निमन्त्रणा -२०७० वैशाख १४ गते शनिवार

Ram | 10:12 PM | 1comments
सुचना । सुचना ।। सुचना ।।। हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा हुंदै आईरहेको "गजल सागर नेपाल" को नियमित मासिक श्रिङ्खला तथा विशेष भेला निम्न मिती, समय र स्थान मा हुने भएकोले सम्पुर्ण साहित्यकार, साहित्य अनुरागी, पत्रकार, समाजसेवी तथा शुभ-चिन्तक हरुलाई उपस्थितीको लागी हार्दिर निमन्त्रणा गर्दछौं ।
मिती- २०७० वैशाख १४ गते शनिवार ।
समय- दिंउसो ठिक १२:०० वजे ।
स्थान- ज्ञान ज्योती पुस्तकालय, वुटवल मिलनचोक (वसु स्म्रिती भवन)

थप जानकारीको लागी -:
अशोक गौतम क्षितिज - ९८५७०३३२६१
मिन राना - ९७५७००१०९७
जे वी क्षेत्री - ९८४७०३३४२०
संगिती कुंवर अन्जुली - ९८४७१५३३७

विमोचन तथा अन्तर्कृया -"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित (10th April 2013)

Ram | 9:02 PM | 0 comments
"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित हिजो बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा युवासमालोचक सङ्गीता पाठकद्वारा लिखित शोध अनुसन्धानात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" तथा घनेन्द्र ओझाको बालगजलकृति "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृया सम्पन्न भएको छ । 
अनाममण्डलीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गीतकार, समालोचक डा. कृष्णहरि बराल, अतिथिहरू सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनाली, सर्जका पिता बद्रीप्रसाद ओझा, कन्दरा पब्लिकेशनका कार्यकारी निर्देशक राधा कणेललगायतले पुस्तकको बिमोचन गर्नुभएको थियो । 
विमोचित पुस्तक घनेन्द्र ओझाको गजलकारितामाथि समीक्षक बालाकृष्ण अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । यसैगरी दुल्हा राजा आउनुभोमाथि समीक्षक सरोज घिमिरेले टिप्पणी गर्नुभएको थियो । समीक्षक अधिकारीले समालोचक सङ्गीता पाठकको समालोचनालेखन निकै स्तरीय रहेको र उक्त पुस्तक अनुसन्धानात्मक रहेको बताउनुभयो । "घनेन्द्र ओझाको जीवनी, व्यक्तित्व र कृतित्वको समग्र अध्ययन गरिएको पुस्तक हो यो", अधिकारीले भन्नुभयो, "यसमा गजलको सिद्धान्त पक्ष पनि उल्लेख गरिएकाले यो पुस्तक सबैका लागि उपयोगी हुन सक्छ ।" बाल गजलकृतिको समीक्षा गर्दै समीक्षक घिमिरेले घनेन्द्र ओझाको उक्त कृति संरचनात्मक, प्राविधिक हिसाबले उत्कृष्ट भए पनि केही गजलका भाव बालबालिकाउपयोगी हुन नसकेको बताउनुभयो । 
रेडियोकर्मी रघु मैनालीले नेपाली भाषाको मानक हुन नसकेकाले साहित्य सर्जकलगायत सबैलाई अप्ठेरो परेको बताउनुभयो । प्रमुख अतिथि डा. कृष्णहरि बरालले निकै शोधखोज गरेर तयार पारिएकाले सङ्गीता पाठकको समालोचनाकृति ओजिलो बनेको उल्लेख गर्नुभयो । 

समकालीनले समकालीनका बारेमा यसरी नै शोध, समालोचना गर्नु राम्रो कामको सुरुवात भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सर्जकका पिता बद्रीप्रसाद ओझाले घनेन्द्र ओझाको विगतका बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रम अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्व तथा जय गौडेलको संचालनमा सम्पन्न भएको थियो ।
News Source : Ghanendra Ojha 

हार्दिक निमन्त्रणा : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ( २०६९ चैत्र ३१ गते, शनिबार)

Ram | 11:06 PM | 0 comments
हार्दिक निमन्त्रणा !

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले २०७० सालको पावन अवसरमा शुभकामना तथा रचना वाचन कार्यक्रम गर्न लागिरहेको हुँदा साहित्यप्रेमी, कलाकार, पत्रकार लगायत शुभचिन्तकहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।

तपसिल
मिति– २०६९ चैत्र ३१ गते, शनिबार
समय– विहान ७ बजे
स्थान– बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस, कोहलपुर, बाँके
सम्पर्क– महानन्ढ ढकाल–9844801066, प्रदिप भट्टराई–9858020488, सन्तोषि विष्ट–9844803630, कपिल अञ्जान
Sourcce : Kapil Anjan

बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो ( २०६९ चैत्र ३१ गते शनिवार)

Ram | 11:23 PM | 0 comments

परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो गर्दछु
कार्यक्रम
मितिः २०६९ चैत्र ३१ गते शनिवार
समयः दिनको ठीक ३:०० बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान
कमलादी, काठमाडौँ

आयोजक
-साहित्य परिवार,नेपाल मेडिकल कलेज (प्रा.) लि. जोरपाटी, काठमाडौँ, नेपाल
-मधुवन साहित्यिक प्रतिष्ठान,नेपाल, काठमाडौँ
-वि.एन. पुस्तक संसार प्रा.लि., बागबजार
-शब्दघर प्रेश, बागबजार
 Source : Babu Tripathi
 

हार्दिक निमन्त्रणा - घनेन्द्र ओझाको "दुल्हा राजा आउनुभो" वाल गजल संग्रह विमोचन २०६९ चैत्र २८ बुधवार

Ram | 8:37 PM | 0 comments
हार्दिक निमन्त्रणा !!
यही २०६९ चैत २८ गते बुधबारका दिन दिउँसो ठीक २:०० बजे अनामनगर, दाहालको दैलोनजिकै रहेको बीडब्लुआईको अफिस (नेपालवाणी एफएम रहेको घरको दोस्रो तला) मा सङ्गीता पाठकद्वारा लिखित समालोचनात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" र घनेन्द्र ओझाद्वारा लिखित बाल गजलसङ्ग्रह "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृयामा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु !
असमर्थताका लागि:
९८४१४३३१२८/ 9808717533
9841806723/ 9841562772 
Source : Ghanendra Ojha

मधुवनको श्रृंखला १६६ : जीवन खत्रीको जीवन कसका लागि विमोचन

Ram | 6:08 PM | 0 comments
 
मिति २०६९ चैत्र २४ तदनुसार ६ अप्रिल २०१३, 

मधुवन साहित्यिक प्रतिष्ठानको नियमित सुन्ने र सुनाउने श्रृंखलाको श्रृंखला १६६ मा जीवन खत्रीको दोस्रो गजल संग्रह जीवन कसका लागि विमोचन भएको छ । 
जुन कार्यक्रममा प्रमुख अतिथि गजल मालि ज्ञानुवाकर पौडेलले गर्नुभएको थियो भने डा. कृष्ण हरि बराल लगायतका विशिष्ट अतिथी लगायत विचमा भएको थियो । 






निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन (6th April 2013)

Ram | 9:19 PM | 0 comments
निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन 

............................................................................
मधुवन साहित्यिक प्रतिष्ठान नेपाल द्धारा गजलकार जीवन खत्रीको दोस्रो गजल संग्रह "जीवन कसका लागि" यहि मिति २०६९ चैत्र २४ गते तदनुसार ६ अप्रिल २०१३ शनिवारका का दिन बाल्मिकि क्याम्पसको हलमा ठिक दिउँसो २ बजे हुने हुँदा तपाईहरु सम्पूर्ण साहित्य प्रेमी मनहरुलाई विमोचन कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । 
DATE : 6TH APRIL 2013, Saturday
Place : Balmiki Campus, Prasarsani Marga
Time : 2pm
Gazal Book Inauguration : Jivan Kaska Lagi
Organizer : Madhuban Sahitik Pratisthan

Source : Jiban Khatri
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger