Home » » गजल -नौ डाँडा पारीको ... (कृष्ण समर्पण)

गजल -नौ डाँडा पारीको ... (कृष्ण समर्पण)

Ram | 3:31 AM | 0 comments
नौ डाँडा पारीको ख्वाब् नदेखाउ,
नसक्ने भारिको ख्वाब् नदेखाउ॥

निश्चित् छ अन्त्यमा हार् हुनेछ,
भो मारामारिको ख्वाब् नदेखाउ॥

चरित्र स्त्रिको थाहा छ सबै,
असल् नारिको ख्वाब् नदेखाउ॥

ताकेर बन्दुक् हुन्न समाधान,
हतियार् धारिको ख्वाब् नदेखाउ॥

नाम् छ तिम्रो हत्यारा सुचिमा,
झुट् ईमान्दारिको ख्वाब नदेखाउ॥

जलेको आत्मा चिसिन्न अब,
सितल् छहीरिको ख्वाब नदेखाउ॥

राधा अधुरी छिन् कृष्ण बिना,
बाल ब्रह्माचारिको ख्वाब् नदेखाउ॥

कृष्ण समर्पण
बम्घा एक गुल्मी
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger