुभयो । "घनेन्द्र ओझाको जीवनी, व्यक्तित्व र कृतित्वको समग्र अध्ययन गरिएको पुस्तक हो यो", अधिकारीले भन्नुभयो, "यसमा गजलको सिद्धान्त पक्ष पनि उल्लेख गरिएकाले यो पुस्तक सबैका लागि उपयोगी हुन सक्छ ।" बाल गजलकृतिको समीक्षा गर्दै समीक्षक घिमिरेले घनेन्द्र ओझाको उक्त कृति संरचनात्मक, प्राविधिक हिसाबले उत्कृष्ट भए पनि केही गजलका भाव बालबालिकाउपयोगी हुन नसकेको बताउनुभयो । 
रेडियोकर्मी रघु मैनालीले नेपाली भाषाको मानक हुन नसकेकाले साहित्य सर्जकलगायत सबैलाई अप्ठेरो परेको बताउनुभयो । प्रमुख अतिथि डा. कृष्णहरि बरालले निकै शोधखोज गरेर तयार पारिएकाले सङ्गीता पाठकको समालोचनाकृति ओजिलो बनेको उल्लेख गर्नुभयो । 

समकालीनले समकालीनका बारेमा यसरी नै शोध, समालोचना गर्नु राम्रो कामको सुरुवात भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सर्जकका पिता बद्रीप्रसाद ओझाले घनेन्द्र ओझाको विगतका बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रम अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्व तथा जय गौडेलको संचालनमा सम्पन्न भएको थियो ।
News Source : Ghanendra Ojha 

बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो ( २०६९ चैत्र ३१ गते शनिवार)

Ram | 11:23 PM | 0 comments

परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो गर्दछु
कार्यक्रम
मितिः २०६९ चैत्र ३१ गते शनिवार
समयः दिनको ठीक ३:०० बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान
कमलादी, काठमाडौँ

आयोजक
-साहित्य परिवार,नेपाल मेडिकल कलेज (प्रा.) लि. जोरपाटी, काठमाडौँ, नेपाल
-मधुवन साहित्यिक प्रतिष्ठान,नेपाल, काठमाडौँ
-वि.एन. पुस्तक संसार प्रा.लि., बागबजार
-शब्दघर प्रेश, बागबजार
 Source : Babu Tripathi
 

मधुवनको श्रृंखला १६६ : जीवन खत्रीको जीवन कसका लागि विमोचन

Ram | 6:08 PM | 0 comments
 
मिति २०६९ चैत्र २४ तदनुसार ६ अप्रिल २०१३, 

मधुवन साहित्यिक प्रतिष्ठानको नियमित सुन्ने र सुनाउने श्रृंखलाको श्रृंखला १६६ मा जीवन खत्रीको दोस्रो गजल संग्रह जीवन कसका लागि विमोचन भएको छ । 
जुन कार्यक्रममा प्रमुख अतिथि गजल मालि ज्ञानुवाकर पौडेलले गर्नुभएको थियो भने डा. कृष्ण हरि बराल लगायतका विशिष्ट अतिथी लगायत विचमा भएको थियो । 






निम्तो २०६९ चैत्र १७ गते शनिवार

Ram | 8:49 PM | 0 comments
शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले विगत १७ वर्षदेखि गर्दै आइरहेको गुन्द्रुक, मकै, भटमासको साथमा रचना वाचन सहितको स्रष्टा सम्मान कार्यक्रम अन्तरगत यस वर्षको शिवपुरी गजल सम्मान ईश्वरमणी अधिकारी (पोखरा) बिष्णुंपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार पुष्प अधिकारी अञ्जलि (हाम्रो मझेरी ५० अङ्क, चितवन) र नरबहादुर भारती सम्मान चन्द्रकान्त अर्याल लाई प्रदान गरिने भएकोले आ आफ्नो रचना सहित निम्तो ।

कार्यक्रम

मितिः २०६९ चैत्र १७ गते शनिवार
समयः दिनको ठीक ११:३० बजे
स्थानः मुहानपोखरी, बुढानीलकण्ठ

Welcome

Ram | 11:45 PM | 0 comments
यदि तपाईहरुसँग पनि कुनै साहित्यिक समाचारहरु सुचनाहरु छन् भने यो ब्लगमा प्रसारण गर्न सक्नुहुनेछ ।
email : newschisapani@gmail.com
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger