Home » » साहित्य सिर्जना ( स्रस्टा बिसेस )_069-10-27

साहित्य सिर्जना ( स्रस्टा बिसेस )_069-10-27

Ram | 10:47 PM | 0 comments
कार्यक्रम :- साहित्य सिर्जना ( स्रस्टा बिसेस )
रेडियो    :- सामुदायिक रेडियो बुद्ध आवाज ८९ बिन्दु ६ मेगाहर्ज
                बाणगंगा ८ बैरीया कपिलबस्तु |
अतिथि :- सुबिन भट्टराई (लेखक उपन्यासकार)
प्रस्तोता :- कमल पौडेल "शब्द शखा "
समय    :- बिबिसी नेपाली सेवा पछि
बार       :- प्रत्यक सनिबार



Download : Click Here to Download
यो श्रृंखलामा प्रसारण भएको मेरो गजल
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा जोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
आउँदै गरेको प्रणय दिवसको सबै प्रेम जोडिहरुलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।
>राम शरण श्रेष्ठ
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger