Home » » गजल - अजम्बरी जवानी न तेरो न मेरो (नबिन नेपाल)

गजल - अजम्बरी जवानी न तेरो न मेरो (नबिन नेपाल)

Ram | 7:55 PM | 0 comments
अजम्बरी जवानी न तेरो न मेरो
मरे पछी खरानी न तेरो न मेरो

तँ ठुलै जाती होलास पानी खान दे
बगेर जाने पानी न तेरो न मेरो

मेरो यो बाचा भयो आँखा दान गर्छु
खरानी हुने नानी न तेरो न मेरो

पसिना र माटो हो नि सुनको साटो
लासाको सुन खानी न तेरो न मेरो

आउँदा जस्तो जादा तेस्तै जाने हो
मरेर केहि लानी न तेरो न मेरो

ढोका खुल्छ तब जब सच्चा पुग्नेछ
बाटो स्वर्ग जाने न तेरो न मेरो

नबिन नेपाल
भक्तपुर
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger