Home » » Episode : 52 (यो साँझ यो सुबाश-25-12-2012) - Download

Episode : 52 (यो साँझ यो सुबाश-25-12-2012) - Download

Ram | 9:55 AM | 0 comments
EPISODE 52 - YO SANJH YO SUBASH
(25-12-2012 / 2069-09-10)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2069 साल पुषमहिनाको 03 गते तदनुसार  25-Oct-2012 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  52 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 

Listen and download
 
Download : Click Here Episode 52 
आज सम्मका श्रृङ्खलाहरु सुन्नुहोस्
यो श्रृङ्खलामा बाचन भएको मेरो गजल
मान्छे मरेर जान्छ अचम्म के भो र ।।
फूल झरेर जान्छ अचम्म के भो र ।।

दिनदिनै भेट हुँदा विस्तारै विस्तारै
मन परेर जान्छ अचम्म के भो र ।।

मुटु भएपछि कोहि बस्छ मायाँ हुन्छ
घात गरेर जान्छ अचम्म के भो र ।।

भट्टिमा टन्न पिइ..... कोहि कोहि
बोतल भरेर जान्छ अचम्म के भो र ।।

आफू मरेर पनि देशको लागि भन्दै
शन्देश छरेर जान्छ अचम्म के भो र ।।

नौलो लागेन मलाई युद्ध हुनु यहाँ
साँझ परेर जान्छ अचम्म के भो र ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger