Showing posts with label मेरो रचना – कविताहरु. Show all posts
Showing posts with label मेरो रचना – कविताहरु. Show all posts

कविता- ए मुटु ढुङ्गा हुनेहरु.... (राम शरण श्रेष्ठ)

Ram | 2:02 AM | 0 comments
ए मुटु ढुङ्गा हुनेहरु...., 
सक्छौ स्विकार गर यो चुनौती,
आफ्नो मुटु टुक्रा टुक्रा पार
अनि इटको सट्टा
आफु बस्ने महल बनाउ
अनी नाचगान गर
एक्लै रमाउ एक्लै हाँस
किनकी...
तिमीहरु माया
बिना बाँच्न सक्छौ ।

ए मुटु ढुङ्गा हुनेहरु....,
यो अर्को चुनौती
तिमीहरु मिलेर
यौटा संगठन खोल
क्रान्तिकारी पार्टि खोल
दस्ता खोल
चुनाव लड...जित
अनि कसैले मायाँ गर्न नपाउँने
नियम कानुन बनाउ
मायाँको बिरुद्धमा संविधान बनाउ
अनी मायाँ गर्नेहरुलाई
सजाय फाँसी देउ ।

ए मुटु ढुङ्गा हुनेहरु....,
मेरो अन्तिम चुनौती
सक्छौ भने आजै
मुटु दान गर
किनकी तिम्रो छाति भित्र,
धड्कीनु बेकार छ
तिमीहरु दिमागले काम चलाउ
तिमीहरु मुटुविना बाँच्न सक्छौ
तर.......
तर म सक्दिँन
मलाई मुटु चाहिन्छ
मायाँ चाहिन्छ
अहँ सक्दिँन एक्लै बाँच
अहाँ सक्दिँन  ।।

>राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/



 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger