Home » » २० मुक्तकहरु - राम शरण श्रेष्ठ

२० मुक्तकहरु - राम शरण श्रेष्ठ

Ram | 5:06 AM | 0 comments
1.मुक्तक
जबजब तनाब लिइ घर आउँछु ।।
सँगसँगै सराब लिइ घर आउँछु ।।
श्रमिक भएर दिनभर मरिमेट्दा
घाटाकै हिसाव लिइ घर आउँछु ।।


2.मुक्तक
मालिक भएर बाँच्छन् अमिरहरु ।।
दासझैं भएर बाँच्छन् गरिबहरु ।।
मंन्दिरहरुमा जान छोडिसकेको छु
हुनेखानेकै रहेछन् सब तपसिलहरु ।।


3. मुक्तक
अब फेरी छलफल नचलाउ ।।
ताकी ताकी गजल नचलाउ ।।
सक्दिँन सहन शब्दका वाणहरु
इमान बेच्ने पसल नचलाउ ।।



4.मुक्तक
 के लाग्छ र नियत खराब भएपछि ।।
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन
जब लागेको लत खराब भएपछि ।।



5.मुक्तक
उस्ले चोटै चोट किन दियो होला ।।
पूरा नहुने अठोट किन दियो होला ।।
आज सम्म उ दुखेर बसिरहेछ कठै
प्रेममा खोटै खोट किन दियो होला ।।


6.मुक्तक
नजरको हानाहान चलिरहेकोछ ।।
आ–आफ्नै स्वाभिमान चलिरहेछ ।।
कस्ले राख्ने प्रस्ताब सोचिरहेछु
प्रेमको यो अभियान चलिरहेछ ।।
 


7.मुक्तक
 कोहि कोहि यादमा आइरहन्छ ।।
झन मुटुको माझमा आइरहन्छ ।।
अति दुर दुर भएर पनि झन झन
आभाष मन्द बतासमा आइरहन्छ ।।


8.मुक्तक
बहकिन्छ यो मन के गरुँ म ।।
मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा
बढिरहेको पागल पन के गरुँ म ।।


9.मुक्तक
 वियरमा पोष हुन्छ विचार गलत हो ।।
जोसमा होष हुन्छ विचार गलत हो ।।
तिमी पर्खेर बसिराख उस्लाई नपाएसम्म
चोखो प्रेममा दोष हुन्छ विचार गलत हो ।।
 


10.मुक्तक
 जस्ले जन्मायो भगवान त्यहि हो ।।
जस्ले हुर्काएयो भगवान त्यहि हो ।।
तिमी मंन्दिरहरु नधाऊ खोजीमा
जस्ले पढायो भगवान त्यहि हो ।।
 


11.मुक्तक
कोहि पिएर बाँच्नेहरु पनि हुन्छन् ।।
कोहि गुमाई हाँस्नेहरु पनि हुन्छन् ।।
समय र परिस्थितिहरु फरक भैदिँदा
आफैलाई ढाँट्नेहरु पनि हुन्छन् ।।


12.मुक्तक
छन् केहि बोल्नै पर्ने कुराहरु यतातिर ।।
अलिकति खोल्नै पर्ने कुराहरु यतातिर ।।
अन्र्तमुखि बर्हिमुखि स्वभावमा भरपर्छ
छन् खतरा मोल्नै पर्ने कुराहरु यतातिर ।।


13.मुक्तक
तिम्रो हुनुमा मजा छैन अब ।।
एक्लै रुनुमा मजा छैन अब ।।
बारम्बार घात भइरहँदा पनि
पाउ छुनुमा मजा छैन अब ।।


14.मुक्तक
विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।
इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।
मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी
मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।


15.मुक्तक
तिमी मेरो हुनै पर्ने, जरुरी त हैन ।।
जून तारा छुनै पर्ने, जरुरी त हैन ।।
आफै हुने मायाँमा, कर कति गर्नु
मेरो लागि रुनै पर्ने, जरुरी त हैन ।।
 
 
 


16.मुक्तक
साहित्यमा रानजनीति देखिरहेछु ।।
अपाच्य गतिविधी देखिरहेछु ।।
हमला भएकोछ सर्जकहरु माथी
मै हुँ भन्नेको दादागिरी देखिरहेछु ।।
 


17.मुक्तक
जबसम्म आत्माहरु बुद्ध हुँदैन ।।
चाहेरनी कोहिपनि शुद्ध हुँदैन ।।
शान्तिनै गन्तब्य तोक्ने हो भने
कहिल्यै मार्ग अबरुद्ध हुँदैन ।।
 


18.मुक्तक 
नप्यूनु साथी सराब कहिल्यै ।।
हुन्छ यो अति खराब जहिल्यै ।।
सखाप पार्ला अनेक रोगले
आउला लिन यमराज पहिल्यै।।
 


19.मुक्तक  
जे जे हुनु थियो यहाँ भयो अचानक ।।
यौटा मान्छे नजिकिँदै गयो अचानक ।।
हिजो सम्म निराकार थियो सम्बन्धमा
किन आज फरक मन छयो अचानक ।।
 


20.मुक्तक  
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012

-------------------------
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
 

Date : 6th Oct to 23 Dec 2012 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger