Home » » ज्ञान तरामु {सेतु} मगरका पाँच गजलहरु

ज्ञान तरामु {सेतु} मगरका पाँच गजलहरु

Ram | 12:25 AM | 0 comments
1. गजल
योद्दाको कोमल मुटु जब पत्थर भयो।
दुस्मन पछार्यो अनि रिस मत्थर भयो।।

शिशिर बसन्तको सम्बन्ध चिसियो क्यार!
हराभरा थियो जंगल आज पत्झर भयो।।

आफन्त नै हुनुपर्छ त्यो प्र.अ.को सायद।
फेरि त्यहि जड्याहा हेर मास्टर भयो।।

देश परिवर्तन गर्छु भनि कसिदै थिय।
साहस बुजुर्गको उमर बहत्तर भयो।।

कसैसँग पिरती लाउदै लाउदिन भन्छ।
लाग्छ प्रेममा यो 'ज्ञान' अब कट्तर भयो।।

योद्दाको कोमल मुटु जब पत्थर भयो।
दुस्मन पछार्यो अनि रिस मत्थर भयो।।

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार कसिंन्थला ,गुल्मी
हाल- (दृष्टि वाटिका साहित्य समाज) ,मुम्बई भारत

2.
गजल
तिम्रो र मेरो कहाँनी अब फरक-फरक हुने भो।
शुन्य लाग्छ जहाँनी अब फरक-फरक हुने भो॥

दुई मुटु एक थियो कुनै जमानामा हाम्रो पनि।
अलग्गियो जिन्दगानी अब फरक-फरक हुने भो।।

तिमीले दिएको तस्विर छुन्छु मध्यरातमा किन?
आँशु पिउने बानी अब फरक-फरक हुने भो।।

अर्कैले भर्दा सिन्दुर पोते तिमी नतमस्तक हुने।
नभन यि मेरी सानी अब फरक-फरक हुने भो।।

बिगतमा भन्दियो आफ्नो मान्छे 'ज्ञान' कसैले भने!
नखोज ऐले जवानी अब फरक-फरक हुने भो।।

तिम्रो र मेरो कहाँनी अब फरक-फरक हुने भो।
शुन्य लाग्छ जहानी अब फरक-फरक हुने भो।।
ज्ञान तरामु 'सेतु' मगर
ठुलो लुम्पेक चार कसिँन्थला गुल्मी
हाल मुम्बई, भारत
 

3.गजल
हेर्नुस साच्चि सराबको लत लागेछ मलाई।
पात्लो छ आज पानी मिलावट लागेछ मलाई॥

सधै त घाम ढलेपछि हुन्थ्यो त्यहाँ रमझम।
किन दिनमै आज जमघट लागेछ मलाई?

झकिझकाऊ देख्छु भट्टि साईली माईली पनि।
खोई निमन्त्रणा हो या स्वागत लागेछ मलाई॥

भुले कलम समकालिन गजलकार पनि।
सराबी कै हिजोआज संगत लागेछ मलाई॥

लोकल तान्ने 'ज्ञान'लाई कस्ले पिलायो वियर?
नयाँ साथिले गरेर मिसकत लागेछ मलाई॥
ज्ञान तरामु 'सेतु' मगर
ठुलोलुम्पेक चार कसिंन्थला गुल्मी
हाल- दृष्टि वाटिका साहित्य समाज मुम्बई
 

4.गजल
खोई पर्खाईमै उनको बित्छ कि जिवन मेरो?
ढुकढुकीमा छिन कतै रुक्छ कि धड्कन मेरो?

सात समुन्द्र वारिपारी हामी एक्लाएक्लै छौ|
लाग्छ हुदैन कि कहिल्यै उनको र मिलन मेरो?

दिन जसोतसो कट्छ रात कोल्टे फेर्दा फेर्दै|
निर्जिव शरिर मात्रै छ यहाँ घरमै छ मन मेरो||

आफ्नो भन्ने नहुदो रहेछ सायद प्रदेशमा!
नेपाली भएरै पनि सब पराई छन मेरो||

ज्ञानको रहेछ निधारमा लेखेको दु:ख कष्ट|
नजन्मिदै भाग्य कोरेको होकि भावी भन मेरो?

खोई पर्खाईमै उनको बित्छ कि जिवन मेरो?
ढुकढुकीमा छिन कतै रुक्छ कि धड्कन मेरो?

ठुलोलुम्पेक चार कसिंन्थला, गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई

5.
गजल
 दिउसै कस्तो मातेको हेर त!
लडेर सिर काटेको हेर त!!

बनाउछौ भनि संविधान।
नेताहरुले ढाटेको हेर त॥

प्रेमजोडी चौतारीमा बसि।
मायाको चिनो सातेको हेर त॥

फुल जस्तो हो भने जिवन।
फुलमा लालुपातेको हेर त॥

पेन कपिमै सकेछ 'ज्ञान'ले पैसा।
दौरा सुरुवाल फाटेको हेर त॥

दिउसै कस्तो मातेको हेर त!
लडेर सिर काटेको हेर त!!

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार कसिंन्थला, गुल्मी
हाल- दृष्टि वाटिका साहित्य समाज, मुम्बई

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger